परिच्छेद ६

रोस्तोभ परिवारले निकोलासको खबर नपाएको धेरै भएको थियो । शिशिर ऋतुको मध्यतिर नआइपुगुन्जेल केही खबर भएन । जब काउन्टको हातमा उनको छोराले लेखेको पत्र पर्यो, उनी सुटुक्क अध्ययनकक्षमा पसे र हतारमा अरू कसैले थाहा पाउने हुन्‌ कि भन्दै कोठाको ढोका बन्द गरेर पत्र पढ्न थाले ।

अन्ना मिखायलोभ्ना पनि पत्र आएको कुरा सुन्नासाथ कोठामा सुटुक्क पुगी । उसलाई त्यस घरमा हुने गरेका सबै कुरा थाहा हुनै पर्थ्यो । कोठामा पुग्दा काउन्ट हातमा पत्र लिएर घरी हाँस्ने र घरी रुने गर्दै थिए ।
अन्ना मिखायलोभ्ना, हुन त उसको परिस्थितिमा सुधार भइसकेको थियो, अझ रोस्तोभ परिवारमै बस्दै थिई ।

“प्रिय मित्र ” खबर जस्तोसुकै भए पनि उसलाई सान्त्वना दिन तयार भएर उसले करुणाजनक भावमा भनी ।
उसको सान्निध्य पाएर काउन्ट झन्‌ बढी रुन थाले ।

“निकोलेनका .. एउटा चिठी… घा… घाइते … मेरो प्यारो छोरो …. काउन्टेस…अफिसरमा पदोन्नति… ईश्वरलाई धन्यवाद !… अब काउन्टेसलाई कसरी सुनाउने !”

अन्ना मिखायलोभ्नाले उसकै छेउमा बसेर आफ्नो रुमाल निकालेर आँसु पुछि दिई । चिठीमा परेको आँसु पनि पुछी। आफ्नै आँखाको आँसु पनि पुछ्नेर ओभानो पार्दै
उसले काउन्टलाई सान्त्वना दिई । उसले खाना खाने र चिया खाने बेलासम्ममा ऊ काउन्टेसलाई समाचार सुन्न तयार पारिसक्ने र चिया खाइसकेपछि, ईश्वरका कृपाले उसलाई त्यसबारे बताउने निर्णय गरी । खाना खाने बखतमा अन्ना मिखायलोभ्ना सम्पूर्ण समय युद्धको समाचार र निकोलेनकाको विषयमा मात्रै बोलिरही । उसको पछिल्लो पत्र कहिले आएको थियो भनेर उसले दुई पल्ट सोधी, जो उसलाई थाहा भएकै कुरा थियो । र, त्यस दिन उनीहरूले ,उसको एउटा चिठी आजै पाउनु, पर्ने कुरा पनि जोडी । प्रत्येक पल्ट यी प्रसङ्ग उठ्नेबित्तिकै काउन्टेस भने विशेष चिन्तित मुद्रामा श्रीमान्‌ काउन्ट तथा अन्ना मिखायलोभ्नातिर हेर्न थाली । यो बुझेर मिखायलोभ्ना कुशलतापूर्वक कुराको प्रसङ्ग अन्तै मोडेर ससाना महत्त्वहीन कुरा निकाल्न थाली । परिवारकी सबैभन्दा बाठी छोरी नताशा मानिसको हाउभाउ, कुराको प्रसङ्ग, स्वरको उतारचढाव आदिबाट बहुत चाँडो स्थिति आंकलन गर्न सक्तथी । आज पनि यसरी मिखायलोभ्नाले कुरा तिकाल्तुको आसय पक्कै पनि उसका बुबा र मिखायलोभ्नाका बीचमा केही गम्भीर कुरा भएको हुनु पर्छ भनेर उसका कान सुरुदेखि नै ठाडा भइसकेका थिए । र, उसलाई पक्कै पनि उसको दाजु निकोलास (माया गरेर निकोलेन्का पनि भनिन्थ्यो) कै बारेमा हुनु पर्छ र त्यही कुरा उद्घाटन गर्न मिखायलोभ्ना त्यसप्रकार तयारी गरिरहेकी हुनु पर्छ भन्ने उसलाई स्पष्ट भइसकेको थियो । नताशा निडर पनि थिई तर आफ्नी आमा कति संवेदनशील छन्‌, खास गरी निकोलेन्काका सम्बन्धमा, भन्ने पनि राम्ररी बुझेकी हुँदा खाना खाने क्रममा त्यस सम्बन्धमा कुनै प्रश्न सोधिहाल्ने आँट गरिन तर त्यस कुराको उत्तेजनाका कारण आफूले पनि खाना खान सकिन । ऊ आफ्नी गुरुमा को खबरदारीको पनि वास्ता नगरी कुर्सीमै यता र उति हल्ली रही, खाना खाइसक्नासाथ अन्ना मिखायलोभ्नाका कोठामा हान्निएर पसी र, बस्न नभ्याउँदै उसको घाँटीमा झुण्डिई ।

“अन्टी, प्यारी अन्टी, मलाई भन्नुहोस्‌, अहिल्यै भन्नुहोस्‌, कुरो के हो ?”

“त्यस्तो केही होइन, नानी !”

“अहँ ! मेरी सबभन्दा प्यारी अन्टी, सबभन्दा जाती अन्टी- म त्यत्तिकै मान्ने अवस्थामा छैन । मलाई थाहा छ तपाईंले केही कुरा थाहा पाउनु भएको छ ।”

अन्ना मिखायलोभ्नाको अनुहारमा आँखा गाडेर उसले भनी, “निकोलेन्काको चिट्ठी होला, हो ?” उसले उसका आँखाका अभिव्यक्तिबाट पुष्टि गराउन खोजी ।

“तर भगवानको लागि होस गर नताशा, तिम्री आमामाथि यसको कस्तो असर पर्ला, थाहा छ !”

“हवस्‌ ! हवस्‌ ! म पूरा सतर्कता अपनाउने छु । तपाईं मलाई बताउनु होस्‌ मात्र, म गएर तुरुन्तै भनिहाल्नेछु ।”

थोरै शब्दमै भए पनि मिखायलोभ्नाले पत्रको सारांश नबताई सुखै पाइन, तर नताशाले कसैलाई पनि नभन्ने एउटा शर्तमा ।

“अहँ, म कसैलाई भन्दिनँ, वचन भयो, विद्या कसम !” नताशाले आफ्ना छातीमा क्रस पारेर औँला घुसाउँदै भनी र भनिनसक्तै सोन्या भएतिर कुदी ।

खुसीले भुइँमा न भाँडामा हुँदै ऊ सोन्यालाई देख्नेबित्तिकै कराई,” निकोलेन्का….घाइते….. उसको चिट्ठी …!”

“निकोलास ?” अचानक…आत्तिएर…फुस्री… हुँदै…सोन्याले भनी ।

नताशा झसङ्ग भई । उसको दाजु घाइते भएको खबरले पारेको प्रभाव देखेर बल्ल पहिलो पल्ट उसलाई त्यस समाचारको गम्भीरता बोध भयो, त्यसको चिन्ताजनक पक्ष थाहा भयो ।
ऊ सोन्यालाई अङ्गालो मार्न पुगी र रुन थाली ।
आँसु झार्दा-झार्दा ऊ भन्दै पनि गई “सानै चोट लागेको रे । तर उहाँको अफिसमा बढुवा भएको छ रे । अहिले उहाँलाई ठीक छ रे । उहाँले आफ्नै हातले चिठी लेख्नुभएको रहेछ ।”

“ल हेर त तपाईं, सबै आइमाईहरू भनेका रुन्चे हो, रुन्चे बालक !” लामा र दद्दा फड्का मारेर कोठामा ओहोरदोहोर गर्दै पेत्याले टिप्पणी गर्यो ।

“आज भने मलाई खुसी लाग्यो । बल्ल दाइले आफूलाई विशेष रूपमा अलग तुल्याउनु भयो । तपाईंहरू सबै रुन्चे हो, केही नबुझ्ने !” नताशा रोएकै अनुहारमा हाँसी। .

“तिमीले चिठी त पढेको छैन नि, छ त ?” सोन्याले सोधी । “कुरा सकियो, उहाँ अफिसर भइसक्नु भएको छ ?”

“बथ्वन्य ईश्वर !” छातीमा क्रस बनाउँदै सोन्याले भनी, “तर उहाँले गफ लगाएको पनि हुन सम्छ । आउनोस्‌ सबै जना आमाकहाँ जाऔँ !”

पेत्या एकछिन मौन मुद्रामा कोठामा ओहोरदोहोर गरिरह्यो ।

“यदि म निकोलेन्काको ठाउँमा हुँदो हुँ त अरू धेरै फ्रान्सेलीलाई मार्ने थिएँ,” उसले भन्यो । “कस्ता जङ्गली छन्‌ तिनीहरू ! म भए यति जनालाई मारिदिने थिएँ कि लासको
एउटा ठूलो थुप्रो हुने थियो ।”

“मुख सम्भालेर बोल्‌, पेत्या ! क्या डरपोक !”

“म होइन डरपोक । डरपोक त उतीहरू हुन्‌ त्यस्ता सिँगाने कुरामा पनि पिलपिल गर्न थाल्छन्‌,” पेत्याले भन्यो ।

“तँ उसलाई सम्भझिन्छस्‌ ?” एकछिनको मौनतापछि नताशाले अचानक सोधी । त्यो सुनेर सोन्या मुस्कुराई ।

“के, म निकोलासलाई सम्झिन्छु ?”

“होइन, होइन सोन्या । तर के तिमी उसलाई सम्पूर्ण रूपमा सम्झिनका लागि सम्झिन्छयौ, प्रत्येक कुरा सम्झिन्छ्यौ ?” नताशाले भनी, उसले यस्तो प्रकारले भनी, लाग्थ्यो ऊ स्पष्टतः आफ्ना शब्दलाई विशेष अर्थ भएको साङ्केतिक अभिव्यक्ति दिन चाहन्थी । म पनि सम्झिन्छु निकोलेन्कालाई, म राम्ररी नै सम्झिन्छु उसलाई,” उसले थपी, “तर म बोरिसलाई भने सम्झिन्नँ, म उसलाई अलिकति पनि सम्झिन्नँ ।”

“के रे? तिमी बोरिसलाई सम्झिन्नौ ?” सोन्या आश्चर्य मान्दै कराई । म उसलाई सम्झिदै सम्झिन्न भन्ने त होइन, ऊ कस्तो छ भन्ने कुरा मलाई थाहा छ । तर निकोलेन्कालाई सम्झिएजस्तो होइन, उसलाई त म आँखा चिम्म गर्दा पनि देखिरहन्छु तर बोरिसलाई ! अहँ, (ऊ आँखा चिम्लिन्छे) खोइ ! केही त देखिँदैन !”

“ओहो, नताशा !” सोन्याले हृदयदेखि नै प्रसन्न भएर आफ्नो साथीलाई भनी । मानौँ उसले भन्न खोजेको कुरा सुन्ने योग्य छ भन्ने ठान्दिनथी, मानौं यो कुरा उसले अरू कसैसँग गएरहेकी थिई, जोसँग जिस्किने बट्टा गर्ने प्रश्नै आउँदैनथ्यो, “म त तिम्रो दाइको प्रेममा परिसकेकी छु सदासदाका लागि र उसलाई जेसुकै भए पनि वा मलाई भए पनि, म बाँचुन्जेल उसलाई प्रेम नगरी रहन सक्तिनँ ।”

नताशाले सोन्यालाई छक्क परेर प्रश्नवाचक नजरले हेरी तर केही भन्न सकिन । उसलाई लाग्यो- सोन्या साँचो बोलिरहेकी थिई । हो, उनीहरूमा सोन्याले भने जस्तै प्रेम थियो । तर नताशाले भने अहिलेसम्म त्यस्तो कुनै अनुभूति गरेकी थिइन । उसलाई यस्तो हुन सक्ने कुरामा विश्वास थियो तर, कसरी भन्ने कुरो उसको बुझाइभन्दा टाढै थियो ।

“तपाईं पनि उहीँलाई चिठी लेख्नु हुन्छ ?” उसले भनी ।

सोन्या सोचमग्न ‘भई । निकोलासलाई कसरी चिढी लेख्ने, लेख्न पर्ने कि नपर्ने भन्ने चिन्ताले उसलाई व्याकुल बनायो । अब त ऊ एउटा अफिसर र एउटा घाइते नायकुरासमेत भइसकेको थियो । यस्तो स्थितिमा उसले उसलाई आफ्नो याद दिलाइरहनु राम्रो होला, उसले आफूमाथि सोन्याको उत्तरदायित्व: लिइसकेको कुरा सम्झाउनु उचित होला ?

“मलाई केही थाहा छैन ।” उसले सोचकै मुद्रामा भनी ।: “यदि उसले मलाई लेख्नु” भन्यो भने लेख्नु पर्ला !” लाजले उसको अनुहार रातो भयो ।

“उसलाई चिठी लेख्न तिमीलाई लज्जा अनुभव त हुँदैन ?” सोन्या मुस्कुराई मात्र ।

“अहँ !?”

“त्यस्तो हो भने मैले पनि बोरिसलाई चिठी लेख्न लाज मान्नु पर्ने ।”

“तिमीले किन लाज मान्ने नि ?”

“अँ, त्यो त मलाई थाहा छैन । तर कस्तो अप्ठ्यारो लागेर आउँछ, जसले गर्दा लाज लागिहाल्छ ।”

“मलाई थाहा छ, उसलाई किन लाज लाग्छ,” पेत्याले नताशाको अगिको भनाइबाट उठेको रिस झार्न पाएजस्तै प्वाक्क भन्यो ।” किनभने, ऊ पनि त्यस चश्मावाल मोटेसँग प्रेम गर्छे, (पेत्या आफ्नैजस्तो नाम भएको नयाँ काउन्ट बेजुकोभलाई त्यसै भनेर उल्लेख गर्ने गर्थ्यो ।) “अनि अहिले भने नताशा त्यो गायकको प्रेममा परेकी छ (यहाँ पेत्या नताशाको नयाँ इटालियन सङ्गीत शिक्षकको कुरा गर्दै थियो । त्यसै भएर उसलाई शरम लागेको ।”

“पेत्या ! तिमी मूर्ख रहेछौ !” नताशा रिसाएर कराई ।

अँ, भद्र महिला, तिमी जति मूर्ख भने पक्कै पनि होइन ।” नौ वर्षको फुच्चे पेत्याको शब्द एउटा बुढो ब्रिगेडियरको भन्दा कम थिएन।

खाना खाने बेलामा अन्ना मिखायलोभ्नाले दिएको सङ्केतले काउन्टेसलाई समाचार सुन्न उत्सुक तुल्याइसकेको थियो । खानापश्चात्‌ उनी आफ्नो कोठामा गएर सोफामा आरामसँग बसिन्‌ । उनका आँखा भने नसदानीमा जडिएको आफ्नो छोराको सूक्ष्म चित्रमा गाढिएका थिए र त्यहाँबाट बर्बर आँसु पनि बगिरहेको थियो । हातमा चिठी लिएर अन्ना मिखायलोभ्ना चाल मारेर आई । भित्र पस्नुभन्दा पहिले काउन्टलाई, जो उनका पछिपछि आएका थिए, “अहिले नआउनु होस्‌, पछि आउनु होला” भनेर भित्र पस्दै ढोका बन्द गरी ।

काउन्ट साँचो छिराउने प्वालमा कान थापेर भित्रका कुरा सुन्न थाले ।
पहिले उनले अस्पष्ट ध्वनि सुने । त्यसपछि अन्ना मिखायलोभ्नाको लामो भाषणजत्तिकै आवाज सुने । त्यसपछि रोएको आवाज । त्यसपछि एकछिन मौनता । अनि हर्षातिरेकमा एकै चोटि फुटेका उद्गार र अन्त्यमा ढोकातिर बढ्दै गरेका पदचाप । त्यसपछि अन्ना मिखायलोभ्नाले ढोका खोली । उसको यस्तो गर्वोन्नत मुद्रा थियो, मानौँ कुनै शल्यचिकित्सक एउटा कठिन शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको खुसीमा उसको दक्षताको तारिफ गरुन्‌ भन्ने मनसायसाथ मानिसहरूका लागि ढोका खोलिदिन्छ ।

“सबै कुरा ठीक छ !” उसले काउन्टलाई भनी र काउन्टेसतिर सङ्केत गरी, जो एउटा हातमा छोराको चित्रसहितको नसदानी र अर्कोमा छोराकै पत्र लिएर आत्सविस्मृत भएझैँ पालैपालो आफ्ना ओठमा स्पर्श गराउँदै थिइन्‌ ।

काउन्टमा नजर पर्नासाथ उनले दुवै हात अगि बढाएर उनको खुइले टाउकोलाई अँगालोमा बाँधिन्‌ । पुनः उनको नजर आफ्ना हातमा भएको उही नसदानीको चित्र र अर्को हातको ‘पत्रमा पर्यो । पुनः त्यसलाई ओठमा पुर्याउन उनले उनको शिर अलिक पर हटाइन्‌ । यति बेलासम्ममा वेरा, नताशा, सोन्या, पेत्या सबै कोठाभित्र पसे र फेरि पत्र पढ्न थालियो । “चिठीमा उनीहरूको अभियानको संक्षिप्त वर्णन गरिएको थियो, त्यसपछि उसले भाग लिएका दुवै, युद्ध र पदोन्नतिबारे निकोलासले बयान गर्यो । त्यसपछि उसले आफ्ना मातापिताको बाहुली समातेर चुम्बन गर्दै उनीहरूका आशीर्वादका निम्ति अनुरोध गर्यो । त्यसपछि उसले वेरा, नताशा र पेत्यालाई पनि चुम्बन गर्यो । त्यसका अतिरिक्त उसले श्रीमान्‌ सिलिङज्यू, श्रीमती स्कोस्‌ र बृद्ध परिचारिकालाई पनि अभिवादन गरेको थियो र अन्त्यमा उसका तर्फबाट प्यारी सोन्यालाई पनि चुम्बन दिन अनुरोध गर्दै उसले उसलाई सधैँजत्तिकै सम्झिएको र त्यत्तिकै प्रेम गरेको बताएको थियो।” यति सुन्नु के थियो सबैको दृष्टि सोन्यातिर सोझिए र ऊ पनि लाजले भुतुक्क हुँदै रातो मुख: पारेर गहभरि आँसुलिएर नृत्यकक्षतिर लागी । ऊ यस्तरी कुदी कि उसका कपडा हावाले बेलुनजस्तै माथिमाथि उचाल्यो अनि लाज, हर्ष र उमङ्गले उत्तेजित भएर ऊ त्यहीँ भुइँमा जीउ छोडेर तेर्सो परी । उता काउन्टेस पनि हर्षका आँसु बर्षाइरहेकी थिइन्‌ ।

“आमा तपाईं किन रुनु भएको ?” वेराले सोधी । “सिङ्गै चिठीमा तिम्रो दाइले सबै जना रमाउनू, खुसी हुन्‌ र नरुनू भनेर लेखेका छन्‌ ।”

उसले भनेको कुरा त ठीकै हो तर काउन्ट, काउन्टेस र नतासा र सबैले उसलाई क्षुब्ध दृष्टिले हेरे । काउन्टेस “ऊ कसको गोत गएकी होली” भनेर सोचिरहेकी थिइन्‌ ।

निकोलासको चिठी सयौँ पटक पढियो तर जसजसलाई त्यो चिठी पढ्न मन लाग्यो, काउन्टेसको कोठामा जानु पर्थ्यो किनकि उनले त्यो चिठी आफूसँगै टाँसेर राखेकी थिइन्‌ ।

शिक्षकहरू, परिचारिकाहरू, दमित्री र अन्य कैयौँ परिचितहरू आए । काउन्टेस पनि हरेक पटक चिठी पढ्दा नयाँ र ताजा आनन्दको अनुभूति गर्थिन्‌ र हरेक पटक निकोलेन्काका गुणहरू फेला पार्थिन्‌ ।

क्या रमाइलो, क्या आनन्द र कस्तो असाधारण छ मेरो छोरा । “उसको अस्तित्व आजभन्दा २० वर्षअगि मैले आफ्नो पेटभित्र अनुभव गरेकी थिएँ । त्यो छोरो, जसका बारेमा मैले काउन्टेसँग झगडा गर्नु पर्थ्यो । त्यो छोरो, जसले पहिलो पटक तोते बोली बोल्न सिकेको थियो । त्यो छोरो, अपरिचित वातावरणमा विदेशी भूमिमा रहेको छ !त्यो छोरो, जो एउटा वीर योद्धाको हैसियतमा कसैको सहायता र निर्देशनविना एउटा बहादुर योद्धाका रूपमा काम गरिरहेको छ !” झोलुङ्गोबाट हुर्केर वयष्कका रूपमा परिणत भएको मानिसको उमेरका बारेको शाश्वत सत्यको काउन्टेसका लागि कुनै अस्तित्व थिएन । यस्तो लाग्थ्यो- उनको छोराको यो यात्रा, शिशुबाट एउटा पूर्ण पुरुष हुनेतर्फको यात्राको एक एक खुट्किलो उनलाई विशेष र असाधारण लागेको थियो, मानौँ संसारका करोडौँ मान्छेका जीवनमा त्यस्तो हुँदैनथ्यो यद्यपि ती सबै त्यसरी नै हुर्किन्थे । साँच्चै बीस वर्षको लामो समय पहिले उनका अन्तरङ्गमा कहीँ अस्तित्वमा आएको त्यो सूक्ष्म जीव कुनै दिन रुने पनि होला, कुनै दिन उसको छाती चुस्न आइपुग्ला, मान्छेजस्तै शब्द प्रयोग गरेर बोल्न पनि थाल्ला भन्ने परिकल्पनासम्म नभएको, त्यही सूक्ष्म जीव आज त्यत्रो बलवान्‌ हुन सक्ला, त्यत्रो साहसी र उदाहरणीय छोरा, एउटा सैनिक अफिसर, जस्तो कि उसका पत्रबाट झल्किरहेको थियो, हुन सक्ला भनेर उनलाई विश्वास नहुनु एकदमै स्वाभाविक थियो ।

“आहा ! कति राम्रोसँग लेख्न सकेको !” पत्रको वर्णनात्मक हिस्सा पढेर उनी एक्लै आल्हादित भइरहिन्‌ । “साँच्चै नै एउटा, महान्‌ आत्मा ! उसले आफ्नो बारेमा एक शब्द पनि लेखेको छैन ….! कुनै देनिसोभ भन्ने व्यक्ति र त्यस्तै अरू व्यक्तिका बारेमा बरु धेरै लेखेको छ जब कि म ठोकेरै भन्न सक्छु, ऊ ती सबैभन्दा बहादुर छ । आफूले भोगेको दुःखका बारेमा केही उल्लेख गरेकै छैन । कति विशाल हृदय ! कस्तो खालको मान्छे होला ! अनि अरूलाई चाहिँ कसरी सम्झन सकेको होला ! एक जनालाई पनि बिर्सेको छैन ! ऊ केटाकेटी हुँदादेखि नै मलाई यस्तो लाग्थ्यो- ऊ एउटा महान्‌ व्यक्ति हुनेछ । मैले सधैँ यस्तो भन्ने गर्थेँ ।

हप्ताभरि नै तयारी चलिरह्यो सारा परिवारमा उसलाई पठाउने पत्रको खेस्रा काम भयो। काउन्टेसको निगरानीमा तिनीहरूको साफी गर्ने, नक्कल उतार्ने काम भइरह्यो । काउन्टको अनुरोधमा नवनियुक्त अफिसरका निम्ति चाहिने पोसाक र अरू मालसामानका निम्ति रकम जुटाउने काम भइरह्यो । अन्ना मिखायलोभ्ना आफ्नो व्यवहार कुशलतानका कारण सैनिक अधिकारीहरूसँग सम्पर्क राखेर आफ्नो छोरो र आफ्नै लागि पनि सञ्चारको महत्त्वपूर्ण र उपयोगी सुविधा प्राप्त गर्न सफल भई । उसले सेनाध्यक्ष ग्रान्ड ड्युक कोन्स्टान्टिन पाभ्लोभिच, जो गार्ड सेनाका कमान्डर थिए, लाई नै आफ्नो पत्र पठाउने व्यवस्था मिलाई । रोस्तोभ परिवारको सोचाइमा विदेशस्थित रसियाली फौजको सेनाध्यक्ष ग्रान्ड ड्युकको विशेष पहुँच र पहिचान हुनु स्वाभाविक थियो र उतीमार्फत्‌ पठाएको कुरा परदेशको त्यही छेउछाउमा रहेको पाभ्लोग्राद रेजिमेन्टमा नपुग्ने कुरै भएन । त्यसकारण पठाउनु पर्ने पत्र र रकम ग्रान्ड ड्युककै हुलाकीमार्फत्‌ बोरिसकहाँ पठाउने निर्णय भएको थियो । आफूकहाँ प्राप्त भएपछि बोरिस स्वयमले नै त्यसलाई निकोलासलाई उपलब्ध गराउने कुरामा सबै विश्वस्त थिए । काउन्ट, काउन्टेस, पेत्या, वेरा, नताशा र सोन्याका पत्रहरू थिए र पत्रका साथमा उसको पोशाक साजसज्जा र अन्य आवश्यक कासका लागि छ हजार रुबल पनि समावेश थियो ।