साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

विश्वका उत्कृष्ट कथाहरू: निर्दोषहरूको हत्या

Chovar Blues Mobile Size

मौरिस म्याटरलिड्कको जन्म २९ अगस्ट १८ मा बेल्जियमको गेन्ट सहरमा भएको थियो । कानून व्यवसायीको नोकरी छाडेर उनी सहित्यतर्फ लागेका मौरिस म्याटरलिङ्क आख्यान विधामा भन्दा कथालेखनमा बढी सफल देखिए । उनको पहिला कथा सङ्ग्रह द म्यासेकर अफ इन्नोसेन्ट्स सन्‌ १८८६ मा प्रकाशित भयो । नाटकमा काव्यात्मक कथा र काल्पनिकताका लागि उनलाई सन्‌ १९११ को नोबेल पुरस्कारद्वारा सम्मानित गरियो ।

मौरिसका कविता र कथा, नाटक र उपन्यासं विधाका तीन दर्जन कृतिहरू प्रकाशित छन्‌ । द ब्लाइन्ड (१८९०) द प्रिन्सेस मालेनी (१५८९), पेलियस एन्ड मेलिसन्डे (१५९२), द लाइफ अफ्‌ द बि (१९०१, द बर्ड १९०८) द ग्रेट बियोन्ड (१९४२) द पलेज अफ मौरिस म्याटेरलिङ्क आदि उनका महत्त्वपूर्ण कृतिहरू हुन्‌ । उनको मृत्यु मुटुको व्यथाले मे ६, १९४९ मा पेरिस नजिक निसे भन्ने ठाउँमा भयो ।

 

२६ डिसेम्बर शुक्रबार लगभग बेलुकाको खाना खाने बेलातिर एउटा फुच्चे भेडा गोठालो जोडले चिच्याउँदै नाजारेथे(इजरायलको एस सहर ।) प्रवेश गर्यो ।

ब्लु लायनमा बसेर रक्सी पिइरहेका किसानहरू भेडा गोठालाको चिच्याहट सुन्नासाथ हत्तपत्त सटर खोल्दै बगैँचातिर हेर्न थाले । हिउँमा दौडिरहेको केटालाई देखे उनीहरूले । कोर्नेलिजको छोरा भन्ने चिनेपछि भ्यालबाटै कराए “के भो? के भो ? जा सुत्न, तलाई बदमास ।”

तर केटोले आत्तिएको स्वरमा उत्तर दियो, “स्पेनीहरू आएका थिए फार्ममा आगो झुन्ड्याएर, अनि मेरा नौवटी स-साना बहिनीहरूलाई एउटा ठुलो रुखको ठुटामा लगेर बाँधिराखेका छन्‌ । फुच्चेको कुरा सुन्नेवित्तिकै किसानहरू हतार हतार भट्टीबाट बाहिर निस्के, केटाको वरिपिर भेला भए। अनि थुप्रै प्रश्न सोध्न थाले । ऊ भन्दै गयो; स्टीलका ढाल भिरेका सिपाहीहरू घोडा चढेर आएका छन्‌ । मेरा काका पेत्रस क्रेयरका भएजित गाईबस्तु उनीहरूले कब्जामा लिएका छन्‌ । भेडाबाखा र गाईभैँसी लिएर उनीहरू छिट्टै जङ्गल पस्दै छन्‌ ।

तिनीहरू हतार हतार गोल्डेन सन्‌ तिर लागे, जहाँ कोर्नोलिज र उसको सालो रक्सी पिइरहेका थिए । त्यति बेला भटिट्पसले चाहिँ स्पेनीहरूको आगमन भएको खबर सुनाउन गाउँ पसेको थियो । नाजारेथमा आतङ्क छाएको थियो । महिलाहरूले भ्याल खोले अनि किसानहरू हातमा उज्यालो लिएर घरबाट निस्के । बगैँचामा पुग्नासाथ बत्ती निभाए उनीहरूले, जहाँ हिउँ र पूर्णिमाको जूनले गर्दा मध्य दिउँसोको जस्तो उज्यालो थियो । भट्टीअगाडिको सार्वजनिक चोकमा उनीहरूले कोर्नोलिज र क्रेयरलाई घेरे । धेरैको हातमा चुच्चो लग्ठी र काँडेदार औजार थियो । रुखमुनि बसेर भयभीत स्वरमा एकापसमा सल्लाह गरे उनीहरूले के गर्ने, कसो गर्ने अलमल्ल परे तिनीहरू, त्यसैले उनीहरूमध्ये एक जना पादरीलाई लिन दौडे, जो कोर्नोलिजले काम गर्ने फार्मको मालिक थियो । चर्चको साँचो बोकेर उ घरबाट निस्क्यो । चर्चको भन्डारेलाई साथमा लिएर बाँकी सबै जना गिर्जाघरको छेउछाउको चिहानसम्म उसको पछि पछि लागे । त्यहीँ पुगेपछि पादरीले टावरको टुप्पोमा उभिएर खेत र जङगलमा आफूले कोही नदेखेको घोषणा गर्यो । फार्मको दिशापटिट्र खालि राता राता बादलका टुक्राहरू देखिएको जानकारी दियो । बाँकी क्षितिजमाथि ताराले टम्म भरिएको निलो आकाश देखिन्थ्यो ।

चिहानको छेउमा निकै लामो छलफल गरेपछि स्पेनीहरू आउने जङ्गलमा लुकेर बस्ने थोरै सङ्ख्यामा रहेछन्‌ भने आकमण गर्ने पेत्रस क्रेयरको चौपायामाथि फेरि कब्जा जमाउने, अनि फार्मबाट केही सामान लुटेको भए त्यो पनि लिनै गारो गरे । लोग्नेमान्छेहरू त्रिशुल र कोदालो-कोदालीजस्ता हतियारले सुसज्जित भए भने स्वास्नीमान्छेहरू चाहिँ पादरीसित चर्चमै बसे । एम्बुस थाप्न उचित ठाउँको खोजी गर्दै लोग्नेमान्छेहरू जङ्गलको सिमानामा अवस्थित मिलनजिक पहाडी भू-भागमा पुगे । जहाँबाट उनीहरूले आगो दन्किरहेको देखे । उनीहरू फलाटको रुखमुनि बरफ जमेको पोखरीको छेउ लागेर आ-आफ्नो स्थानमा सतर्क भएर बसे।

रेड डवार्फ नाम गरेको एउटा भेडागोठालो मिलबालालाई सचेत गराउँदै पहाडको टुप्पोमा चढ्यो । उसले पहिल्यै क्षितिजमा आगो दन्केको देख्नासाथ मिल बन्द गरिसकेको थियो । तर उसले किसानलाई भने भित्र पस्ने अनुमति दिएको थियो ।”

तीमध्ये दुईजना भ्यालबाट गाउँको दृश्य हेर्दै थिए ।

आगलागी भैरहेको ठाउँमा जून ढकमक्क लागेको थियो । ती मान्छेहरूले हिउँ छिचोल्दै कतै गइरहेको मानिसको लामो ताँती देखे । हेर्ने काम सकिएपछि रेड ड्वार्फ जङ्गलमा पर्खेर बसेका अरू मान्छेलाई भेट्न तलतिर ओर्ल्यो । खेतमा चर्दै गरेका चौपाया पछि पछि लागेका चारजना सवारलाई तिनीहरूले टाढैबाट झट्टै चिनिहाले । नीलो रङको छोटो सुरुवाल र रातो अलखा पहिरेका उनीहरू एकैछिन उभिएर भारी हिमपातले टल्केको रुखमुनि पोखरीको किनार खोज्दै गए । चर्चको भन्डारेसहित तिनीहरू सबैजना कुक्रुक्क परेर बसे ।

स्पेनीहरू भेडाको बथान र चौपायालाई अघि लगाएर बरफमाथि टेकेर अघि बढ्दै थिए । भेडाहरू स्याउलाको वारमा आइपुगेपछि हरियो घाँस टिप्न थाले । त्यही मौका छोपेर कोर्नेलिजले स्याउलाको वार नाघ्यो । जूनको उज्यालोमा अरू पनि उसको पछि पछि लागे । अनि त्रिशूल र भालाले सुसज्जित भए । त्यसपछि त्यहाँ भेडा र गाईको बथानसामु भीषण नरसंहार भो जूनको उज्यालोमा ।

मान्छे र घोडा मरिसकेपछि कोर्नेलिज बलिरहेको फार्मतिर खेतैखेत दौडयो । अरू चाहिँ मृतकको शरीर नङ्ग्याउन थाले । त्यसपछि उनीहरू सबै जना भेडा र गाई लिएर गाउँ फर्के । उता स्वास्नीमान्छेहरू जो चिहानको पर्खालपछाडि लुकेर घना जङ्गलतिर आँखा बिछ्चाइरहेका थिए । पादरीको साथ लागेर जङ्गलबाट आफूतिर आइरहेको लोग्नेमान्छेलाई देख्नासाथ दौडेर भेट्न गए । उनीहरू सबै जना नाच्दै गाउँदै हँसिलो अनुहारका केटाकेटी र भुकिरहेको कुकुरको माझ आइपुगे । नासपातीको बोटमुनि बसेर उनीहरूले खुसी मनाए । जहाँ डूवार्फले कुमिसिका लागि लाल्टिन झुन्ड्याइएको थियो ।

त्यसपछि के गर्नुपर्ने हो, पादरीलाई सोधे उनीहरूले । ‘झुन्डयाइएको महिलाको शव र नौवटी फुच्ची केटीहरूलाई ल्याउन र सबैलाई गाउँ लैजान एउटा गाडा पठाउने निर्णय गरे उनीहरूले । मृत महिलाका दिदीबहिनी न्याय नातगोताका मान्छेहरू गाडामा चढे, साथै उमेरले बुढो र मोटो जिउ भएकाले पादरी मुस्किलले हिँड्न सक्थे, उनी पनि चढे । गाडा चढेर चुपचाप उनीहरू जङ्गलतिर लागे । खेतको फाँटमा पुगेपछि मृत सिपाहीहरूलाई पन । उनीहरूले नाङ्गेझार पारे मृत सिपाहीहरूलाई । रुखको माझमा टल्केको हिउँमाथि घोडाहरू उत्तानो परेर पल्टिराखेका थिए । तिनीहरू फार्मतिर अघि बढे, जुन विशाल फाँटको बिचमा अझै दनदनी बलिराखेको थियो ।

बलिराखेको घरको बगैँचामा पुगेपछि उनीहरूले एकछिन बगैँचाको ढोकामा उभिएर त्रासदीतिर आँखा लगाए । कोर्नेलिज स्वास्नीलाई नाङ्गेझार
पारेर झुन्डयाइराखेको थियो । विशाल कटुसको रुखको हाँगामा भर्याङ लगाएर ऊ आफैँ रुख चढ्यो, तल उसका नौवटी स-साना छोरीहरू चउरमा बसेर आमाको प्रतीक्षा गरिरहेका थिए । कोर्नेलिज हाँगा समात्दै रुख चढ्यो । रुखबाट तल हेर्दा आफैँलाई हेरिरहेको भिड देख्यो उसले  रुँदै उसले सहयोगको लागि सङ्केत गर्यो । मानिसहरू बगैँचाभित्र पसेर चर्चको भन्डारे रेड डवार्फ, ब्लु लायन र गोल्डेन सनको भट्टीपसले, हातमा लाल्टिन बोकेको पादरी लगायत अन्य थुप्रै किसानहरू तल झर्न हिउँले ढाकेको कटुसको रुखमा चढे । रुखको फेदमा बसेका स्वास्नीमान्छेहरूले मृत शरीरलाई आफ्नो पाखुरामा थामे  मानौँ उनीहरूले जिसस क्राइस्टलाई पाएका थिए ।

भोलिपल्ट ती महिलाको शव गाडियो । अर्को एकहप्तासम्म नाजारेथमा त्यस्तो कुनै अप्रिय घटना घटेन तर अर्को आइतवार हाइमासर लगत्तै गाउँमा भोका ब्वाँसाहरू घुम्न थाले अनि दिउँसो अबेरसम्म हिउँ परिरह्यो । त्यसपछि बल्ल घाम देखापर्यो आकाशमा, अनि किसानहरू सदाझौँ डिनरका लागि घरतिर लागे । त्यसपछि आशीर्वादका लागि लुगा लगाएर ठिक परे । जाडाले त्यति बेला कोही पनि बाहिर चोकमा निस्किँदैनथे । रुखको माझ खालि कुकुर र कुखुराहरू मात्रै कहिले यता कहिले उता डुलिहिँडेका देखिन्थे । तीनकुने घाँस मैदानमा भेडाहरू चरेको देखिन्थ्यो । भन्डारेका नोकर्नीले बगैँचामा हिउँ बढारी ।

त्यसपछि त्यस जत्थाको एउटा टुकडी गाउँको पल्लो छेउमा थापेको ढुङ्गाको फड्के तर्दै गरेको देखियो । त्यो टुकडी बगैँचामा आएर अडियो । केही किसानहरू घरबाट बाहिर निस्के, तर आतङ्कित हुँदै हतारसँग फर्किहाले । उनीहरूलाई थाहा भो ती घोडचढीहरू स्पेनी रहेछन्‌, अनि के हुन लागेको हो हेर्न भयालमा उभिए । हतियारले सुसज्जित तिसजना घोडचढीहरू देखापरे । सेताम्मे दारी फुलेका एक जना बुढा मान्छेलाई घेरे उनीहरूले । हरेक घोडचढीका साथमा रातो वा पहँलो पोसाक लगाएका एक जना पैदल सिपाही थियो । घोडाबाट ओर्लेर उनीहरू आफ्नो जिउ तताउन हिउँमाथि कुद्न थाले भने अन्य कयौँ हतियारधारी सिपाहीहरू पनि घोडाबाट ओर्लिन थाले । ती घोडचढी सिपाहीहरूले गोल्डेन सनको बाटो सोझ्याइ अनि भट्टीको ढोका खुल्यो । स्पेनीहरू भित्र यस अगेनाको छेउमा बसेर आगो ताप्न थाले, उनीहरूले रक्सी मागे । आफ्ना साथीका लागि भनेर रोटी, भाँडाकुँडा बोकेर उनीहरू भट्टीबाट हिँडे । दारी फुलेका ती बुढा भने सिपाहीको माझमा उभिइराखे, सडक अझै सुनसान भएकाले गाउँको रक्षार्थ भन्दै घरपछाडि सिपाही पठायो । उसले दुई वर्षभन्दा कम उमेरका भएजित सबै बालबालिका आफूसामु उपस्थित गराउन पैदल सिपाहीलाई आदेश दियो । गस्पेल अफ सैन्ट म्याथ्युमा लेखे वमोजिम ऊ बालबालिकाको हत्या गर्न चाहन्थ्यो ।

सबैभन्दा पहिले तिनीहरू ग्रीन क्याबेज नामको भट्टी र झुपडीमा गए । गल्लीको मध्य भागमा सँगसँगै भट्टी र झुपडी थियो । तिनीहरूमध्ये एक जनाले सुँगुरको खोरको ढोका खोलिदिइसकेकाले सुँगुरको वथान उम्केर गाउँभरि डुल्न थाल्यो । भट्टिपसले र नाइकेले आ-आफ्नो घरबाट बाहिर सिपाहीसित के चाहिएको हो, विनम्रतापूर्वक सोधे तर स्पेनीहरूले फेमिस बुझेनन्‌ । उनीहरू सिध्यै बालबलिकाको खोजीमा जबरजस्ती घरभित्र घुसे । भट्टीपसलेको एक्लो छोरो कमिज लगाएर डिनर टेबुलमा वसेर कराइरहेको थियो । एक जना सिपाहीले उसको हात समातेर स्याउको रुखमुनि लिएर ती पैदल सिपाहीले पीपा बनाउने मान्छेको लोहारको अनि सार्कीको गोठ जर्बजस्ती खोलिदिए । भएजति गाईबाच्छा भेडा, सुँगुर, गधा, बाखा चोकमा बुरुक्क उफ्रन थाले । जब उनीहरूले सिकर्मीको घरको झ्याल फोरे, तब प्यारिसका थुप्रै धनी र वृद्ध किसानहरू सडकमा ओर्ले। स्पेनीहरूतर्फ अगाडि मखमलको लुगा लगाएको प्रमुख सामु सम्मानस्वरूप ह्याट फुकाले उनीहरूले । के गर्न खोजेका हुन् भनी सोध्दा उनले उनीहरूको भाषा बुझेनन् । उनीहरूमध्ये एकजना पादरी लिन गयो । पादरी प्रार्थना सभामा जान ठिक परेका रहेछन्‌ । त्यसका लागि पोसाक फेर्दै कोठामा चुकुल लगाउँदै रहेछन्‌ । किसानहरू चिच्याउन थाले, स्पैनीहरू कौसीभित्र छिरिसकेको आतङ्कित पादरी चर्चको ढोकातर्फ दौडे । गायक मन्डलीका केटाहरू हातमा धुपौरो र मैनबत्ती बोकेर उनको पछि पछि लागे । ढोकाबाट पादरीले गोठबाट छाडिएका गाईबस्तु लगायत जनावरहरू हिउँ र घाँसमाथि उफ्रिराखेको देखे । स्पेनी घोडचढी पैदल सिपाही घरको ढोकैअगाडि उभिराखेका, सडकछेउका रुखमा घोडाहरू बाँधिराखेको, महिला र पुरुष अझै कमिज लगाइराखेको बच्चा छाडिदिन सिपाहीसामु अनुनय- बिनय गरिरहेका थिए । पादरी हतार-हतार कब्रिस्तारनतिर लागे, किसानहरू उनीतिर बडो चिन्ताग्रस्त मुद्रामा फर्के । उनको पुजारी जो सुनका गहनाले छपक्क छोपेको भगवानै प्रकट भएजस्तो लाग्यो उनीहरूलाई । सेताम्मे दारी फुलेको मान्छे अगाडि उभिँदा उनलाई किसानहरू ठेलेर उनलाई छुन खोज्थे । उनी फेमिस र ल्याटिन दुवै भाषा बुझ्थे तर अफिसरले भाषा नबुझेको सङ्केत दिन कुम उचाल्यो ।

चर्चको इलाकाभित्र बस्नेहरूले पादरीलाई मसिनो स्वरमा सोधे, “अफिसर के भन्छ ? उ के चाहन्छ ?” अरू मान्छेहरू पादरीलाई बगैँचामा देख्नासाथ आ-आफ्नो झुपडीबाट बडो होसियापूर्वक बाहिर निस्के, अनि महिलाहरू पनि हतार-हतार नजिकै आइपुगे । त्यसपछि उनीहरू स-साना समूहमा भेला भएर कानेखुसी गर्न थाले एकापसमा । उता भट्टीलाई घेरा हालेर बसेका सिपाहीहरू चोकमा भिड जम्मा भएको देखेर फेरि बाहिर निस्के । जसले भट्टीपसलेको बच्चालाई एउटा खुट्टाले समातिराखेको थियो, उसले तरवारको एकै छप्कामा टाउको छिनायो । किसानहरूले उसको टाउको शरीरबाट छुट्टिएर भुँइमा खसेको देखे । शरीरबाट रगत भलभल्ती बगेर भुइँमा भरिएको थियो । उसकी आमा छोराको टाउकोबिनाको लास बोकेर घरतिर दौडी । बाटोमा रुखमा अल्झेर हिउँमा पछारिन पुगी, अनि बेहोस भई । उता बानु चाहिँ दुईजना
सिपाहीसित सङ्घर्ष गर्दैथ्यो ।

केही युवा कृषकहरू स्पेनीहरूलाई ढुङ्गामुढा गर्न थाले, तर सिपाहीहरू एकजुट भई भाला झिक्न थालेपछि महिलाहरू डरले तितरबितर भए । त्यति नै बेला चर्चको इलाकाभित्र बस्ने मान्छेसँगसँगै भेडा, कुकुर र हाँसको आवाजसितै डरले चिच्याउन थाले पादरी पनि । सिपाहीहरू सडकमा ओर्लेपछि तिनीहरू फेरि धुप लागे अब के हुने हौँ त्यसैको प्रतीक्षामा थिए उनीहरू । एउटा समूह भन्डारेका बहिनीको पसलतिर लाग्यो । सातजना महिलालाई नछोईकन बाहिर आए, जो भित्र घुँडा टेकेर प्रार्थना गर्दै थिए । त्यसपछि उनीहरू सेन्ट निकोलसको हन्च ब्याकको भट्टीभित्र छिरे । उनीहरूलाई शान्त पार्ने आशामा त्यहाँपनि ढोकाहरू तत्काल खुले तर भीषण कोलाहलबिच जब उनीहरू देखापरे उनीहरूले तीनवटा बच्चालाई काखी च्यापे, उनीहरू हन्च ब्याक उसकी स्वास्नी र छोराहरूबाट घेरिए । हात जोडेर दयाको भिख माग्दै थिए । जब सिपाहीहरू आफ्ना नेताकहाँ आइपुगे अल्मस बंशीको फेदमा बच्चाहरूलाई सुताइदिए । सबै बच्चा आइतवारको ड्रेसमा थिए । तीमध्ये एक जना जो पहेँलो ड्रेसमा थियो उ खुट्टा लर्खराउँदै भेज भए ठाउँतिर लाग्यो । एक जना सिपाही नाङ्गो तरवार लिएर पछि पछि लाग्यो । बिचरा त्यो बच्चा घोसे मुन्टो लाएर मर्यो, अरूलाई रुखको छेउमा लगेर मारियो । किसान र भट्टीपसलेका छोरीहरू चिच्याउँदै घरतिर भागे । बगैँचामा एक्लै बसेको पादरी घुँडा टेकेर, नरम स्वरमा छातीमा हात राख्दै, एकएक गरेर स्पेनीहरूकासामु ‘फुक्दै उता मारिएका बच्चाका बाबुआमा हिउँनजिक बसेर मासु र छाला लुछिएको मृत शरीरमाथि निहुरिए, उनी क्वाँक्वाँ रोईराखेका थिए । सडकमा हिँड्दै गर्दा पैदल सिपाहीहरूले निलो रङको एउटा ठुलो फार्महाउस (कटेरो) देखे । उनीहरू जबरजस्ती घुस्न खोज्दै थिए तर फलाटको ढोकामा ठुला ठुला कीला ठोकिएको हुनाले घुस्न सकेनन्‌ । तसर्थ उनीहरूले पोखरीको छेउमा थुपारिराखेको ढुङ्गाको सहायताले दोस्रो तलाको झ्यालबाट भित्र पसे ।

त्यस घरमा चाड (कूर्मिस) थियो त्यो दिन । पाहुनाहरू टन्नै थिए । केक कस्टर्ड र सुँगुरको सपेटाको भोज चिलराखेको थियो । भ्याल फोरेको आवाज सुन्नासाथ डरले टेबुलपछाडि एकैठाउँमा डल्लो परे सबै जना टेबलभरि भाँडाकूँडा र जग त्यतिकै छरपस्ट थियो । ती सिपाहीहरू भान्सा कोठामा पसे । भयङ्कर कुस्ताकुस्ती पर्यो, धेरै मान्छे सख्त घाइते भए । ती निर्दयी सिपाहीहरूले भएजति स-साना केटाकेटीलाई कब्जामा लिए, अनि एउटा फुच्चे नोकर जसले सिपाहीको बुढीऔँला भाँच्चिने गरी पिटेको थियो, आफूलाई कसैले नपछ्याओस्‌ भनेर ड्याम्म ढोका लाएर घरबाट भाग्यो, जसको बच्चाबच्ची थिएन । उनीहरू बडो होसियारीपूर्वक घरबाट निस्के अनि निकै परसम्म सिपाहीहरूको पछि पछि लागे । कब्जामा लिइएका बालबालिकालाई ती सिपाहीहरूले बुढो मान्छेका अगाडि भुइँमा फालेको देखियो । त्यतिमात्र होइन बडो निर्दयतापूर्वक भाला र तरबारले बिचरी ती निर्दोष- बालबालिकाको हत्या गरेको समेत देख्नुपत्यो उनीहरूले । यसैबिच धनसार र निलो फार्म आकाशतिर त उठाउँदै सराप्दै जङ्गलका बिचमा भुइँमा खनि चार बालबालिकाको गुलाना रातो र सेतो रङको लुगाहरू बडो गहिरोसँग हेरे । त्यसपछि ती निर्दयी सिपाहीहरूले हाफ मुन नामको भट्टीबाट कब्जामा लिएको नोकरलाईइ झुन्डयाएर मारे सडकको पारिपट्टि लगेर । गाउँमा निकै लामो समयसम्म मुर्दा शान्त छाया । आम नरसंहार सामान्य भैसकेको थियो । गाउँमा आमाहरू घरबाट भागे शान्त ठाउँको खोजीमा । उनीहरू सागवारी र बगैँचाको बाटो हुँदै भाग्ने कोसिस गर्दै थिए, तर घोडचढी सिपाहीहरू पछि पछि लागिहाले । फेरि उनीहरूलाई सडकमै फर्काएर ल्याइयो । हातमा टोपी च्याप्प समातिराखेका किसानहरूले सिपाहीसामु घुँडा टेके । जसले उनीहरूका स-साना बालबालिकालाई जबरजस्ती घिसारेका थिए । हुलदङ्गाविच कुकुरहरू चाहिँ खुब खुसी भएर भुक्दै थिए । आकाशतर्फ हात उठाउँदै पादरी चाहिँ घरैपिच्छे हतार हतार दौडिराखेको, सहिदले जस्तो घोर निराशामा प्रार्थना गर्दै जाडोमा लुगलुग काम्दै गरेका सिपाही बाटोमा हिँड्दै कि त हातले सुइय पार्थे, कित खल्तीमा हात हालेर ठिङ्ग उभिन्थे । कसैको घरभित्र पस्नु छ भने पाखुरामुनि तरवार लट्काउँये । जताततै स-साना समूहका किसानहरू भयभीत भएको देख्दा, फार्म हाउसभित्र किसानहरू पसेको देख्दा सबैतिर उस्तै खालको परिदृश्य झल्किन्थ्यो । बगैँचेकी स्वास्नी जो चर्च नजिकै गुलाबी रङको टायलले छाएको झुपडीमा बस्थी, ठेलागाडामा आफ्नो छोराछोरी बोकेर हिँडिरहेको दुईजना सिपाहीको पछि पछि लागी कुर्सी बोकेरै । आफ्ना छोराछोरी मरेको देख्दा र सिकिस्त बिरामी भई अनि उसलाई जवरजस्ती रुखमा अडेस लगाएर कुर्सीमाथि बसाइयो ।

अरू सिपाहीहरू हल्का गुलाबी निलो रङ पोतिएको फार्म हाउससामु रहेको कागतीको रुखमाथि चढे । अनि टायल झिकेर भित्र छिरे, जब तिनीहरू छानामा पुनः देखापरे, सिपाहीहरूले नलखेटुन्जेल लामो हात भएका किसानहरूले थाले । राम्रोसित एकअर्कालाई झुक्याउन र सडकमा पाहीहरूले उनीहरूको टाउकामा तरवारले हिर्काउन आवश्यक  ठाने । एउटा परिवार ठुलो घरको छिँडी तहखानामा लुकेर बसेको थियो । तगारोमा उभिएर नराम्रोसित अलापबिलाप गर्न थाल्यो । बुबाचाहिँले पागल जस्तै भएर तगारोबाटै आफ्नो काँडादार चसच्चो लठ्ठि प्रदर्शन गर्यो । बाहिर एउटा तालुखुइले बुढो मलको थुप्रोमाथि बसेर एक्लै सुँक्कसुँक्क गरिरहेको थियो । चोकमा पहेँलो लुगा लगाएकी एउटी महिला बेहोस भएकी थिई, नासपातीको रुखमा अडेस लागेको उसको लोग्ने चाहिँ रुँदै आफ्नी स्वास्नीलाई काखी च्यापिराखेको थियो ।

रातो लुगा लगाएकी अर्की महिला चाहिँ आफ्नी सानी छोरीलाई च्याप्प समातेर बसेकी थिई, जसको हात काटिएको थियो अनि उसले हिँड्न सक्छे कि सक्दिन भनेर जाँच्नका लागि छोरीको पाखुरा उचाली । अर्की महिला अझ खुला गाउँतिर भाग्दै थिई । सिपाहीहरूले उसलाई परालको कुन्युसम्म लखेटदै लगे । ती परालका कुन्युहरू हिउँले ढाकेको खेतमा लगाइएको थियो ।

फोर सन्स अफ आयामन अघि अव्यवस्था व्याप्त भो । किसानहरूले छेकवार लगाएकाले भट्टीलाई घेरा हालेर बसेका सिपाहीहरू भित्र पस्न सकेनन्‌ । उनीहरू लहराको सहायताले साइनबोर्डसम्म पुग्न खोज्दै थिए । त्यसै बेला उनीहरूले बगैँचाको ढोका पछाडि एउटा भर्याङ देखे । भर्याङ भित्तामा ठडयाएर एकपछि अर्को गर्दै नाप्न थाले । तर घरमुली र उसको परिवार झ्यालबाट ती सिपाहीहरू माथि टेबुल-कुर्सी माटाका भाँडा र कोक्रो खसाल्न थाले, ताकि भर्याङ चढेर सिपाहीहरू माथि उक्लिन नसकुन्‌ ।

काठले निर्मित झुपडीमा एक जना बुढी महिला आफ्ना छोराछोरी अँगेनाको छेउको टेबलमा टब दिँदै थिइन्‌ । ती वृद्ध कान सुन्दिनथिन्‌ कतिखेर ती सिपाहीहरू भित्र पसे थाहा पाइनन्‌ । दुईजना सिपाहीले बच्चैसहितको टब बोकेर हिँडे उता सिपाहीको हर्कतबाट जिल्ल परेकी ती वृद्ध महिला बिचको लुगासहित सिपाहीको पछि पछि दौडिन्‌ । गाउँबाहिर उनले रगतको छिटा बगैँचामा तरवार, खुला सडकमा छरपस्ट भाँच्चिएको कोक्राहरू देखिन्‌ । आफ्ना बच्चाहरूको शोकमा महिलाहरू पाखुरा सुर्किँदै पुकार गरिरहेका देखिन्थे । चिच्याउँदै सिपाहीहरूमाथि आक्रमण गर्न थाले । आफ्नो सुरक्षार्थ उनीहरूले टबै छाडेर हिँड्नुपर्यो ।

पादरी उनी भएको ठाउँ दौडेर आइपुगे । उनको हात अझै बाँधिएको थियो । टबमा चिच्याउँदै गरेका नाङ्गा केटाकेटीसामु स्पेनीहरू दयाको भीख माग्दै थिए । अरू सिपाहीहरू पनि आइपुगे । ती व्याकुल आमालाई रुखमा बाँधिराखेकी बच्चाहरू लिएर हिँडे ।

एउटा कसाही सानी छोरीलाई कतै लुकाइराखेर पूरै बेपर्बाहसित पसल अगाडिको भित्तामा अडेस लागेर उभिइराखेको थियो । पैदलयात्री र सशस्त्र घोडचढी उसको घरभित्र पसे अनि तामाको भाँडोमा लुकाइराखेको बच्चिलार्इ फेला पारिहाले । त्यो कसाही पागल जस्तो भएर चक्कु हातमा लियो अनि बच्चाको खोजीमा दौडयो तर सिपाहीहरूले उसको चक्कु खोसेर निशस्त्र पारिदिए अनि हातमा अङकुश लगाएर पर्खालमाथि झुन्डयाए जहाँ ऊ आफ्नो जिउ बढार्दै लात्ताले हान्दै साँझैसम्म मरेका जनावरमाझ बसिरर्यो । फार्म हाउससामु रहेको कब्रिस्तान वरिपरि सर्वसाधारण भेला भए। फार्म हाउसको मालिक ढोकामा उभिएर औधी नराम्रोसित रोयो । ऊ निकै मोटो, प्रशन्न मुद्रामा रहिरहने खालको मान्छे थियो । उसको रुवाइले केही  सिपाहीहरूको मन पग्ल्यो, जो पर्खालनजिकै कुकुरलाई समसुम्याउदै घाम तापेर बसिराखेको थियो । उसको बच्चा लिएर जाँदै गरेको सिपाहीले उसले भन्न खोजेको के हो, प्रस्ट पार्न आग्रह गर्यो । “म के नै गर्न सक्छु र ? मलाई दोष नदिनू ।
एउटा किसान जसलाई सिपाहीहरूले पिछा गरेकागर्यै थिए, फड्के नजिक रहेको ढुङ्गामाथि हाम फाल्यो अनि स्वास्नी र छोराछोरी सहित जमेको पोखरीमा छिटो छिटो डुङगा खियाउँदै गयो । स्पेनीहरू जसले पछ्याउने आँट गरेनन्‌ रिसले मुर्मुरिँदै पोखरीको तटमा रहेको नर्कटघारी हुँदै अगाडि बढे । तलाउको किनारमा रहेको बैसको रुखमा चढे उनीहरू । हातमा भाला बोकेका ती सिपाहीहरू डुङ्गा भेट्न खोज्दै थिए, डुङ्गा भेट्न नसकेपछि भगुवाहरूलाई तर्साउने काम जारी राखे, जो कालो पानीमा बिस्तारै तैरिँदै थिए । बगैँचामा अझै मान्छेको भिड लागिराखेको थियो । यो त्यही ठाउँ थियो जहाँ सेताम्मे दाह्वी फुलेका कमान्डर अफिसरको उपस्थितिमा अधिकांश बालबालिकाहरूको हत्या गरिँदै थियो । दुई वर्षमाथिका केटाकेटीहरू जो टुकुटुकु हिँड्न सक्थे । सँगसगै उभिएर रोटी र जाम चपाउँदै थिए, उनीहरू बिस्फरित नजरले ट्वाल्ल पर्दै आफ्ना निरीह साथीहरूको हत्या भएको हेर्दै थिए भने कोही कोही केटाकेटीहरू चाहिँ मुरली बजाई हिँड्ने गवार गाउँले केटाको वरिपरि झुम्मेका देखिन्थे । अनपेक्षित रूपमा गाउँमा संयुक्त गतिविधि सन्चालित भयो, अनि सडकको पल्लो छेउमा रहेका अग्लो स्थानमा अवस्थित कोट घरको बाटो तताए किसानहरूले । उनीहरूले प्राचीरमा उभिएर भीषण नरसंहार हेरिरहेको आफ्नो मालिक (प्रभु) लाई देखेका थिए । महिला, पुरुष, युवा, वृद्ध सबैले मखमलको लबेदा र सुनको टोपी लगाएका स्वर्गको राजा जस्तो देखिने आफ्नो र मालिक(प्रभु) अनुनय-विनय गर्दै हात फिँजाए । आफु शक्तिहीन भएको देखाउन उनले खालि आफ्नो हात उठाए, कुम हल्लाए । जति बेला मनिसहरूले घोर निराशाका बिच जाडोमा मुड्लो टाउको निहुराउँदै दयनीय स्वरमा चिच्याउँदै अनुनय-बिनय गरेका थिए । उनी बिस्तारै आफ्नो टावरतर्फ फर्के । यसरी उनीहरूको अन्तिम आशाको त्यान्द्रो पनि चुँडियो ।

भएजित बालबालिका मारिसकेपछि थकाइले लखतरान भएका सिपाहीहरूले रगतले लतपत भएको तरवार घाँसमा पुछे अनि नासपातीको रुखको माझमा बसेर खाना खाए । त्यसपछि जोडी जोडी भएर जुन पुल तरेर आएका थिए त्यही पुल तरेर नाजारेथबाट बाहिरिए । अस्ताउँदो सूर्यले जड्गललाई प्रज्वलित पिन्डमा परिणत गरिदियो । गाउँलाई रातोले रङ्ग्याइदियो । थकाइले लखतरान भएको पादरी चर्चसामु आफैँ भक्लक्क लडे । उनको नोकर छेवैमा उभिराखेको थियो । दुवैले सडक र बगैँचातिर आँखा लगाए, जुन आइतवारको ड्रेस लगाएका किसानहरूले खचाखच भरिएको थियो । थुप्रै घरका प्रवेशद्वार अगाडि बाबुआमा मारिएका छोराछोरीको लास काखमा लिएर बसिराखेका थिए । अझै पूरा आश्चर्यमा परेका बाबुआमाहरू असह्य त्रासदीउपर अलापबिलाप गरिरहेका थिए । अरू पनि पिपाको छेउमा ठेलागाडामुनि अथवा तलाउको छेउमा जहाँ-जहाँ आफ्ना नानीबाबु मारिएका थिए त्यहीँ बसेर रोइरहेका थिए । अरू चाहिँ छोराछोरीको लास बोकेर चुपचाप हिँडे । कोहीकोही चाहिँ बेन्च, कुर्सी, टेबुल रगत लतपतिएको भित्री लुगा धोइपखाली गर्न थाले । सडकमा फालिएका कोक्रो समेल्न थाले, धेरै आमाहरू आफ्ना मरेका छोराछोरी सम्झेर बिलौना गरिरहेका थिए, रुखमुनि बसेर उनीहरूको लुगाले नै आ-आफ्ना छोराछोरी चिने । जसका बच्चा थिएनन्‌, उनीहरू चोकमा भौतारिँदै शोक-विह्वल आमाहरूको छेउमा अडिँदै बिलौना गर्दै सुँक्कसुँकंक रुन थाले । रोइकराइ गर्न छाडेका लोग्नेमान्छेहरू चाहिँ निकै हठी पाराले कुकुर साथमा लिएर छाडा पशु लखेट्न थाले । अरू कोही चाहिँ भाँचिएका झ्याल र क्षतिग्रस्त छाना मर्मत गर्नतिर लागे । शान्त र सुनसान आकाशमा जुन झुल्किएसँगै गाउँमा मुर्दाशान्ति छायो जहाँ निर्जीव वस्तुको छायाँ चलमलाउन थाल्यो ।

प्रतिक्रिया
Loading...