Chovar Blues Mobile Size

गाडा चुइँ चुइँ गर्दै थियो। त्यसमा जोतिएका बैलहरू सकी नसकी गाडा तान्दै थिए । पांग्रा मुन्तिरबाट छ्यापछ्याप गर्दै हिलोका छिटाहरू उछिट्टिइरहेका थिए। दोन नदीको हाराहारीमा तन्किएको सडक एक ठाउँमा बायाँतर्फ मोडियो । मोड्नेरैबाट मुख्य बस्तीका चर्चहरू र तरकारीबारी तथा फलफूलका बगैँचाहरूका हराभरा विचित्न हाताहरू देख्न सकिन्थ्यो ।

बाटोभरि नै गाभ्रीला चाहिँ फतफताइरहे। उनले हँसिलो अनुहार बनाइराख्न पनि खूब च्रेष्टा गर्नु परेको थियो।

“तीन वर्षै जति अघि दोन नदीमा केही केटीहरू डुबेको ठाउँ यही नै हो। त्यसँको स्मृतिमा यो सानो गिर्जाघर बताइएको हो।” -बूढा गाभ्रीलाले कोर्राको मूठले गिर्जाघरको उराठिलो छततरफ औंल्याउँदै भने।- यहीं नै हामी पनि बिदाबारी भैहालौं! अगाडि त बाटो पनि छैन, किनभने पहाडमा पहिरो गएको छ। यहाँबाट गाउँ एक भेर्स्ता जति मात्न टाढा पर्छँ। पैदलै हिंडेर यति बाटो पार गर्नु पर्ने छ तिमीले”

खाने कुरा हालिएको झोलाको पेटी काँधमा मिलाउँदै प्योत्र गाडाबाट तल ओरोर्लियो।

गाभ्रीलाले लामो सुस्केरा बलजफ्ती रोक्तै आफ्नो कोर्रा भुइँमा फ्याँके र लुगलुग काँपिरहेको हात अगाडि पसारे।

“अलबिदा, छोरा…। तिम्रो अभावमा हाम्रो निम्ति अब घाम झुल्कने छैन . . . । ” – आँसुले भिजेको उनको अनुहार खुम्चिएर चाउरियो र उनले एकाएक आफ्नो स्वर तीखो
पार्दै कराएर भने- “छोरा, कचौडी त साथमा लिन बिर्सेनौ ? … बुढियाले तिम्रै लागि भनेर पकाएकी हो… । लिन त लियौ के?.. लौ त” छोरा, बिदाबारी पनि हौं । अलबिदा !…”

गोडा खोच्याउँदै प्योत्न त्यहाँबाट हिंडि पनि हाल्यो। उ बाटोको साँगुरो किनारैंकिनार फटाफट पाइला सार्दै झण्डै दौडिरहेको थियो ।

“फकेर आउ है! ”- हातले गाडाको एक पाखोमा आड लिएर समात्दै बूढा गाभ्रीलाले जोडले कराएर भने ।

“अब फर्कन्त यो…।”-भित्र हृदयको पीडा ओकल्दै एउटा मसीनो रून्चे स्वरले जवाफ दिए जस्तो उनलाई लाग्यो । बाटोको घुमाउरो मोड्नेर अन्तिम पल्ट प्यारो स्वर्णकेशी टाउको झलक्क देखियो। प्योत्रले पनि अन्तिम पल्ट आफ्नो टोपी हल्लाउँदै बिदा माग्यो । अनि जहाँ जहाँ उसको गोडाले टेक्न पुग्दथ्यो , त्यहाँ त्यहाँ बुंग धूलो उड्थ्यो र हावाको झोक्काले धुवाँसे सेतो धूलोका कणहरूलाई बेसरी हुँडेल्त र चक्कर ख्वाउन थाल्दथ्यो ।

सन्‌ १९२६