Chovar Blues Mobile Size

नचाही नचाहीकन नै भए पनि केटोमा बिस्तारै बिस्तारै जीवन फर्किरहेको थियो। दोस्रो महीना उ तकियाबाट बल्लतल्ल टाउको अलिकति उठाउन सक्ने भयो। पिठ्युँमा बिछ्यौनाको डाम परिसकेको थियो।

दिन बित्दै गएअनुसार नयाँ प्योत्नप्रति झन झन गहिरोसंग आत्मीयता बढ्दै गइरहेको अनुभव गाभ्रीलालाई थियो । अनि पहिलो प्योत्न अर्थात्‌ खास आफ्न साक्खै छोरोको आक्कृति भने घरको अभ्रक-ऐनादार झ्यालमा अस्ताउनै आँटेको घामको टक जस्तै धमिलिंदै र बिलाउँदै गइरहेको थियो। पुरानो वेदना र सन्तापलाई फर्काउने जति प्रयास गरिए पनि पहिलेको सबै कुरा झन्‌ झन्‌ टाढिंदै गइरहेको थियो । यस कुराको बोध हुँदा गाभ्रीला केही लाज र केही अपठ्यारो मान्द्थे. ..। उनी आगनमा निस्केर घण्ठौं त्यहाँ बिताउँथे। तर बुढिया चाहिँ टसको मस नगरीकन प्योत्नको खाटनेर बसिरहेको सम्झनाले गर्दा उनलाई असह्य पीडाको अनुभव हुन्थ्यो । अनि उनि घरभित्न पस्दथे , चूपचाप खाटको सिराननिर उभिन्थे, कडा औंलाले तकियाको खोल मिलाउँथे र बुढियाको रिसाहा तजर आफूमाथि परिरहेको चाल पाएर बेन्चमा शान्त भएर बस्थे।

बुढिया प्योत्रलाई गिलहरीको बोसो तताएर र मई महीनामा लटरम्म फुलेको बेला वसन्तमा टिपेर सुकाइराखेको जडीबुटीको क्वाँटी बनाएर ख्वाउँथी । यसैले गर्दा हो वा जवानीले गर्दा हो, ठिटो तंग्रिँदै गयो, उसको घाउ पनि निको भयो, गालामा, मासु पनि लाग्दै आयो र लाली पनि चढ्यो। केवल उसको दाहिने हात मात्न कुमको हाड काटिएको ठाउँमा घाउ राम्ररी पलाउनै नसकेकोले जखमी नै हुन गएको थियो -सके त्यसले अब काम लिन पनि सकिने छैन।

जे होस्‌, लेन्टको व्रतोपवास ( ईस्टरभन्दा पहिलिका ४० दिन जुन बेला आइतवारबाहेक अरू दिन ईशामसीहको नाउँमा उपवास गरिन्छ । – अनु ० ) शुरू भएको दोस्रो हप्तातिर प्योत्न पहिलो पल्ट अरूको सहारा नलिएर आफै खाटमा बस्यो । उ आफ्नो बल देखेर आफै चकित भयो र अविश्वासपुर्वेक निकै बेरसम्म मुसुमुसु हाँसिरह्यो ।

त्यसै राति भान्साकोठामा आतशखानमाथि खोक्दै बुढाले खासखुस गरे।
“सुतिस् कि बुढिया ?”
“किन र?”
“हाम्रो केटोलाई बिसेक हुँदै गएको छ…। भोलि नै सन्दूसबाट प्योत्रको पतलून झिकेस्‌ .. .। लुगाफाटो सबै तयार पारेस्‌ …। केटोसित आङ ढाक्ने कुरो नै केही छैन। ”

“थाहा छ हो मलाई पनि ! पहिलेबाटै जोरजाम गरिसक्या छु! ?”

“मापाकी छेस्‌ तँ! .. भुवादार ज्याकेट पनि झिकिस्‌ त ?”

“के ठान्या नि? नाँगै हर हिंडोस्‌ त त्यो केटो ? ! ”

आतशखान माथिको खोप्रोमा बूढा गाभ्रीलाले एक दुई पल्ट कोल्टे फेरे। उनी निदाउनै मात्र के आँटेका थिए, उनलाई फेरि अर्को एउटा कुराको सम्झना भयो र गजक्क पद टाउको उचालेर सोधे उनले–

“टोपी नि टोपी? कतै बिर्सिन त बिर्सिंनस्‌ तैले, डेढ अक्कली बृढिया ? ”

“धत्तेरिका ! सय पल्ट ओहोर-दोहोर गर्दा पनि आँखा परेन । हिजैदेखि किलामा झुण्डिएकै छ त !”

गाभ्रीलाले फन्किँदै खोके र चूप लागे।

हृतारिएको वसन्तले दोन नदीलाई उत्तेजित गर्न थालिसकेको थियो । धमिराले खाए झैं बरफ कालो हुँदै गयो र छियाछिया भएर फैलियो।

पहाड पनि नांगियो। स्तपीमैदानको हिउँ पनि पग्लेर खोल्सा र खोचतिर बग्न थाल्यो। दोनको किनारामा निक्कै परपरसम्म छिपछिपे पानी जम्यो जहाँ पारिलो घामले गर्दा हिउँ पग्लेर बाढी आएको थियो। स्तपीमैदानतर्फबाट हावाले उत्तेजक सोमराजको तीतो बास्ना उडाएर ल्याइरहेको थियो ।

मार्च महीना बित्न बित्न आँटेको थियो।