
अध्याय छ
दोस्रो रात
साँझपख घोडाहरू तबेलामा फर्काइए र तत्कालै उनीहरू फेरि टाटेपाङरे
घोडाको चारैतर्फ झूम्मिइहाले ।
“अगष्ट महीनामा मलाई आमाबाट अलग्याइयो ।”-टाटेपाङरे घोडाले आफ्नो कथा जारी राख्दै भन्यो ।-“यसबाट मलाई कुनै विशेष दु:ख लागेन । मेरी आमाले पेटमा मेरो सानो भाइलाई बोकिराखेको पनि मैले देखे । त्यो पछि उसान नामले प्रसिद्ध भयो । आमाको निम्ति अब समाथि पहिलेको जस्तो कुनै ममता नै थिएन । मेरो मनमा कुनै इर्ष्या पनि थिएन । उनी प्रति मेरो स्नेह पनि चिसिइसकेको छ भन्ने म अनुभव गर्दैथिएँ । यति मात्र होइन, मलाई के पानि थाहा भैसकेको थियो भने आमाबाट अलग भएपछि मलाई बछेडाहरू राख्ने तबेलामा राखिनेछ जहाँ
दुई-दुई वा तीन-तीन बछेडाहरू एक कठघरमा रहनेछन् र हामी सबैलाई दिनहुँ नै हावामा डुलाउन पनि लगिनेछ । मलाई मीली सँगसँगै एउटै कठघरमा राखियो । मीली सवारी घोडा थियो र त्यो पछि सम्राटको नै सवारी घोडा बन्नपुग्यो । चित्रकारहरूले उत्को चित्र बनाए भने मूर्तिकारहरूले चाहिं उसको मूर्ति पनि ढाले । त्यतिखेर चाहि ऊ एउटा मामूली बछेडा थियो, उसको छालाको रौं नरम र चिल्लो थियो, अनि गर्दन राजहंसको जस्तो थियो भने टाँग चाहिँ झीना र सुलुत्त परेका थिए, मानौं ती बीणामा तन्क्याइएका तार होउन् ! उसको स्वभाव पनि हँसिलो, मिलनसार र दयालु थियो । ऊ जहिले पनि उफ्रेर वा दगुरेर खेल्न, साथीहरूलाई चाटेर माया गर्न र घोडा होस् वा मान्छे जससँग पनि जिस्किन तैयार रहन्थ्यो । सँगसँगै रहँदा-बस्ता हाम्रो आपसमा गाढा मित्रता कायम भएको थियो र यो मित्रता हामी जवान रहुञ्जेलसम्म नै मौजूद रहेको थियो । त्यसताका ऊ ज्यादै चञ्चल र प्रसन्नचित्त रहन्थ्यो । उसले त्यतिखेर नै साना बछेडीहरूसँग छैडछाड र प्रेमको अभिनय गर्न थालिसकेको थियो र मेरो सुधोपनाको अक्सर हाँसो पनि उडाउने गर्थ्यो । दुर्भाग्यवश भनौं वा आत्माभिमानवश भनौं, मैले पनि त्यही गर्न थालें जुन ऊ गर्नेगर्थ्यौ । छिटै नै म पनि प्रेमपाशमा बाँधिइहालें । यही मेरो पहिलो प्रेमोन्माद नै मेरो जिन्दगीमा एक ज्यादै ठूलो कारण बन्यो । जे होस्, म प्रेममा परिसकेको थिएँ ।
भ्याजोपुरिखा म भन्दा एक वर्षले जेठी थिई । हामी दुवैको बीचमा घनिष्ट मित्रता कायम थियो । परन्तु शरद्को अन्त्यतिर मैले के चाल पाएँ भने ऊ मलाई दैखेर लज्जाउन लागेकी थिई ।…परन्तु म आफ्नो यो प्रथम प्रेमको सारा दुःखद बखान यहाँ गर्न चाहन्नँ । स्वयं उसलाई नै मेरो उन्मत्त प्रेमको सम्झना छ जसको कारणले गर्दा नै मेरो जीवनमा अति महत्वपूर्ण परिवर्त हुन गएको थियो । घोडा-गोठालाहरूले धपाएर उसलाई मबाट छुट्याइदिए र मलाई चाहीं थिलोधिलो पारेर बेस्मारी चुटे । साँझ मलाई एक्लै एउटा खास कठघरमा लगेर बाँधिदिए । त्यहाँ रोएर नै मैले त्यो रात छर्लङ्ग काटे, मानौं भोलिपल्ट के हुने हो भन्ने कुराको मलाई पूर्वसंकेत मिलेको होस् !
बिहान सबेरै जर्सापको साथसाथै अस्तबलको नाइके, सईसहरू, चिरुवादारहरू र घोडा-गोठालाहरू मेरो कठघराको बरण्डामा आए । ठूलो खैलाबैला मच्चियो । जर्सापले अस्तबलको नाइकेलाई झपारे । नाइकेले आफ्नो सफाई दिदैं के भन्यो भने उसले त मलाई बाहिरतिर नै ननिकाल्ने अठोट गरेको हो तर सईसहरूले लापरबाही गरेका हुन् । सबैलाई कोर्राले पिटिनेछ भनेर जर्साप कड्किए र मलाई चाहिं खसी पारिदिने हुकुम दिए । जर्सापको मर्जीबमोजिम काम तमाम गरिनेछ भनेर नाइकेले वचन दियो । अनि सबै त्यहाँबाट हिंडिहाले । मैले चाहिँ केही पनि अनुमान लगाउन सकेको होइन, तर मलाई केही त अवश्य नै गर्नेभएका छन् भन्ने मैले बुझिहालें ।
भोलिपल्टदेखि मेरो हिनहिनाहट सदाको लागि नै बन्द भइहाल्यो । म त्यो नै बनाइएँ जुन आज तिमीहरू देखिरहेका छौ । मेरो आँखामा संसार नै अर्के भयो । कुनै कुराले पनि मेरो मन खुशी हुँदैनथ्यो । म त विरक्त भएर आफूमा नै तल्लीन रहन लागें । शुरु शुरुमा त मलाई कनै कुरामा पनि रुचि लागेको थिएन । साथी-भाइहरूसँग उफ्रने-खेल्ने त के कुरा, मैले त खान, पिउन र घुम्न समेत छोडिदिएको थिएँ । कहिलेकाहीं मलाई उफ्रने, नाच्ने र हिनहिनाउने इच्छा अवश्य नै हुन्थ्यो, तर उत्निखेरै मेरो मथिंगलमा यस्तो भयंकर प्रश्न उठ्थ्यो: ‘किन ? केको लागि ?’ अनि मेरो सारा उत्साह नै मरेर जान्थ्यो ।
एकपल्ट साँझपख मलाई घुमाउन भनेर बाहिर लगियो । त्यतिखेर घोडाहरूलाई चरनबाट फर्काउँदै थिए । मैले टाढैबाट धूलोको मुस्लो उड्दै आइरहेको देखेँ । त्यसमा हाम्रा घोडीहरूको अस्पष्ट तर चिरपरिचित आकृति पनि देखिन्थ्यो । तिनको आनन्दित हिनहिनाहट र टापको पटपट पनि मेरो कानमा पर्यो । म टक्क अडिएँ । सईसले मेरो घाँटीमा बाँधिएको डोरी जोडले तान्न थाल्यो । यसले गर्दा मेरो गर्दनको छाला समेत खुस्कियो । तर म उभिइ नै रहेँ र नजिकिदै आइरहेको घोडाको बथानलाई आँखा फारेर त्यसरी नै हेर्न लागें जसरी मानिसहरू त्यस सुखलाई आँखा गाडेर हेर्छन् जुन नफर्किने गरेर सदाको लागि बिदा भैसकेको हुन्छ । जब घोडाहरू नजिक आए, त मैले एकलाई चिनिहालें सबै मेरा चिरपरिचित थिए । कति सुन्दर, तगडा, गर्विला, तगडा र हृष्टपृष्ट थिए उनीहरू । कसै कसैले मतर्फ पुलुक्क हेरे पनि । सईसले तारन्ततार डोरी तानिरहेको थियो, तर म भने पीडा पनि अनुभव गरिरहेको थिइनँ । सारा कुरा बिर्सेर म पहिले झैं हिनहिनाएँ । कुदेँ उनीहरूतर्फ । परन्तु मेरो हिनहिनावट अति निरस, हास्यादपद । भद्दा लागिरहेको थियो । घोडीहरूमध्ये कोही पनि हाँसेको देखिएन । कैयन् घोडीहरूले त अदबको ख्याल लाखेर म तर्फ समेत फर्काए । के चाल पाइन्थ्गो अब म उनीहरूको नजरमा तुच्छ, घृणित र दयनीय बनिसकेको थिएँ । सबभन्दा बढ्ता अप्रिय कुरा त के भने म अब हास्यास्पद हुन पुगेको थिएँ । मेरो झीनो र अनाकर्षक गर्दन, मेरो ठूलो टाउको (म त्यतिखेर दुब्लाएर हल्लनटट्टू बनिसकेको थिएँ ), मेरा लामा-लामा कुरुप टाँग र मेरो भद्दा दुलकी चाल- यी सबै कुरा देखेर सके उनीहरूले आफ्नो हाँसो नै रोक्न सकिरहेका थिएनन् होला । अझ म भने पहिले-पहिले झैँ नै सईसको वरिपरि रमाउँदै नाचिरहेको थिएँ । मेरो हिनहिनाहटको जवाफसम्म पनि कसैले दिएन । सबैले मबाट मुख फर्काए । अनि एकाएक सबै कुरा मैले बुझिहालें । उनीहरूको दृष्टिमा त अब म सदासर्वदाको लागि हिजडा बनिसकेको थिएँ । मेरो मन साह्रै खिन्न भयो । कुन्नि, कसरी म घर आइपुगें, मलाई थाहा नै भएन ।
मेरो स्वभाव पहिलेदेखि नै गम्भीर र चिन्तनशील थियो । अब त म बढ्ता बिचारमग्न हुन पुगें मेरो टाटेपाङरे रङ्ग देखेर मानिसहरू घिन मान्दै नाक खुम्च्याउँथे । त्यसमाथि थप अझ यो सोच्दै पनि नसोचिएको दुर्भाग्य र झर्रा जातका घोडाहरूको माझमा मेरो यस्तो विशेष स्थितिले गर्दा म सोचसागरमा डुब्न वाध्य हुन गएको थिएँ । अस्तबलमा आफ्नो अनौठो स्थितिको बोध मलाई नभएको होइन, तर मैले त्यसको कारण ठम्याउन सकिरहेको थिएन । मान्छे कतिसम्म अन्यायी हुन सक्दो रहेछ जो मेरो रङ्ग टाटेपाङरे हुनुमा मेरै पो दोष ठान्छ भनेर म मनमनै सोच्ने गर्थे । आइमाईहरूको प्रेमको त के कुरा, आमाको ममता समेत कति अस्थिर हुँदो रहेछ भन्ने पनि म सोच्न पुग्थेँ । आइमाईहरूको प्रेम त केवल शारीरिक आकर्षणमा मात्रै निर्भर रहने कुरा न ठहरियो ! किन्तु सबभन्दा बढ्ता म त्यस अनौठो जीवको बारेमा नै विचार गर्थें जो मान्छे भनिन्छ । हुन पनि हाम्रो जीवनमा यस जातका जीवहरूको नै विशेष महत्वपूर्ण स्थान छ । मान्छेको सन्के स्वभावको कारणले गर्दा नै त मैले आफैँले पनि यस्तो अनौठो स्थिति भोग्नुपेको छ । अस्तबलमा आफ्नो यस्तो स्थितिको मलाई बोध त छ, तर त्यसलाई बुझ्न चाहिं सकेको थिइनँ । एक दिन यस्तो घटना पनि मेरो सामुन्ने स्पष्ट हुन गयो ।
यो हिउँदका उत्सवहरूको कुरा हो । एकपल्ट दिनभरी नै मलाई न खान दिइयो, न त पिउन नै ! पछि मलाई के थाहा भयो भने सईस रक्सी लागेर टन्न भएको हुँदा नै यस्तो हुन गएको थियो । त्यस दिन अस्तबलको नाइकेले आएर मेरो कठघरमा हेर्यो । मलाई चारादाना केही पनि नदिएको देखेर उसले सईसलाई उसको पीठपछाडि जथाभावी गाली गर्यो र त्यहाँबाट हिंडिहाल्यो । अर्को दिन सईस र उसको एक जना साथी मेरो कठघरामा सुकेको घाँस हाल्न आए । सईसको अनुहार ज्यादै पहेंलो र उदास देखिन्थ्यो । उसको ढाड देख्नेबित्तिकै मलाई अपार दया जागेर आयो । उसले खूब रीस पोख्दै आरीमा घाँस फ्याँकिदियो । मैले ज्यादै प्यारो गर्दै उसको काँधमा टाउको राख्न मात्रै के राखेको हुँदो हुँ, उसले त जङङ्ग रिसाएर मेरो नाकमा जोडले एक घुस्सा चखाइहाल्यो । अनि मेरो पेटमा समेत एक लात दियो ।
“यो लुते खच्चर यहाँ नहुँदो हो त केही पनि हुने थिएन ।”-उसले भन्यो ।
“किन र ?”-अर्को सईसले सोध्यो ।
“जर्सापका बछेडाहरूको चाहिं मोरो खोजखवर नै गर्दैन । उनीहरूले पाउन् वा नपाउन् उसलाई कुनै चासो हुँदैन । तर आफ्नो’ बछेडोको हेरविचार गर्न भने दिनको दुईपल्ट अन्भरिन आइपुग्छ ।” ।
“के यो टाटेपाङरे उसले बकस पाइसक्यो र ?”-अर्को चाहिंले सोध्यो
“दैव नै जानोस्- उसले बकस पाएको हो कि किनेकै पो हो त । भोकभोकै मरे पनि कस्को के बित्छ र ? तर’उसको’ बछ्नेडोलाई चारादाना नदिने हिम्मत नै कसले गर्ला ! मलाई भुइँमा पल्टिने आदेश फर्मायो र दिन थाल्यो चाबुकले दनक ! तैपनि मोरो आफूलाई ईसाई भन्छ । उसलाई भने मान्छेभन्दा जनावर बढी प्यारो छ । भगवान्को रत्तीभर पनि डर कै उसलाई ! आफैले गनीगनीकन कोर्रा ठोकाउन लगायो नरपशु मोरोले ! जर्सापबाट कहिल्यै पनि कसैलाई यतिबिधि कोर्रा ठोकाइबक्सिएन । त्यसैले त मेरो ढाडको छालै खुइलिने गरेर गोद्न लगायो । त्यस पापीको मनमा दयामाया भनेको रत्तिभर पनि छैन ।”
ईसाईको व्यवहार र कोर्राको पिटाइबारे जे जति उसले भनेको थियो त्यो त मैले राम्रैसँग बुझें । परन्तु ‘आफ्नो’ बछेडो र ‘उसको’ बछेडो भन्ने जुन शब्दहरूको प्रयोग गरिएको थियो त्यसको चाहि मैले कुनै अर्थ नै पहिल्याउन सकिने । तैपनि कतिसम्म आसय बुझियो भने उसले मेरो र नाइकेको बीचको कुनै प्रत्यक्ष सम्बन्धतर्फ औंल्याएको थियो । परन्तु त्यतिखेर यो कस्तो सम्बन्ध हो भन्ने मैले बुझिसकेको थिइनँ । यसको राम्रो बोध त पछि मलाई त्यतिखेर मात्र भयो जब मलाई अरु घोडाहरूबाट अलग्याएर राख्न थालियो । त्यसताका त मलाई सम्झाइएको नै भए पनि म कूनै मान्छेको सम्पत्ति हुन सक्छु भन्ने कुरा मैले बुझ्नै सक्ने थिइनँ । मलाई लक्ष्य गरेर कसैले म जस्तो एउटा जिउँदो प्राणीलाई समेत पाइयोसु भन्ने चाहना राख्दैन, बरु केही औपचारिक शब्दहरूलाई विभिन्न वस्तुहरूसँग जोडिदिने स्मभावना ‘मेरो’ जग्गा, मेरो’ बतास र मेरो’ पानी भनेको सुन्दा अनौठो लाग्छ ।
यी शब्दहरुको ममाथि ठूलो असर पप्यो । म हरघडी नै यसैको विषयमा विचार गर्न लागें । यी शब्दहरूको पूरा अर्थ त्यति बेला मात्र खुलस्त भयो जब मान्छेहरूसँग नाना थरीको मलाई सरोकार पर्न थाल्यो । अनि यी अनौठा शब्दहरूको अर्थ पनि मैले बुझे-मानिसहरू जीवनमा कार्यको होइन, बरु शब्दको अनुसरण गर्छन् । उनीहरू कूनै काम गर्ने वा नगर्ने सम्भावना ‘मेरो’ घोडा भनेको म त्यत्तिकै अनौठो ठान्थें जति कसैले नै मन पराउँछन् । उनीहरूले सबभन्दा बढी महत्व दिने शब्दहरू हुन्-मेरो र आफ्नो । यी शब्दहरूलाई नै उनीहरू विभिन्न प्रकारका वस्तुहरू र प्राणीहरूको सम्बन्धमा प्रयोग गर्छन्, कहाँसम्म भने जग्गाजमीन, मान्छे र अझ घोडाहरूको सम्बन्धमा समेत ! कुनै एक चीजलाई ‘मेरो’ भन्ने अधिकार केवल एक जनालाई मात्र हुनेछ भन्ने उनीहरूले सम्झौता गरेका छन् । उनीहरूबीच भएको यसै सम्झौताअनुसार जसले यस खेलमा
बाजी मार्नेछ अथात् जसले सबभन्दा बढ्ता वस्तुहरूलाई ‘मेरो’ भन्न पाउनेछ उसैलाई नै उनीहरू बढी सुखी ठान्छन् । यस्तो किन हुन्छ भन्ने त मेरो समझमा नै घुस्तैन । तर कुरा यस्तै छ । मैले पहिले निकै समयसम्म यसबाट स्पष्ट रुपमा कुनै प्रत्यक्ष लाभ हुन्छ होला भनेर यसको व्याखा गर्न खोजेको थिएँ, तर यो न्यायसँगत ठहरिएन ।
जो मलाई आफ्नो घोडा ठान्थे ती मानिसहरूमध्ये अधिकांशले ममाथि सबारी नै चलाउँदैनथे । सवार हुने चाहिँ अक्सर कोही अरु नै हुन्थ्यो । मलाई चारादाना पनि उनीहरूले होइन, अरुहरूले नै दिने गरेका थिए । मलाई कोही दयामाया गर्थे त ती पनि पराई मानिसहरू नै हुन्थे, जस्तै चिरूवादार, सईस,कोचवान इत्यादि, न कि जो मलाई आफ्नो घोडा भन्ने गर्थे । यसप्रकार अफ्नो निरीक्षणको क्षेत्र विस्तार गर्दै गरिएको गहन विश्लेषणपश्चात् म कुन निस्कर्षमा पुगे भनेँ केवल हामी जस्ता घोडाहरूको सम्बन्धमा मात्र होइन, बरू सबै कुरामा समेत मेरो र आफ्नो भन्ने धारणाको आधार त्यही क्षुद्र मानव स्वभाव मात्रै हो जसलाई उनीहरू स्वयं स्वामित्वको भावना या अधिकार भन्छन् । कोही भन्छ यो घ। मेरो हो । परन्तु ऊ कहिल्यै पनि त्यो घरमा बस्दैन । उसले त तयो घर बनाउँछ र स्याहारसम्हार र रेखदेख मात्र गर्छ । कुनै व्यापारी भन्छ, मेरो पसल अथवा मेरो कपडा पसल, । तर उसले आफ्नो पसलमा भएको सबभन्दा बढिया कपडाको लुगा चाहीँ आफूले लगाउँदैन । यस्ता पनि मान्छेहरू हुन्छन् जो कुनै एक टुक्रा जग्गालाई आक्नो भनेर दावी गर्दछन्, तर उनीहरूले त्यस जग्गालाई आफ्नो आँखाले देखेका समेत हुँदैनन्, न त त्यसमा कहिल्यै टेकेकै पनि हुन्छन् । यस्ता मान्छेहरू पनि पाइन्छन् जो अन्य मान्छेहरूलाई समेत आफ्नो सम्पत्ति ठान्छन् । उनीहरूले कहिल्यै पनि यी मान्छेहरूलाई देख्दै नदेखेको समेत हुन सक्छ । बरू, यिनीहरूसँग उनीहरूको सम्बन्ध भन्नु नै कति मात्र हुन्छ भने यिनीहरूलाई उनीहरूले दु:ख यातना मात्र भोगाउने गरेका हुन्छन् । यस्ता मान्छेहरू पनि देखिन्छन् जो कतिपय आइमाइहरूलाई आफ्नी स्वास्नी पत्नी भन्दछन्, तर यी स्वास्तीमान्छेहरू अरु नै लोग्नेमान्छेसित सम्बन्ध राख्छन् । यी मान्छेहरूको जीवनको उद्देश्य नै सकभर अर्काको भलाई गर्नु चाहिँ हुँदैन, बरु बढीभन्दा बढी वस्तुहरूलाई ‘आफ्नो’ भन्न खोज्नु नै हुन्छ । यही नै मान्छे र हाम्रो बीचको मुख्य अन्तर हो । जे होस्, मैले चाहिँ यस्तै ठान्न थालेको छु । अन्य गुणहरूको तुलना नगर्ने हो भने पनि यही एक मूल अन्तरको आधारमा म के ठोकुवा गर्न सक्छु भने जीवजन्तुहरूको मर्यादा क्रममा हाम्रो स्थान मान्छेको भन्दा एक खुड्किलो माथि नै पर्छ । जहाँसम्म मेरो आफ्नो अनुभवको कुरा छ, त्यसको हकमा म के भन्न सक्छु भने मान्छेहरूको कार्यकलापको निर्देशन शब्दद्वारा हुन्छ, तर हाम्रो चाहिँ कामद्वारा । जे होस्, मलाई आफ्नो’ घोडा भन्ने अधिकार अस्तबलको नाइकेले पाइसकेको थियो । त्यसैले त उसले सईसलाई कोर्रा ठोकायो । यो कुरा थाहा पाउँदा र यसको साथै मेरो टाटेपाङरे रङ्गको कारणले गर्दा मानिसहरू मसँग यस्तो व्यवहार गर्छन् भन्ने समेत सोचविचार गर्दा म अवाक् भैहालें । मेरी आमाको चर्तिकलाको कारणले गर्दा त म उदास छँदैथिएँ । यी सबै कुराहरूले मलाई अझ बढी क्षुब्ध र चिन्तनशील बनाइदिए र आज म यस्तै रुपमा तिमीहरूको सामु छु पनि ।
मैले तीन किसिमका दुर्भाग्यहरूको शिकार बन्नुपच्यो : एक त म टाटेपाडरे थिएँ । दोस्रो- मलाई हिजडा पारियो । तेस्रो- भगवानको सम्पत्ति या सबै जीवधारीहरूको लागि स्वाभाविक नै हुने स्वतन्त्र प्राणी ठानिनुको साटो मलाई अस्तबलको नाइकेको सम्पत्ति तुल्याइयो ।
मान्छेहरूको यस्तो धारणाको अनेक कुपरिणाम त मैले पो भोग्नुपच्यो । पहिलो कुरा त के भने मलाई अलग्याएर राख्न थालियो । म अरुको भन्दा राम्रै खुराक पाउँथे, कसरत पनि बढी गराइन्थ्यो र छिटो नै मलाई जोताउन पनि थाले । जब पहिलोपल्ट मलाई गाडामा नारेका थिए, त्यति बेला मेरो उमेर तीन वर्षको मात्र थियो । त्यस दिनको मलाई अझैसम्म पनि राम्रै सम्झना छ, जतिखेर मलाई आफ्नो सम्पत्ति ठान्ने त्यस अस्तबलको नाइकेले एक हुल सईसहरूलाई बटुलेर ल्याएको थियो र निकै फूर्ति गरेर मलाई बाँध्न लगाएको थियो । म प्रतिरोध गर्दै उधुम मच्चाउँला र काबूमा ल्याउन गाह्रो पर्ला भन्ने उसले ठानेको थियो । उनीहरूले मेरो ओंठ काटिदिए, गाडाको जुवामुनि धकेलेर मलाई डोरीले बेसरी बाँधबूँध पारे, मेरो पिठ्यूँमा क्रसपार्दै छालाको फराकिलो पेटीले बाँधैर त्यसलाई जुवामा जोडिदिए । मैले पछिल्ला टाँगले लात मार्न नसकूँ भनेर नै यो सब बन्दोबस्त गरिएको थियो । त्यतिखेर म काम गर्न कति उत्सुक छु र कस्तो लगनशीलताका साथ काम गर्ने मन छ भन्ने देखाउन पाइने मौकालाई मात्र म पर्खेर बसेको थिएँ ।
जब मैले एउटा सधाइएको घोडाले जस्तै पाइला सारेँ, त्यतिखेर उनीहरू सबका सब नै तीन छक परे । उनीहरूले मलाई दौडाउन थाले र मैले दुलकी चालमा दगरर्ने जमको गरेँ । दिन प्रतिदिन मैले तरक्की गर्दैलगें । तीन महीना जति पछि नै जर्साप र अरु पनि कैयन् मान्छेहरूले मेरो चालको प्रशंसा गर्न लागे । तर अचम्मको कुरा त के भने उनीहरूको धारणाअनुसार म स्वयं आफ्नो थिइनँ, बरु अस्तबलको नाइकेको सम्पत्ति थिएँ । त्यसैले गर्दा उनीहरूको निम्ति मेरो चालको पनि केही अरु नै अर्थ हुन गयो ।
मेरा दाजुभाइ अन्य घोडदौडमा पनि लगिन्थ्यो, उनीहरूको हरेक चाल बहीखातामा दर्ता गरिन्थ्यो, मान्छेहरू उनीहरूलाई हेर्न आउँथे, सुनको जलप लगाइएका बग्गीहरूमा उनीहरू नारिन्थेव र उनीहरूको पिठ्यूमा पनि मूल्यवान् सजावटहरू झुन्डिएको हुन्थे । तर म चाहिँ नाइकेको मामूली गाडामा नारिन्येँ र उसैको काममा मैले अक्सर चेस्मेन्का र अन्य गाउँहरूमा जानुपर्थ्यो । यो सबैको कारण के थियो भने म टाटेपाङ्रे थिएँ र उनीहरूको भनाइअनुसार मेरा मालिक पनि कुनै जर्साप नभएर अस्तबलको रेखदेख गर्ने एक मामूली नाइकेमात्र थियो ।
म नाइकेको सम्पत्ति हुँ भन्ने उसको धारणाले गर्दा मैले कस्ता दुःख यातनाहरू भोग्नुपर्यो ती सबैको बेलीबिस्तार नमरी बाँचे कालले साँचे म भोलि लगाउँला ।
त्यस दिन घोडाहरूले खोल्स्तोमेरप्रति बडो सम्मान र अदबको व्यबहार गरे । तर नेस्तेरको व्यबहार चाहीं पहिलेकै जस्तो क्रुर थियो । कुनै एक किसानको परन्च्याँसे बछेडो घोडाहरूको बथानमा पुगेर हिनहिनायो र कैली केली घोडी चाहिं फेरि उससँग नखरा गर्दै जिस्कन लागि ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू, पारिवारिक सुख, खण्डः २ अंशः १
