साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

हजारौँ पाण्डुलिपि चोर्नेको रहस्य

स्टेफनी मेरिट

किताब मात्र किन, जे सुकै चोरियो भने पनि हामी निर्णय गर्न हतार गरिहाल्छौँ । उद्देश्य के थियो भन्नेतिर जाँदैनौँ । मार्कस जुसाकको २००५ मा निस्केको उपन्यास द बुक थिफको कथानक हेर्ने हो भने मुख्य पात्रले चोरेका किताबका लागि उसलाई हामीले कुनै नैतिक आरोप थोपर्दैनौँ । बरू उसको सो हिम्मतका लागि स्याब्बासी दिन्छौँ । जल्न दिनुभन्दा त्यसबाट जोगाउनका लागि किताब चोर्नु निकै राम्रो कुरा हो नि, होइन र ?

सन् २०११ मा लन्डनमा दंगा फैलियो । यो दंगाको सबैभन्दा रोचक पक्ष चाहिँ कुनै पनि पुस्तक पसल नजल्नु थियो । जबकि छेउकै पसलहरू तोडफोड हुँदा निकै कम क्षति पुस्तक पसलले भोगे । कयौँ पसलहरू लुटिए तर पुस्तक लुटिएनन् जबकि सबैलाई थाहा छ, किताबहरू पनि मूल्यवान् हुन्छन्, कन्टेन्टका कारण होइन, तिनको एन्टिक्विटी (प्राचीनता)का कारण ।

कल्पौँ न, सहरमा दंगा चलोस् । सबैथोक लुटिरहेका बेला मानिसहरूले थाकका थाक किताबबाट जेनेट विन्टरसनको उपन्यास पनि अँगालोभरि लुट्दै भागिरहेका छन् ।

अँ बरू एक पटक यस्तो दुर्लभ चाहिँ घट्यो । सन् २००७ ताका ह्यारी पोटरको अन्तिम उपन्यास बजारमा आउँदा केही मानिसहरूले किताबको एक झलक हेर्न भारी सुरक्षाकर्मी खटाइएको थियो । पुस्तक पसलमा कसैले घुस खुवाउँदै एक झलक देखाउन आग्रह गरिरहेका थिए । किताबको इतिहासमा सबैभन्दा ठूलो सुरक्षा पाएको किताब नै ह्यारी पोटर थियो तर यो चोरी होला, बोकेर भाग्लान् भनेर होइन बरू कटप्पाले बाहुबलीलाई किन मार्यो भन्ने करोडको प्रश्नजस्तै ह्यारी पोटर अन्तिममा मर्छ कि मर्दैन भन्ने खुलासा कुनै दिमाग खुस्केको मानिसले गरिदेला र भोलिदेखि लाइन लाग्ने लाखौँ बालबालिका, युवा र वृद्धको पढाइमा किरकिरा पारिदेला भन्ने चिन्ताले मात्र थियो ।

niti book inside post

तर गएको साता प्रकाशित एउटा समाचारले भने अचम्मै पार्यो । पाँच वर्षअघिको एउटा घटनाको रहस्य पर्दाफास भएको भन्दै अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबिआई)ले फिलिप्पो बर्नान्डिनीलाई पक्राउ गर्यो । सिमोन एन्ड सुस्टर बेलायतको अधिकार विभागमा काम गर्दाताका उनले अप्रकाशित सयौँ डिजिटल पाण्डुलिपि चोरेको शङ्कामा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

सम्भवतः चोरको शुरूवाती उद्देश्य खत्रा लेखकहरूको कथानकको पहिलो ड्राफ्ट खँगाल्नु थियो होला । तिनले कथ्ने नयाँ नयाँ कथा र बान्की के हुँदोरहेछ भन्ने घैरेचासो हुँदो होला । संसारका शक्तिशाली कथा सर्जकको पहिलो पाठक हुनुको शक्ति अनुभूत गर्नु थियो होला ।

यस्तो विश्लेषण र कल्पना मेरो होइन, यो त ड्यानियल स्टान्डस्टर्मको हो । स्विडेनका यी प्रकाशकले यस्तो घटना धेरै भोगेका छन् । स्विडेनी पागल पाठकहरूले देशका सबैभन्दा चर्चित लेखकका पाण्डुलिपि चोरेर उनलाई हैरान बनाएका थिए ।

उनको धारणामा यस किसिमको पहिलो पाठक हुनुको महत्त्व चाहिँ आफूलाई महानतम् महसुस गराउनु हो । यो एक किसिमको मनोवैज्ञानिक रूपको विज्ञता हो चोरीको ।

प्रकाशन संस्था पुरानै किसिमको विश्वास र खासगरी रूढिवादी विश्वासमा अझै चल्ने गर्छ । प्रकाशक र लेखकबीच यति धेरै अलिखित विश्वासमा हुन्छन् कि तिनले कहिले पनि लेखकलाई अप्ठेरोमा पार्न चाहँदैनन् । डान मेलोरी पत्रिकाका प्रख्यात सम्पादक भएर कहिल्यै पनि वास्तविक नाममा उपन्यास लेखेनन् । उनले एजे फिनको नामबाट लेखे । यो कुरा कसैलाई पनि उनले खुलाउन चाहेनन् र प्रकाशकले सधैँ यो कुरालाई सम्मान गरिरह्यो ।

अझ यस किसिमको विश्वास लागु औषधि, हातहतियारको व्यापार र वित्तीय क्षेत्रमा अझ बढी देखिन्छ ।

फिलिप्पोलाई पैसाको कुनै चासो थिएन । उनी एउटा असफल लेखक थिए । कुनै प्रकाशकले नपत्याएका हतोभागी लेखक । उनी लेखकहरूसँग सम्भवतः बदला लिन चाहन्थे । ठ्याक जिन हान्फ कोरेलिजको द प्लट उपन्यासमा जस्तै । उनका बारेमा कुनै दिन मैले फिल्म लेख्नुपर्यो भने द प्लट मेरो मनमा हुनेछ ।

फिलिप्पोको सन्दर्भमा भने मलाई त्यति धेरै छैन किनभने उसको इमेल रेन्डमहाउसजस्तो मात्र थियो, हिज्जे बिग्रेको इमेल ठेगाना । अब हिज्जे नै ख्याल नगरेपछि गलत ठाउँमा उपन्यास त पुग्ने नै भयो नि ! अब यसमा फिलिप्पोको के दोष ! अँ, उनले अलि चतुर्याइँ भने गरेकै हुन् ।

लेखक परिचय

सन् १८२१ मा म्यान्चेस्टर गार्डियन नामबाट प्रकाशन हुन थालेको यो बेलायती अखबारले आफ्नो नाम सन् १९५९ बाट नाम परिवर्तन गरी द गार्डियन राखेको हो । यसका सहप्रकाशन द अब्जर्भर र द गार्डियन विक्ली अखबार प्रकाशन गर्ने गर्छ । यसलाई गार्डियन मिडिया ग्रुपले प्रकाशन गर्ने गर्छ भने यो अखबारको माउ संस्था स्कट ट्रस्ट हो । यो संस्थाले नाफा सेयरहोल्डरहरूबीच बाँडफाँड गर्दैन । हालै यो संस्था संस्थापना भएको २०० वर्ष पूरा भएको छ ।

प्रतिक्रिया
Loading...