एघार

                                           फ्रेमोन्ट, क्यालिफोर्निया, सन्‌ १९८० को दशक

अमेरिकाको जीवनशैली बाबालाई मनपन्यो ।
अमेरिका बसाइले नै उहाँलाई अल्सर भएको थियो |
हाम्रो अपार्टमेन्टबाट केही गल्ली तल फ्रिमोन्टको लेक एलिजाबेथ पार्कभित्र बाबा र म ब्याटिङ्ग प्राक्टिस गरिरहेका केटाहरू, खेल मैदानको पिङ्गमा खितित्त हाँसिरहेका ससाना केटीहरू हेर्दै हिंडेको म सम्झन्छु । त्यसरी हिँड्दा आफ्नो राजनीतिको प्रयोग गरेर, लामालामा गफ दिएर बाबाले मलाई रमाइलो पारीदिनुहुनथ्यो | ‘यो दुनियाँमा मान्छे भन्न सुहाउने मात्र तीन जना छन्‌, अमीर बुझिस्‌,” उहाँ भन्नुहुन्थ्यो । उहाँ औंला गनेर देखाउँदै भन्नुहुन्थ्यो, ‘ती हुन्‌, जे गर्न पनि तयार अमेरिका, बेलायत र इजरायल ।’

“अरू बाँकी सबै गफ लगाएर बस्ने बूढी आइमाई जस्ता हुन्‌,” हात हल्लाएर चुड्की मारेर उहाँ भन्नु हुन्थ्यो ।

ईज्रायलको बारेमा अलिकति मात्र कुरा गन्यो भने फ्रेमोन्टमा बस्ने अफगानीहरुको रिस उठ्थ्यो जो बेलायतलाई यहुदीहरूको समर्थक र ईस्लाम विरोधी भएको जस्तो ठान्थे । बाबाले चिया र रोउट केकसँगै तिनीहरूसँग पार्कमा भेट्नु हुन्थ्यो र राजनीतिको गफ गरेर तिनीहरूलाई पागल बनाइदिनुहुन्थ्यो । “तिनीहरू के बुझ्दैनन्‌ भने धर्मको योसँग कुनै सरोकार छैन,” उहाँले मलाई पछि भन्नु हुन्थ्यो । बाबाको विचारमा आफ्नो देशको कुनै वास्तै नगरी तेल बेचेर मोटाउनमै व्यस्त अरबीहरुको माझमा इज्रायल एउटा “बहादुर व्यक्तिहरू” भएको टापु थियो । “इज्रायलले यो गर्छ, इज्रायलले त्यो गर्छ,” भनेर अरबी लवजमा गिज्याएर भन्नु हुन्थ्यो । “त्यसो भए के हेरेर बसेका छौ त ! बदला लेउ । तिमीहरू अरबी हौ, त्यसैले प्यालेस्टीनीहरूलाई सहयोग गर ।’

जिमी कार्टर जसलाई उहाँले “दाँते राक्षस” भन्नु हुन्थ्यो र असाध्य घृणा गर्नु हुन्थ्यो । १९८० मा हामी काबुलमै छँदा अमेरिकाले मस्कोमा हुने ओलम्पिक खेलमा सहभागी नहुने घोषणा गर्यो । “वाह वाह !” घृणा मिस्रित स्वरमा बाबाले भन्नुभयो ब्रेजनेभले अफगानिस्तानमा आम हत्या गरी राख्याछ र त्यो पिनट खाने मोराले के न गोजस्तो तिम्रो पौडी पोखरामा पौडिन्न भनेर घुर्क्याउँछ । लियोनिल ब्रेजनेभलेभन्दा साम्यवादका लागि मन नलाग्दा नलाग्दै पनि कार्टरले धेरै गरेको छ भन्ने बाबाको विश्वाश थियो। “ऊ यो देश हाँक्न उपयुक्त मान्छे होइन । उसले देश चलाउनु भनेको साइकल चढ्न नजान्ने केटालाई कारको स्टेयरिङ थमाइदिनु जस्तै हो ।’ अमेरिका र यो संसारलाई अलि कडा व्यक्तिको खाँचो थियो । यस्तो व्यक्ति जो अलि ख्याल गर्न लायक होस्‌ र हात बाँधेर बस्नु साटो केही दह्रो काम गरोस्‌ | त्यो व्यक्ति रोनाल्ड रेगानको रूपमा आयो । र, जब रेगानले टिभीमा बोल्दा शोरावीलाई “राक्षशको साम्राज्य ” भने बाबा तुरून्तै बाहिर गएर मुसुक्क हाँसेर “थम्स अप (Thumps Up)” गरेको रेगनको तस्विर ल्याएर सानो टाईमा सजिएर राजा जाहिर शाहसँग हात मिलाउँदै गरेको आफ्नो स्वेत-श्याम तस्विरकै छेउमा हलको भित्तामा काँटी ठोकेर झुन्ड्याउनु भयो । फ्रेमोन्टमा हाम्रा धेरैजसो छिमेकीहरू बसका ड्राइवर, पुलिस, पेट्रोल पम्पमा तेल भरिदिने मान्छे र च्यारिटी (Charity) मा बाँचेका अविवाहित आमाहरू थिए । ती हेर्दा नीलो कलर भएका मान्छे जस्ता देखिन्थे जो अब छिट्टै रेगान अर्थतन्त्रको तकियाले मुख छोपिएर उकुस मुकुस हुने वाला थिए | हाम्रो बिल्डिङमा बाबा मात्रै एक्लो रिपब्लिकन समर्थक हुनुहुन्थ्यो ।

तर त्यो खाडी क्षेत्रको धुँवा धूलोले उहाँको आँखा पोल्यो, गाडीहरूको हल्लाले टाउको दुख्यो र प्रदूषित हावाले उहाँको खोकी सुरू भयो । फलफूल पनि मीठो हुन्थेन, पानी पनि शुद्ध थिएन, रूखहरू र खुल्ला चौर त कहाँ पाउनु झन्‌ । दुई बर्षसम्म मैले बाबालाई उहाँको ब्रोकन इङ्गलीस सुधार्न ईएसएल क्लासमा उहाँलाई भर्ना गरिदिन कोसिस गरेँ, तर बाबाले मेरो कुरालाई उपहास गर्नुभयो । “सायद म ‘क्याट’ को स्पेलिङ्ग शुद्ध उच्चारण गर्न जानुँला र शिक्षकले मलाई ‘स्टार’ देला ताकि म दौडेर घर आएर तँलाई देखाउ” भन्दै उहाँ भुत्भुताउनु हुन्थ्यो ।

सन्‌ १९८३ को बर्षात्‌को एक आइतबार म हिन्दी सिनेमा हलको छेउमै एउटा सेकेन्ड ह्यान्ड किताब बेच्ने पसलमा गएँ जुन ठाउँ फ्रेमोन्ट बुलभार्ड र आभट्रयाक मिसिने एउटा चोकको थोरै पश्चिम पट्टि छ । मैले बाबालाई म पाँच मिनेट बाहिर गएर आउँछु भनेँ र उहाँले कुम हल्लाएर “जे सुकै गर्‌ ” को इसारा गर्नुभयो । उहाँ फ्रिमोन्टको एउटा पेट्रोल पम्पमा काम गर्दै हुनुहुन्थ्यो र त्यो दिन छुट्टीमा हुनुहुन्थ्यो । उहाँले कार ट्राफिक नियमको उल्लंघन गरेर फ्रिमोन्टको पारिपट्टि लानुभयो र अड्गुयन नाम गरेका बूढा एक जोडी भियतनामीले चलाएको किराना पसलमा
छिर्नुभयो । तिनीहरू कपाल फुलेका, मिलनसार मान्छे थिए । श्रीमतीलाई पार्किन्सन्सको रोग थियो भने श्रीमानको हिपको अप्रेसन गरेको थियो । “उनी अहिले साठी लाखको मान्छे भएका छन् सधैँ गिँजामात्र देखाएर हाँस्दै उनी मलाई भन्थिन् । “साठी लाखको मान्छे, याद छ अमीर ?” अनि अङ्गयनले लि मजर्सले जस्तै आँखा तर्थे र अझ ढिलो काम गरेजस्तो गर्थे ।

जब म माईक ह्यामरको रहस्य बुझ्न एउटा पुरानो किताबको पाना सर्सर्ती पल्टाउदै थिएँ, सिसा फुटेको र कोही चिच्याएको आवाज सुनियो । किताब फुत्त रोखेर म हान्निँदै बाटोपारि गएँ । अङगुयन जोडी त्रसित मुद्रामा काउन्टरको पछाडि भित्तामा अडेस लागेर बसेका थिए । अङगुयन बूढाले बूढीलाई घ्याप्प अङ्गालो हालेका थिए । भुइँमा सुन्तलाहरू, उत्तानो परेको पत्रिकाको र्याक, बीफ जर्कीको फुटेको जार र बाबाको गोडा वरिपरि सिसाका टुक्रै टुक्रा थिए ।

मैले थाहा पाएँ कि बाबासँग सुन्तला किन्न नगद पैसा थिएन | बाबाले अङगुयनलाई दिन एउटा चेक लेख्नु भएको थियो र उनले उहाँको आई डी मागेका रहेछन्‌ ।

“उसले मेरो लाइसेन्स माग्छ,” बाबा फारसी भाषामा कुर्लिनु भयो । “झन्डै १ बर्षदेखि हामीले यो मूलाको फलफूल किनीदिएर हामीले यसको खल्तीमा पैसा हालिदिएका छौं, तर आज यो कुकुरको छोरोले मेरो लाइसेन्स हेर्न खोज्छ !”

“बाबा, यो व्यक्तिको दोकान होइन,” अङ्गुयनतिर हेरेर हाँस्दै मैले भनेँ । :आइडी तिनीहरूले माग्नै पर्छ ।’

“तिमी यहाँबाट गइहाल त,“ श्रीमतीको अगाडि उभिँदै अङगुयनले भने | उनले बाबालाई लौरोले घोच्न खोज्दै थिए । उनी मतिर फर्केर भने, “तपाईं मजाको युवक हुनुहुन्छ, तर तपाईंको बुबा त पागल | अब यहाँ नआए पनि हुन्छ ।”

“के यसले मलाई चोर ठानेको छ ?” चर्को स्वरमा बाबाले भन्नुभयो । बाहिर भीड जम्मा भइसकेको थियो । मान्छेहरू क्वारक्वार्ती हेर्दै थिए । “यो कस्तो देश हो कुन्नि ? कसैले कसैको विश्वास गर्दैन ।”

“म पुलिस बोलाउँछु’ श्रीमती अङगुयनले आधा अनुहार फुत्त देखाउँदै भनिन्‌ । “तिमीबाहिर गइहाल नत्र म पुलिस बोलाउँछु ।’

“कृपया अङ्गुयन, पुलिस नबोलाउनुस्‌ । म उहाँलाई घर लान्छु, तर कृपया पुलिस नबोलाउनुस्‌ है ?”

“हुन्छ, तपाईंले उनलाई घर लिएर जानोस्‌ | राम्रो कुरा,” अङ्गयनले भने | तारको फ्रेममा डबल पावर वाला सिसा पछाडिबाट उनका आँखाले बाबालाई एक टकले हेरिरहे । बाबालाई समातेर ढोकाबाट निकालें । बाहिर निक्लँदै गर्दा उहाँले लात्तीले हानेर एउटा म्यागजिन फूयालिदिजु भयो । अब भित्र जान्न भनेर उहाँलाई कसम खुवाइसकेपछि, म फर्केर पसलमा गएँ र अङ्गुयनका बूढा बूढीसँग माफी मागेँ । मैले उनीहरूसँग बाबालाई अलि सन्चो नभएको कुरा बताएँ । उनीहरूलाई मैले हाम्रो फोन नम्बर र ठेगाना दिएँ र उनलाई आफ्नो क्षतिको मूल्यांकन गर्न भने “कृपया क्षति कतिको भयो भन्ने थाहा पाउने वित्तिकै मलाई फोन गर्नुहोला | अङगुयन मेडम म सबै क्षतिपूर्ति गर्छु । म साह्रै दुःखी छु । मेडम अङ्गुयनले मेरो पत्रिका तानेर लिइन्‌ र सहमतीको टाउका हल्लाइन्‌ । मैले देखेँ कि उनका हातहरू सदाभन्दा बढी हल्लिरहेका थिए | त्यो देख्दा मलाई बाबासँग रिस उठ्यो, किनकी उहाँले एउटा बुढी आइमाईलाई रिसले थरथरी काम्ने पार्नुभएको थियो ।

“मेरो बाबा अमेरिकी जीवन शैलीसँग अझै घुलमेल भैसक्नु भएको छैन ।” स्पस्टीकरण दिदै मैले भनेँ

म उनीहरूलाई बताउन चाहन्थेँ कि काबुकमा हामीहरूले एउटा रूखको हाँगो भाँच्यौँ र त्यसलाई क्रेडिट कार्डको रुपमा प्रयोग गर्थ्यौं । हसन र म त्यो लौरो लिएर रोटीवालाकोमा जान्थ्यौँ । उसले आगो भर्भराइरहेको चुल्होबाट हाम्रा लागि नान निकालेर दिँदै आफ्नो चक्कुले एउटा नानका लागि एउटा दाग लगाउँथ्यो । बाबाले महिनाको अन्तिममा लौरोको दागहरू गनेर पैसा तिरिदिनुहुन्थ्यो । तरिका यस्तो थियो । उसले केही पनि सोध्थेन । आइडी पनि चाहिन्थेन |

तर मैले यो कुरा उनीहरूलाई भनिनँ । पुलिस नबोलाएकोमा मैले मी.अङ्गुयनलाई धन्यवाद दिएँ । बाबालाई घर लिएर गएँ | मैले भात र कुखुराको घाँटीको सुप पकाएँ भने बाबा रिसले धुम्म परेर बाल्कोनीमा बसेर चुरोट पिउनुभयो । हामी पेशावरबाट बोइङ्ग चढेर आएर यहाँ झरेको डेढ बर्ष भइसकेको थियो, तर बाबा भने अझै घुलमिल हुँदै हुनुहुन्थ्यो ।

त्यस रात हामीले चुपचाप खाना खायौँ | दुई गाँस खाएपछि बाबाले प्लेट एकातिर पन्छाउनुभयो ।

टेबल पारी मेरो सम्मुख बस्नुभएको बाबालाई मैले हेरेँ | उहाँको नङहरू चोइटिएको र मोबिलले कालो भएको थियो र लुगामा पेट्रोल पम्पको धुँवा, धूलोको गन्ध थियो | बाबा यस्तो विदुर मान्छे जस्तो हुनुहुन्थ्यो जसले अर्को बिहे त गर्छ, तर मरेकी श्रीमतीलाई छोड्न सक्दैन । उहाँलाई जलालाबादको उखुको खेत र पगमानको बगैंचाको न्यास्रो लागिराखेको थियो । घरभित्र बाहिर गरिरहने मान्छेको भीड शोर बजारको भीडभाड युक्त गल्लीको हिँडाइ र उहाँकै विगतसँग नाता जेलिएका आफ्ना एउटै वंशका मान्छे, उहाँलाई र उहाँको बुबा र हजुबुबालाई चिनेका मान्छेहरूलाई हाइ-हेलो र नमस्तेलाई उहाँले मिस गर्नुभयो ।

मेरा लागि अमेरिका सबै यादगारहरू बिर्सेर जमिनमुनि गाडी दिने ठाउँ भएको थियो ।

बाबाका लागि भने शोक मनाउने ।

“सायद हामी पेशावर फर्किन पर्छ, पानीको गिलासमा तैरिरहेको बरफलाई हेर्दै मैले भने । आइएनएसले हाम्रो भिसा जारी नगरून्जेल पेशावरमा हामी ६ महिना पर्खेर बसेका थियौं । एउटा मात्र बेडरूम भएको हाम्रो अँध्यारो अपार्टमेन्ट पुरानो मोजा र आचि जस्तै गन्हाउँथ्यो, तर हामी हामीलाई चिनेका मान्छेहरूले घेरिएका थियौं, कम्तिमा पनि बाबाले चिनेका मान्छेले | उहाँले टोल छिमेकका पूरै निम्तो दिनुहुन्थ्यो । ती मध्ये धेरैजसो भिसा पर्खेर बसेका अफगानीहरू हुन्थे । नबिर्सेर कसैले तबलाको सेट ल्याउँथ्यो भने कसैले हार्मोनियम । चिया उम्लन्थ्यो र जसको सुरिलो स्वर छ उसले लामखुट्टे कराउन छोडुन्जेल, ताली पड्काएर हात दुखुन्जेल घाम उदाउने बेलासम्म गाई रहन्थ्यो ।

“तपाईं त्यहाँ खुसी हुनुहुन्थ्यो बाबा । त्यहाँ हाम्रो घर जस्तै थियो,” मैले भनेँ ।
“पेशावर मेरा लागि राम्रो थियो । तेरो लागि होइन ।”
“तपाईंले यहाँ साह्रै दुःख गर्नु भा छ ।”

“अहिले त्यति नराम्रो छैन,” आफू पेट्रोल पम्पमा डे म्यानेजर भएकोतिर संकेत गर्दै उहाँले भनुभयो, तर चिसो दिनहरूमा उहाँले कसरी अनुहारै बिगारेर नाडी रङनु हुन्थ्यो । त्यो मैले देखेको थिएँ । ‘अनि हामी यहाँ मेरा लागि आए त होइन, हो र?

मैले टेबलमाथि हात लम्काएर उहाँको हातमाथि राखेँ । मेरो विद्यार्थीको सफा र नरम हात उहाँ श्रमिकको मैलो र ठेला परेको हातमाथि राखेँ | मैले काबुलमा उहाँले मलाई किनिदिनुभएको ट्रकहरू ट्रेनको सेट र साइकलको बारेमा सोचेँ । अहिले अमेरिकामा अमीरका लागि अन्तिम उपहार ।

हामी अमेरिका आइपुगेको ठीक एक महिनापछि बाबाले वाशिङ्गटन बुलभार्ड (Boolvard) भन्दा पर उहाँको परिचित अफगानीको पेट्रोल पम्पमा असिस्टेन्टको जागिर पाउनु भएको थियो । उहाँले हामी आइपुगेकै हप्ता जागिर खोज्न थाल्नु भएको थियो । हप्तामा ६ दिन बाबाले गाडीमा पेट्रोल हाल्ने, रजिस्टरमा हिसाब राख्ने, मोबिल फेरिदिने र गाडीको सिसा धोइदिने जस्तो बाह्र घन्टे कडा डिउटी गर्नु हुन्थ्यो । कहिले काहीँ म उहाँलाई लन्च ल्याइदिन्थे । म देख्यैँ बाबाले खोपीमा चुरोटको बट्टा खोजिरहनु भएको हुनुहुन्थ्यो भने तेल लतपतिएको काउन्टर पारी एउटा ग्राहक उभिइरहेको हुन्थ्यो । बाबाको अनुहार मर्करी बत्तीमा उदास र पहेंलो देखिन्थ्यो । ढोका माथिको इलेक्ट्रिक घन्टी मभित्र पस्दा डिङ-डिङ गरेर बज्थ्यो र बाबाले टाउको मात्र पछि फर्काएर हेर्नुहुन्थ्यो, हात हल्लाउनु हुन्थ्यो र मुस्काउनु हुन्थ्यो र थकाइले उहाँका आँखाहरू रसिला भएका हुन्थे ।

जुन दिन बाबाले काम पाउनुभयो, उहाँ र म हाम्रो इलिजिबिलिटी अफिसर श्रीमती डोबिन्सलाई भेट्न सानजोसे गयौं । उनी भद्दा शरीर, टल्किने आँखा, डिम्पल हाँसो भएकी निग्रो महिला थिइन्‌ । उनले मलाई भनिन्‌ कि उनले पहिला चर्चमा गाउँथिन्‌ रे र मैले उनको कुरा पत्याएँ । उनको स्वर सुन्दा म मह घोलेको तातो दुध सम्झन बाध्य भएँ । बाबाले उनको टेबलमा थुप्रै खाना खाने कुपनहरू मिल्काइदिनुभयो । “तपाईंलाई धन्यवाद, तर मलाई यो चाहिँदैन,“ बाबाले भन्नुभयो ।”म सधैं काम गर्छु । अफगानीस्तानमा पनि गरेको हो, यहाँ पनि गर्छु । डोबिन्स मेडम तपाईंलाई धन्यवाद, तर मलाई यो शित्तैमा आउने चिज चाहिँदैन ।”

मेडम डेबिन्सले असजिलो मानेर तल हेरिन् । खानाको कुपन हातमा लिइन् र पालैपालो बाबा र म तिर यसरी हेरिन् मानौँ हामीले “छल” वा हसनले भन्ने गरे जस्तै “ठग्दै’ थियौँ । “मैले यो काम गरेको पन्ध्र बर्ष भयो, तर आजसम्म कसैले पनि यस्तो गरेकै थिएन” उनी रन्किन् । यसरी बाबाले त्यो खिन्न पार्ने “खानाको कुपन्” को लफडाको क्षणलाई “नगद रजिस्टर”मा ल्याएर टुङ्ग्याउनु भयो र कहीं अफगानीहरूले च्यारीटीको पैसाले खाना किनेको पो देख्ने हुन्‌ कि आफ्नो एउटा ठूलो डरबाट मुक्त हुनु भयो । ट्युमरको उपचारपछि डर मुक्त भएर निस्केको मान्छे जस्तै ढुक्क भएर बाबा वेलफेयर अफिसबाट बाहिर निस्कनुभयो ।

सन्‌ १९८३ को गृष्ममा बीस बर्षको उमेरमा मैले हाई स्कुल पास गरेँ । म सबैभन्दा बढी उमेरको पाको मान्छे त्यस दिन दिक्षान्तमा लगाउने टोपी हल्लाएर फूटबल मैदानमा निस्केँ । म सम्झन्छु ती परिवारजनहरूको भीड, क्यामराको झल्याक झिलिक र नीलो गाउनको बीचमा बाबा हुनु हुन्थेन । मैले उहाँलाई ट्वान्टी यार्डको नजिकै दुवै हात खल्तीमा राखेर छातीमा क्यामरा झुन्ड्याएर उभिएको भेट्टाएँ । नीलो पहिरनमा चर्कोचर्को बोल्दै एक आपसमा अङ्गालो मार्दै रुँदै गरेका केटीहरू, चर्कोचर्को स्वरमा बोल्दै गरेका बाउछोराहरू हाम्रो बीचबाट यताउता गरिरहेकाले बाबा झल्याक झुलुक देखिने र छेकिने हुनुभयो । बाबाको कपाल फुल्दै थियो भने कन्चटको सैँ पातलिँदै थियो । के बाबा काबुलमा यहाँभन्दा अग्लो हुनु हुन्थेन र ? बाबाले खैरो सुट लगाउनु भएको थियो । त्यही एक जोर सुट जुन उहाँले अफगानीहरूको बिहे र अन्त्येष्टीमा लगाउने गर्नु हुन्थ्यो । टाई त्यही रातो थियो जुन मैले त्यही बर्ष उहाँको पचासौं जन्मदिनमा किनिदिएको थिएँ । अनि उहाँले मलाई देखेर हात हल्लाउनु भयो । मुसुक्क हाँस्नु भयो । उहाँले मलाई दिक्षान्तको टोपी लगाउन इसारा गर्नुभयो र स्कुलको घन्टाघर आउने गरी मेरो फोटो लिनुभयो । म उहाँका लागि मुस्कुराइदिएँ । यसरी मुस्कुराएँ मानिलिउँ आजको दिन मेरोभन्दा बढी उहाँको थियो । उहाँ मेरो छेउ आउनु भयो, मेरो घाँटीमा अङ्गालो मार्नुभयो र मेरो निधारमा चुम्बन गर्नुभयो । “म भाग्यमानी छु,” बडो गर्व गर्दै उहाँले भन्नु भयो । त्यसोभन्दा उहाँका आँखाहरू चम्किला भए र नमीठो लागे पनि मलाई मनपन्यो ।

त्यस रात उहाँले मलाई हेवार्डको एउटा अफगानी कबाफघर लिएर जानुभयो र थुप्रो खानेकुरा अर्डर गर्नुभयो | छोरो अब आउने वसन्तमा कलेज जाने वाला छ भनेर होटल मालिकलाई सुनाउनु भयो । एसएलसी पास हुनुभन्दा ठीक अघि मैले त्यसको बारेमा उहाँसँग बहस गरेको थिएँ र भनेको थिएँ कि म पनि एउटा काम गर्न चाहन्छु । केही मद्दत गरौं, अलिकति पैसा जोगाऔं बरू कलेज अर्को साल जाउँला जस्तो लागेको थियो, तर बाबाले उही डरलाग्दो पाराले हेर्नुभयो र मेरा शब्दहरू जिब्रोबाटै बिलाएका थिए ।

डिनरपछि बाबाले मलाई रेस्टुरेन्टभन्दा पारीपट्टिको एउटा बारमा लिएर जानुभयो । त्यो ठाउँ अँध्यारो थियो र मलाई कहिल्यै पनि मन नपरेको बियरको नमीठो गन्धहरू पनि थियो | बेसबल क्याप र हाप स्वीटर “लगाएका मानिसहरू पुल खेल्दै थिए भने तिनीहरूले उडाएको चुरोटको धुवाँ हरियो टेबलमाथि कुइरीमन्डल भएर मुस्लो मर्करी बत्तीसम्म पुगेको थियो । हामीलाई सबैले हेरे । बाबा आफ्नो खैरो सुटमा हुनुहुन्थ्यो भने म मुजैमुजा भएको स्ल्याक्स र ज्याकेटमा । बारमा हामी एउटा बुढोको छेउको सिटमा बस्यौँ । बूढोको चाउरिएको अनुहार टाउकोभन्दा माथिको मिसेलोभ चिन्ह अंकित बोर्डको निलो बच्तीमा बिरामी परेकी जस्तो देखिन्थ्यो । बाबाले एउटा चुरोट सल्काउनुभयो र वियर अर्डर गर्नुभयो | “आज म साह्रै खुसी छु ” बाबाले कसैलाई भन्नु भएको त होइन, तर सबैले सुने । “आज म मेरो छोरासँग पिउँदै छु ।कृपया एउटा अर्को मेरो साथीलाई,” बूढोलाई ढाडमा थपथपाउँदै बाबाले भन्नुभयो ।

त्यो बूढो मान्छेले ह्याट उतारेर कृतज्ञता व्यक्त गर्यो । बूढोको माथिल्ला दाँतहरू थिएनन्‌ ।

बाबाले बियर तीन घुट्कोमा सकाउनु भयो । मैले आफ्नो बियर बल्लबल्ल एक चौथाइ खानु अघि नै बाबाले तीनवटा पिइसक्नु भएको थियो | त्यति बेलासम्म उहाँले त्यो बूढालाई एउटा स्कच र ती चारजना पुल खेलाडीलाई एक जग | बडवेइजर (Budweiser) दिएर आफ्नो बनाइसक्नु भएको थियो । मान्छेहरूले उहाँसँग हात मिलाए र पिठ्यूमा थपथपाए । उहाँकै नाममा पिए । कसैले चुरोट सल्कायो । बाबाले टाइ आलि खुकुलो पार्नुभयो र त्यो बूढोलाई एक मुठी २५ सेन्टका सिक्का दिनुभयो । उहाँले ज्यूक बक्सतिर देखाउनु भयो । “गएर उसलाई आफ्नो मन पर्ने गीत बजाउन भन त” मलाई अह्राउनु भयो । त्यो बूढोले टाउको हल्लाएर हस भन्यो र बाबालाई सलाम गर्यो । तुरून्तै लोक गीत घन्किन थाल्यो र यस्तै पारामा पार्टीको सुरूवात गर्नु भएको थियो |

गीत बजिरहँदा बीचैमा एकपटक बाबा जुरूक्क उठ्नु भयो, काठ चिरेको धुलै धुलोले भरिएको भुइँमा बियर पोखाउँदै बियरको गिलासमाथि उठाउनु भयो र चिच्च्याउनु भयो, “भाँडमा जावोस्‌ त्यो मूला रसिया !” । बारको हाँसोले पूरै गुन्जियो । बाबाले प्रत्येकका लागि फेरि अर्को राउन्ड बियर जग मगाउनु भयो ।

जब हामी बाहिर निस्क्यौं, उहाँ निस्केको देखेर सबै जना दुःखी देखिन्थे । काबुलमा, पेशावरमा, हेवार्डमा | मन्द मुस्कानमा मैले सोचेँ, उही पुरानै बाबा |

हामी बाबाको पुरानो कफी रङको व्युईक सेन्चुरी चढेर घर पुग्यौँ । बाबा बाटोमा ज्याक ह्यामर कराएजस्तै घुरेर उँघ्नुभयो । उहाँको शरीरबाट मीठो र नमीठै दुवै खालको, चुरोट र रक्सीको गन्ध आइराखेको थियो | मैले कार रोकिसकेपछि पनि उहाँ कारमै बसिरहनु भयो र धोद्रो स्वरमा भन्नुभयो, “ब्लकको छेउसम्मै चलाएर हिँड्‌ त ।”
“किन बाबा ?”
“मैले भनेपछि हिँड्‌ न ।’ उहाँले मलाई गल्लीको दक्षिणपट्टिको अन्तिम छेउमा लगेर पार्किङ गर्न लगाउनु भयो । कोटको खल्तीमा हात हाल्नुभयो र साँचोको झुप्पो निकालेर मलाई दिनुभयो । “ल उ: त्यहाँ छ,” हाम्रो अघिल्तिरको कार देखाउँदै भन्नुभयो । वाइड बढी भएको लामो, पुरानो मोडेलको फोर्ड कार रहेछ जसको रङ जूनको उज्यालोमा मैले छुट्याउन सकिनँ । “यसलाई नयाँ रङ लगाउन पर्छ । मैले एकजना मान्छे लगाएर यसमा नयाँ “सक” फेर्न लगाइदिउँला, तर यो कुद्छ ।”

म दङ्ग परेर साँचो लिएँ । मेरो नजर बाबाबाट कारतिर पर्यो ।

“तँलाई यो कलेज जानलाई चाहिन्छ,” बाबाले भन्नुभयो । मैले उहाँको हात समाते, चरप्प पारेँ । मेरा आाखाहरू रसाएका थिए र हाम्रा अनुहारहरू छायामा लुकेको हुनाले म खुसी थिएँ । “धन्यवाद बाबा ।”

हामी बाहिर निस्क्यौं र फोर्ड कारभित्र पस्यौं । मोडेल चाहिँ ग्रयान्ड टोरिनो रहेछ । नेभी ब्लू रङको ब्रेक, साइडलाइट, रेडियो जाँच्दै मैले कार चलाएर हाम्रो चक्कर लगाएँ । हाम्रो अपार्टमेन्ट बिल्डिङको पार्किङ्ग लटमा रोके र ‘ईन्जिन बन्द गरेँ । “तसाकोर (Tashskor) बाबा जान,” मैले फेरि धन्यवाद दिएँ । म अझै भन्न चाहन्थेँ । म भन्न चाहन्थेँ कि उहाँले मप्रति देखाएको दयाले म कति घनिभूत भएको थिएँ, म भन्न चाहन्थेँ उहाँले मेरा लागि गरेको र अझै गरिरहनु भएको कामको मैले कति प्रशँसा गरेको छु । मलाई थाहा थियो कि मैले उहाँलाई लज्जित
पार्नेछु । त्यसको साटो मैले “तसाकोर (Tashakor)” दोहोन्याएँ ।

“उहाँले मुसुक्क गर्दै निधारले सिलिङलाई नै छोला जस्तो गरेर हेडरेस्टमा टाउको अड्याउनु भयो | हामी केही बोलेनौं । हामी अँध्यारोमा इन्जिन सेलाउँदा आउने टिइ-टिङ्ग आवाज र कतै पर साइरन बजेको टेईअँ-टुईअँ सुनी बस्यौं | बाबाले ‘टाउको मतिर घुमाउँदै भन्नुभयो, “हसन पनि आज हामीसँगै भइदिएको भए ।’

हसनको नाम सुन्ने वित्तिकै मलाई एकजोडी फलामको हातले घाँटी अँठ्याएजस्तो उकुस मुकुस भयो | झ्यालको सिसा तल झारेँ । ती हातले घाँटी दबाउन कति बेला छोड्लान भनेर कुरेर बसेँ |

एसएलसी पास गरेको पर्सिपल्ट मैले बाबालाई अब आउने फल (Fall) मा कलेज भर्ना हुने कुरा सुनाएँ । उहाँ चिसो कालो चिया पिउँदै सुकमेलको दाना चपाउँदै हुनुहुन्थ्यो जुन उहाँले विश्वास गरेको ह्याङओभर टाउको दुखाइको भरपर्दो औषधि थियो |

“लाग्छ म मेजर इङलिस्‌ लिन्छु होला,” मैले भनेँ । म भित्र भित्रै झसङ्ग हुँदै बाबाको उत्तर पर्खी बसेँ ।
“इङलिस पढ्ने ?”
“अँ क्रियटिभ राइटिङ ।’ ।
उहाँ यसमा सहमत हुनुभयो । चिया सुर्क्याउँदै भन्नुभयो, ‘तेरो मतलब कथाहरू हो ? तँ कथा लेख्छस्‌ त” ?
मैले टाउको निउराएर गोडातिर हेरेँ ।
“के कथा लेखेको पैसा आउँछ त ?”
“राम्रो कथाकार हुन सके आउँछ,“ मैले भनेँ । “स्थापित हुन सकियो भने ।’
“स्थापित हुन सक्ने सम्भावना कतिको छ त ?”
“यो हुन्छ,” मैले भनेँ ।
उहाँले सहमतिमा टाउको हल्लाउनु भयो । “अनि तँ राम्रो र स्थापित कथाकार नहुन्जेल के गर्छस्‌ त ? पैसा कसरी कमाउँछस्‌ ? बिहे गरिस्‌ भने तेरो श्रीमतीलाई कसरी पाल्छस्‌ त ?”
मैले शीर ठाडो पारेर उहाँसँग नजर जुधाउँनै सकिनँ । ‘म …. एउटा जागिर खोज्छु ।”

“ओहो !” आश्चर्य मान्दै भन्नुभयो । वाह, वाह ! मैले के बुझेँ भने, तँ डिग्री पाउनलाई धेरै बर्ष पढ्छस्‌, अनि तैँले मेरो जस्तै घटिया (Chatti) काम पाउनेछस्‌, जुन तैले आजै पनि पाउन सक्छस्, तेरो डिग्रीले तँलाई स्थापित गराउने छाँटकाँट त कहिले हो कहिले…..। उहाँले सुइयाँ गरेर चियाको चुस्की लिनुभयो । मेडिकल साइन्स, कानुन र “दमदार काम” को कुरा गर्दै भुत्भुताउनु भयो ।

लाजले मेरो गाला तातेर रातो भयो र आत्मग्लानिले धपक्क छोप्यो । उहाँका दुखिरहेका नाडीहरू, काला नङ्गुहरू र अल्सरको मूल्यमा म मस्ती गरिरहेको छु भन्ने लाग्यो, तर मैले अठोट गरेँ कि म आफ्नै खुट्टामा उभिने छु । म अब बाबाले मेरा लागि बलिदानी गर्न परोस्‌ भन्ने चाहन्नथेँ । अन्तिम पटक मैले त्यसो गरेकोमा आफैँलाई घिक्कारेको थिएँ ।

बाबाले सुइआँ गर्नुभयो र भएजति सुकमेल मुखमा राख्नुभयो ।
कहिले काहीँ म मेरो फोर्ड कारको स्ट्रीङ्ग पछि बस्थेँ, सिसा तल झार्थे र ईस्ट वेदेखि साउथ वे हुँदै पूरै पेनिन्सुला, घण्टौंसम्म घुमेर घर फर्कन्थेँ | दायाँ वाहाँ ग्रिडमा लहरै कटनवुडहरू भएको फ्रिमोन्टका गल्लीहरूमा म कुदे जहाँ राजासँग कहिल्यै हात नमिलाएका मानिसहरू झ्यालमा ग्रील राखेका एक तले पुरानो फोहर घरहरूमा बस्थे । ती घरका कालोपत्रे ड्राभवेमा मेरो जस्तै थोत्रो कारहरूबाट तेल चुहिएका हुन्थे । हाम्रो छिमेकका करेसाहरू सबै खैरो तार जालीले घेरिएका हुन्थे । घर अगाडिको फूलबारी पुराना खेलौनाहरू, पुराना टायरहरू र लेबल उप्केका बियरका बोत्तलहरू फ्यालिएका हुन्थे | म बोक्रा जस्तै गन्हाउने रूखहरूको छायाँ परेको पार्क छोडेर अघि बढ्दै एकै पटकमा पाँचवटा छायाँ परेको पार्क छोडेर अघि बढ्दै एकै पटकमा पाँचवटा बिजकासी (Bizkashi) टुनामेन्ट खेलाउन मिल्ने ठूलाठूला स्ट्रीप मल छोडेर अघि बढेँ । टोरिनोबाट माथि उक्लेर लस एल्टोसका पहाडहरू चढेँ । झ्यालमा फोटोहरू टाँसेका, कालो फलामे गेटमा सेता सिँहहरू कुरूवा बसे जस्ता देखिने गेटहरू भएका घरहरू, चिटिक्क पारिएका पेटीमा राम्रो पानीको फोहोराहरु भएका घरहरू तर ड्राइभवेमा फोर्ड टोरिनो कार नभएका घरहरू भएका ठूला फाँटहरु हुँदै म बरालिएँ | अघि बढेँ । त्यस्ता घरहरू पनि थिए जसको अगाडि वजीर अकबर खानमा भएको मेरो बाबाको घर छाप्रोजस्तो देखिन्थ्यो ।

कुनै कुनै शनिबार म सबेरै उठ्थेँ र हाइवे नं १७ हुँदै दक्षिण लाग्थे । पहाडको नागबेली उकालो बाटो हुँदै फोर्ड लिएर सान्टा क्रुजसम्म पुग्थेँ । म पुरानो प्रकास घर छेउ कार पार्किङ्ग गरेर सूर्योदय हेर्न कुरेर बस्थें । म कारमै बसेर समुद्रबाट बटारिँदै आउने हुस्सु हेरी बस्थेँ । अफगानीस्तानमा समुद्र त मात्रै सिनेमामा देखेको थिएँ । अँध्यारोमा हसनको छेउमा बसेर मैले सधैँ आश्चर्य मानेर सोच्ने गर्दथे के समुद्री हावााम नुनकोगन्ध हुन्छ भनेर मैले पढेको साँचो हो त ? मैले हसनलाई भन्ने गर्थे कि कनै दिन हामी पनि समुद्री झारले भरिएको किनारमा हिड्ने छौँ, बलुवामा गोडाहरू डुबाउने छौँ र हाम्रा गोडाका औँलाहरू छोएर पानीको छाल फर्केर गएको हेर्ने छौँ । पहिलो पटक प्रशान्त महासागर देख्दा त म डरले झन्डै चिच्च्याएर रोएको । यो मैले सानामा सिनेमाको पर्दामा देखेको समुद्रहरू जस्तै विशाल र निलो रहेछ ।

कहिलेकाहीँ म बिहान सबेरै कार पार्किङ्ग गरेर फि वे ओभरपासमा उक्लन्थेँ । बारमा टाउको अड्याएर आँखाले भ्याएसम्म तल बाटोमा नजिकै आउँदै गरेका गाडीका पिलिक पिलिक गर्दै रहेका राता बत्तीहरू गन्ने कोसिस गर्थे । बीएमडब्लुहरू, साब्सहरू, पोर्सचेसहरू । त्यस्ता कारहरू जुन मैले काबुलमा कहिल्यै पनि देखेको थिइन । काबुलमा धेरै जसोले रसियन भोल्गा, पुरानो ओपेल अथवा ईरानमा बनेको पाइकान्स चढ्थे ।

हामी अमेरिका आएको झन्डै २ बर्ष बितिसकेको थियो र म अझै पनि यो देशको क्षेत्रफल र विशालताको बारेमा दङ्ग परेर सोच्दै थिएँ । प्रत्येक फ्रिवे पर अर्को फ्रि वे, प्रत्येक सहर पर अर्को सहर, पहाडभन्दा पर हिमालहरू र हिमालहरूभन्दा पर पहाडहरू, धेरै सहरहरू र धेरै मानिस ।

अफगानीस्तानमा रूसी सेनाले मार्च गर्नुभन्दा धेरै अघि, गाउँहरू जलाइनु र स्कुलहरू तहसनहस पारिनु अघि, मृत्युको बीउ रोपेजस्तो धरापहरू रोपिनुभन्दा धेरै अघि र ढुङ्गा थुप्राएको चिहानमा बच्चाहरू गाडिनु अघि, काबुल मेरा लागि भूतहरूको सहर थियो । खुँडे भूतहरूको सहर ।

अमेरिका फरक थियो । अमेरिका त विगतको कुनै पर्वाह नगरी, सुसाउँदै बगिरहेको एउटा नदी थियो । म यो नदीमा हाम्फालेर बाँकोटे हानेर पौडिन सक्थें ता कि मेरो पापहरू सबै पखालिएर पिँधमा पुगोस्‌ र मलाई बगाएर पर कतै पुन्याओस्‌ । यस्तो ठाउँ जहाँ भूतहरू नहोस्‌, सम्झनाहरू नहोस्‌ र पाप नहोस्‌ ।

अरू केही नभए पनि त्यसैका लागि मैले अमेरिकालाई आत्मसात गरेँ ।
अर्को ग्रिष्म जुन १९८४ को थियो र त्यही ग्रीष्ममा म एक्काइस पुगेको थिएँ । बाबाले आफूनो व्यूइक बेच्नुभो र ७१ मोडलको थोत्रो भोक्सवेगन बस आफ्नो चिनजान भएको एउटा अफगानीसँगबाट पाँच साय पचास अमेरिकी डलरमा किन्नुभयो । ती अफगानी काबुलमा मा.वि.को विज्ञान शिक्षक थिए । त्यस दिन दिउसो जब हाम्रो बस घ्यार घ्यार गर्दै धूँवा फाल्दै हाम्रो टोलमा छिन्यो, छिमेकीहरू नाक खुम्च्याएर एकातिर फर्के । बाबाले इन्जिन बन्द गर्नुभयो र त्यसलाई विस्तारै गुडेर पुग्नुपर्ने ठाउँसम्म पुग्न दिनुभयो । छिमेकीले कता देख्ने पो हुन्‌ कि भनेर बडो चनाखो हुँदै सिटमा बसेर पेट बाउँडिएर आँखाबाट आँशु नआउन्जेल हामी हाँस्यौँ । बस एउटा खियैखिया लागेको फलाम, झ्यालका सिसा फुटेर थोत्रा झोला झुन्ड्याएको, गोटी सकिएका नाङ्गा टायरहरू र सिटहरूको गद्दा च्यातिएर स्प्रीङ्ग समेत देखिंने भएको मनै खिन्न पार्ने लास जस्तै थियो, तर ती बूढा शिक्षकले बाबालाई इन्जिन र गियरको बारेमा ढुक्क पारेका थिए र साँच्चै त्यस बारेमा ढाँटेका पनि रहेछन्

शनिबारको दिनहरूमा बाबाले मलाई मिर्मिरेमै उठाउनु हुन्थ्यो । जब उहाँले लुगा लगाउनु हुन्थ्यो, मैले स्थानीय पत्रिका हेरेर विज्ञापनहरू सरसर्ती छुटयाउँथै र कुन ग्यारेजमा कुन चिज बिक्रिमा रहेछ त्यसमा गोलो लगाउँथेँ हामीले कुन बाटो कुन कुन ठाउँ हुदै जाने हो भनेर नक्सा बनाउँथ्यौँ।। पहिला, फ्रिमोन्ट, युनियन सिटी, न्यूयोर्क र हेवार्ड अनि समयले साथ दिए सान जोसे, मिल्पप्टास, सनीभेल र क्याम्पबेल । थर्मसबाट चिया सारेर चुस्की ढिँदै बाबाले गाडी चलाउनु हुन्थ्यो भने मैले नक्सा अनुसार बाटो बताउँथेँ । हामी थोत्रा सामान बिक्रीमा, राखेका ग्यारेजहरूमा गाडी रोक्थ्यौं र मान्छेले नचाहिने भनेर फ्यालेका थोत्रा थाङ्ग्रा चीजहरू किन्थ्यौँ । हामी पुरानो लुगा सिउने मसिन, एउटा मात्र आँखा भएका खेलौनाहरू, काठको टेनिसको र्याकेटहरू, तार चुँडिएका गिटारहरू, पुरानो ईलेक्ट्रोलक्स भ्याकुम क्लिनरहरू मोलमोलाई गरेर किन्थ्यौँ । मध्यान्हसम्ममा हामीले भोक्सवेगन बस थोत्रा सामानले भरिसकेको हुन्थ्यौं । अनि आइतबार बिहान सबेरै हामी बेरियसाभन्दा पर सान जोसेको सेकेन्ड ह्यान्ड सामान बेच्ने फुटपाथे हाट जान्थ्यौं र एउटा सानो ठाउँ भाडामा लिएर थोरै नाफा खाएर ती थोत्रा मोत्रा सामान बेच्थ्यौँ । जस्तो कि अस्ति मात्र एउटालाई २५ सेन्टमा किनेको ५ वटा सेट भएको सिकागो रेकर्ड आज १ डलरमा वा ५ वटाको सेटलाई ४ डलर पर्न सक्छः दश डलरमा किनेको थोत्रो लुगा सिउने सिङ्गर मसिन एक छिनको मोलमोलाई पछि २५ डलरमा बिक्छ ।

त्यस ग्रीष्मको अन्त्य समयमा, अफगानी परिवारहरूले सान जोसेको सेकेन्ड ह्यान्ड हाट पूरै कब्जा गरिसकेका थिए | सेकेन्ड हणन्ड बजारको पेटीहरूमा अफगानी गीतहरू बज्थे । हाटका अफगानीहरूको बीचमा बोलीचाली र एक आपसमा गरिने व्यवहारको सांकेतिक भाषा थियो जस्तो कि कसैले पारिपट्टिको कसैलाई नमस्ते गर्नुको मतलब अब उसले त्यो व्यक्तिलाई एक गास आलुको बोलानी (Bolani) वा थोरै काबुली (Qabali) खाने निम्ता दिन्छ, अभिभावकको मृत्युमा समवेदना दिन्छ, बच्चा जन्मेकोमा बधाई दिन्छ र जब गफ अफगानिस्तान तीर मोडिन्छ, जुन हुन्थ्यो नै, अनि शोकाकुल बनेर टाउको हल्लाउँछ, तर शनिबारको कुराको विषय वस्तुबाट सबै पन्छिन्छन्‌ । कारण के हुन सक्थ्यो भने त्यो बाटो पारिको मान्छे हिजो कवाडीको सामान किन्न जाँदा उसैलाई उछिन्नलाई बाटोमा देखे पनि नदेखेजस्तो गरेको मान्छे नै हुन सक्थ्यो |

ती गल्लीहरूमा चियाभन्दा पनि बढी बग्ने चिज अफगानीहरूको गफ नै हुन्थ्यो । सेकेन्ड ह्यान्ड बजार यस्तो ठाउँ थियो कि जहाँ मान्छे बदामको कोल्चा (Kolcha) हालेको ग्रीन टि को चुस्कीको साथमा कसकी छोरी इन्गेजमेन्ट तोडेर अमेरिकन केटासँग पोइल गई जुन केटो पैले काबुलमा कम्युनिष्ट थियो र वेलफेयरमा आश्रित थियो, तर पनि घुसको पैसाले घर किनेको थियो, आदि विषयमा गफ चल्थे । चिया, राजनीति र कुरा काट्ने काम भनेको सेकेन्ड ह्यान्ड सामानको आइतबारे हाटमा अफगानीको त मसला नै हुन्थ्यो ।

काबुलदेखि नै उहाँले चिनेका मिस्त्रीहरू, दर्जीहरू, उनीका जडौरी कोट र साइकल चढ्दा लगाउने थोत्रा हेल्मेट बेच्ने मान्छेहरूसँगै भूपू राजदूतहरू, जागीर छोडेका सर्जनहरू, विश्वविद्यालयका प्रोफेशरहरूको छातीमै दुई हात टाँसेर ससम्मान नमस्कनर फर्काउँदै बाबा कहिले काहीँ लुखुरलुखुर सडक पेटीतिर झर्दा पसल मैले चलाउँथेँ ।

सन् १९८४ को जुलाइको एक आइतबार बिहान सबेरै जब बाबा बाहिर जान तैयार भैसक्नु भएको थियो, मैले कनसेसन स्ट्यान्ड बाट २ कप कफी किनेर लिएर आउँदा बाबा एकजना ठूलोठालु जस्तै देखिने मान्छेसँग बोलिरहेको पाएँ । मैले कफी लगेर बसको पछाडिको बम्परमा “रेगान फर ८४’ लेखेको स्टिकरको छेवैमा राखेँ ।

“अमीर’ इसाराले मलाई बोलाउँदै बाबाले भन्नुभयो, “यहाँ जनरल साहेब हुनुहुन्छ । मी. ईकबाल ताहेरी । उहाँ काबुलमा सुशोभित जर्नेल हुनु हुन्थ्यो । उहाँले रक्षा मन्त्रालयमा काम गर्नु हुन्थ्यो ।”

ताहेरी | किन कुन्नि नाम कतै सुनेको जस्तै लाग्यो ? जनरल साहेब यसरी हाँसे जसरी एउटा व्यक्ति औपचारिक पार्टीमा सहभागी हुँदा ठूला व्यक्तिले गरेको सामान्य जोक सुनेर बलजफ्ती हाँस्छ । उनको चिल्लो कालो निधारबाट लरक्क पारेर पछाडि फर्काएको नरम, फूलेको कपाल थियो भने बाक्लो आँखीभौं फुलेर छुस्स सेतो भएको थियो । उनको शरीरबाट कलोनको बास्ना आउँथ्यो भने उनले धेरै पाली च्याप्दा तातो आइरनले टिलिक्क टल्किएको आइरन ग्रे रङको थ्री पीस लगाएका थिए र भेस्ट बाहिर पकेट घडीको सुनको चेन झुन्डिएको थियो । “यस्तो बढाइचढाई परिचय,” उनले भद्र र सभ्य स्वरमा भने ।

“सलाम बच्चेम’ । के छ छोरा ?
“सलाम जर्नेल साहेब ।’ हात मिलाउँदै मैले भनेँ । उनका दुब्ला हातहरू च्याप्प समात्न अप्ठेरो भयो । लाग्थ्यो, त्यो पसिनाले ओसिएको छाला भित्र फलाम नै छ ।
‘अमीर एउटा ठूलो लेखक हुँदैछ,” बाबाले भन्नुभयो । यसोभन्दा मैले अलमल्ल परेर बाबालाई दुईपालि हेरेँ ।

उसले कलेजको पहिलो बर्ष भर्खर सकेको छ र सबै विषयमा ए ग्रेड ल्याएको छ ।
“जुनियर कलेज,” बाबाको भनाइ सच्याउँदै मैले भनेँ ।
“मासाअल्लाह, जर्नेल ले भने । “के तिमी हाम्रो देश र त्यसको इतिहासको बारेमा लेख्दैनौं होला र ? त्यसको अर्थतन्त्रको बारेमा नि ?’
“म कथा र उपन्यास लेख्छु,” रहिम खानले मलाई दिएको त्यही छालाको खोल भएको डायरीमा आफूले लेखेको त्यस्तै चानचून एक दर्जन जति कथाहरू सम्झिँदै र यो मान्छेको अगाडि म किन लाजले भुतुक्क भएँ भन्ने र आश्वर्य मान्दै मैले भने ।

“ए, कथाकार ?” जर्नेलले भने । “अँ, दुःखको मनलाई एकातिर बहलाउन पनि मान्छेलाई कथा चाहिन्छ, जस्तो ऐले भइराख्या छ ।” बाबाको काँधमा हात राख्दै मतिर फर्के । “कथाको कुरा गर्दा तिम्रो बाबा र म भएर गर्मीको दिन जलालाबादमा वनकुखुराको शिकार गरेको म सम्झन्छ,” उनले भने । त्यो बेला गजबको थियो । यदि मैले ठीक सम्झेको छु भने तिम्रो बाबाको आँखा शिकार गर्नमा जति तेजिला थिए व्यापारमा पनि त्यस्तै थियो ।”

बाबाले ओछ्याएको प्लास्टिकको त्रिपालमाथि राखेको काठको टेनिस र्याकेटलाई बुटको चुच्चोले हानेर उछिट्याउनु भयो | “केही व्यवसाय ।’ जर्नेल ताहेशीले एकैचोटि कसोकसो मन्द मुस्कान दिन र लामो सास लिन भ्याए र बाबाको काँधमा थपथपाउँदै सान्त्वना दिए र भने, “जिन्दगी मिगजारा” । जीवन चलिरहन्छ | उनी म तिर “बाबु हामी अफगानीहरू अलिकति बढाइ चढाइ गर्ने खालका छौँ र मैले थुप्रै मान्छेलाई बिनामतलब ‘महान’को संज्ञा दिएको सुनेको छु, तर तिम्रो बाबा ती थोरै लायक व्यक्तिहरूमा पर्नुहुन्छ जो त्यो संज्ञा पाउन साँच्चै लायक हुनुहुन्छ । उनको यो छोटो भनाइ मलाई यस्तो लाग्यो जस्तो उनको सुट थियो – धेरै प्रयोग गरिने र नसुहाउने गरी टल्केको |

“तपाईं मलाई जग हाल्दै हुनुहुन्छ,” बाबाले भन्नुभयो |
“मैले जग हालेको होइन,“ दायाँ बायौँ टाउको हल्लाउँदै छातीमा एउटा हात टाँसेर आफू सानो बनेर जर्नेलले भने । “छोरा छोरीहरूले बाबुको नामको इज्जत राखिदिनुपर्छ ।’ उनी मतिर फर्के । “बाबु तिमीले आफ्नो बुबालाई सम्मान गर्छौ त ? के तिमी साँच्चै उहाँको प्रशंसा गर्छौं त ?”
“बलाय, जर्नेल साहेब, म गर्छु,“ मैले भनेँ र म चाहन्थेँ उनले मलाई ‘मेरो छोरो नभनुन्‌ ।
“त्यसो भए बधाइ छ | तिमी मान्छे बन्नलाई आधा बाटो हिंडिसकेका रहेछौ” उनको भनाइको तरिकामा न मजाक थियो | न व्यङ्ग्य, न रिस न त बढाइचढाइ नै |
“पदार जान, तपाईंले चिया खानै बिर्सनु भयो । एउटा महिलाको आवाज सुनियो । हातमा खुल्ला थर्मस र स्टीरोफोम कप लिएकी, कालो कपाल, सर्लक्क परेको हिप भएकी सुन्दर महिला हाम्रो पछाडि उभिएकी थिइन्‌ । उनको बाक्लो आँखी भौं बीचमा जोडिएका थिए जुन हेर्दा आर्कजस्तो आकार बनेको उडिरहेका चराको पँखेटाहरू जस्तो लाग्थ्यो । सुलुत्त परेका लामो नाक पर्सियाकी राजकुमारीको जस्तो लाग्थ्यो । शाहनामामा पढेको रोस्तमकी श्रीमती र शोहरबकी आमा, ताहमिनेहको जस्तो । लामालामा झिमझिम परेलीको छायाँ परेका उनका ओखरको ङका आँखा मेरासँग ठोकिए । एकछिन अडिए | अनि परतिर सोझिए ।

‘तिमी मेरो कति ख्याल गर्छ्यौं, नानी,” जर्नेलले भने । उनको हातबाट कप टिपे । उनी जानलाई फर्किनु अगावै मैले उनको देब्रे बङ्गाराको जोर्नीको हँसिया आकारको खैरो रङको जन्मौटे दाग देखेँ । उनी हिंड्दै गएर एउटा धमिलो खैरो रङको भ्यानमा थर्मस राखिन्‌ | जब उनी पुराना रेकर्डरहरू र उपन्यासहरू खोतल्न निउरी परिन्‌ उनको कपाल सर्लक्क एकातिर लत्रियो ।

“मेरी छोरी, शोराया जान,” जर्नेलले’ छोरी चिनाए । उनले विषयन्तर गर्न खोजेको मान्छेले जस्तै लामो सास ताने र सुनौला पकेट घडीमा समय हेरे । ल त अब गएर तयार हुन ढिलो भइसक्यो ।’ बाबाले र उनले एक आपसमा चुम्बन गरे र उनले दुबै हातले मेरो हात समातेर हल्लाए । “तिम्रो लेखन सफल होस्‌,” मेरो आँखामा आँखा जुधाएर उनले भने | उनका हल्का नीलो आँखा पछाडि केही कुरा लुकेजस्तो लाग्दैनथ्यो ।

त्यो दिनको बाँकी समय मेरो त्यही खैरो म्यानतिर हेर्ने उच्च मनोकाँक्षासँग लडेरै बित्यो ।

घर फर्किंदा बाटोमा मलाई याद आयो । ताहेरी मलाई थाहा थियो कि यो नाम मैले पहिले पनि कतै सुनेको थिएँ ।

“के ताहेरीको छोरीको वरिपरि केही कथा तैरिरहेको थिएन त ?”, अनौपचारिक गफ जस्तै पारामा बाबालाई सोधेँ ।

“तँ जान्दछस्‌ ?’ सेकेन्ड ह्यान्ड हाटबाट बाहिर निस्कने बाटोतिर गाडी विस्तारै अघि बढाउँदै बाबाले भन्नुभयो । “सामान्य कुरा हल्ला बनेर फिँजिन्छ र म तर्कन्छु ।”

“तर कथा थियो त्यहाँ, थिएन र ?” मैले भनेँ |

“तैँले किन सोधेको भन त ? “ उहाँ मलाई मायालु नजरले हेर्दै हुनुहुन्थ्यो ।

मैले कुम हल्लाएर ‘थाहा छैन’ भन्ने इसारा गरेँ र बल गरेर मुस्काएँ । ‘मात्र जान्न खोजेको हो, बाबा ।’

“साँच्चै हो ? त्यति मात्रै हो त ?” रमाइलो नजरले मेरो आँखामा एक टकले हेर्दै उहाँले भन्नुभयो । “उनले तँलाई प्रभाव पारिन क्या हो, हो ?”

मैले एकतिर फर्केर भनेँ, “कृपया बाबा ।”

उहाँले मुसुक्क हाँसेर सेकेन्ड ह्यान्ड हाटबाट गाडी सुइँक्याएर निकाल्नुभयो । हामी ६८० नं. हाइवेतिर तेर्सियौँ । हामी एकैछिन चुपचाप हिडिँरह्यौँ । “मैले सुनेको के हो भने एक समयमा एक जना थियो रे __ र कुरा ____उसले सोचे जस्तो भएन रे ।” उहाँले यो वाक्य यति गम्भीर मुद्रामा भन्नुभयो कि मानौं उहाँले मलाई आफूलाई छातीमा क्यान्सर भएको गोप्य कुरा खोल्दै हुनुहुन्थ्यो ।

“ओहो !”
“मैले सुनेको छु कि उनी सभ्य, मेहनती र मायालु छिन्‌ रे, तर त्यस बेलादेखि कुनै खास्तेगारहरू (Khastegars) वा मङ्गेतरहरूले जर्नेल साहबको ढोका ढकढकाएका छैनन्‌ रे ।” बाबाले लामो सास फेर्नुभयो । “यो अनुचित हुन सक्छ, तर केही दिन भित्रै के हुन्छ वा कहिले काहीँ एकै दिनभित्र के हुन्छ भन्ने कुराले मान्छेको जीवनभरिका लागि ठूलो महत्त्व राख्छ अमीर, त्यो नबिर्सनु ।’ उहाँले भन्नुभयो ।

त्यस रात विस्तारामा टछ्पटाएर मैले शोराया ताहेरीको हँसियाजस्तो जन्मौटे दाग, राम्रो सुगाजस्तो नाक र क्षणभरका लागि उनका आँखाले मलाई कसरी लठ्ठ पारेका थिए भन्ने कुरा मनमा खेलाएर बसेँ । उनलाई सम्झिँदा मेरो मुटु धड्‌कियो । शोराया ताहेरी, मात्र किनमेल गर्दा देखेको मेरी राजकुमारी |