परिच्छेद- १४
नोभेम्बर १ तारिखका दिन आफ्नो एक जना गुप्तचरबाट प्राप्त सुचनाअनुसार कुतुजोभलार्इ यो स्पष्ट भयो जुन सेनाको उनी कमाण्डर छन् खराब छ । गुप्तचरले यो सूचना दियो कि भियनाको पुल तरेर फ्रान्सेली सेना ठूलो संख्यामा त्यस तरफ बढिरहेको छ, जहाँ कुतुजोभका सेना रसियाबाट आउने सेनासँग समाहित हुनु थियो । यदि कुतुजोभले क्रेम्समा नै रोकिने निर्णय गरेको भए नेपोलियनका डेढ लाख सैनिकले उनका सबै सम्पर्क मार्ग बिच्छेद गरिदिने थिए । उनका चालिस हजार थकित सेनालाई घेर्ने थिए र उनको पनि उल्ममा अष्ट्रियाली जर्नेल मार्कको जस्तै अवस्था हुने थियो । उनले रसियाबाट आउने सेनालाई आफ्नो सेनासँग मिल्ने बाटो छोड्ने निर्णय गरेको भए उनले बोहेमियाको अपरिचित पहाडहरूमा मार्गहीन भएर अगाडि बढ्नु – पर्ने थियो । उनले शत्रुको आफ्नोभन्दा बलियो शक्तिसँग आफ्नो बचाउ गर्नुपर्ने थियो र बक्सहाउदेनसँग मिल्ने आशा मार्नु पर्ने थियो । यदि उनले रसियाबाट आइरहेको सेनासँग मिल्नका लागि क्रेम्सबाट ओलमुजतिर बाटोमा पछाडि हट्ने निर्णय गरेको भए यस कुराको खतरा थियो कि भियनाको पुल तरिसकेको फ्रान्सेली सेना यो बाटोमा पहिले नै पुग्ने थियो र त्यस्तो अवस्थामा सम्पूर्ण सर-सामान र घोडागाडीसमेत कूचका बखतमा नै दुवैतिरबाट आफूलाई घेर्ने आफ्नोभन्दा तीनगुणा ठूलो दुस्मनको सेनासँग भिड्नु पर्ने हुत्थ्यो ।
कृतुजोभले यही अन्तिम बाटो रोजे ।
गुप्तचरको सूचनाबमोजिम फ्रान्सेलीहरू भियनाको पुल तरेर एकदम छिटोछिटो जनाइमतर्फ बढिरहेका थिए, जो कुतुजोभ पछाडि हट्ने बाटोबाट साढी माइल टाढा थियो, फ्रान्सेलीहरू भन्दा पहिले जनाइममा पुग्नुको अर्थ थियो कि सेना बचाउने ठूलो आशा गर्न सकिन्थ्यो र आफूहरूभन्दा फ्रान्सेलीहरूलाई पहिले जान दिनुको अर्थ थियो सम्भवतः आफ्नो सम्पूर्ण सेनालाई उल्ममा जस्तै अपमानित “गराउनु या नष्ट गराउनु तर सम्पूर्ण सेनाका साथ यहाँ फ्रान्सेलीहरू भन्दा पहिले पुग्नु असम्भव थियो । रसियालीहरूका लागि क्रेम्सबाट जनाइमको बाटोभन्दा फ्रान्सेलीहरूको लागि भियनाबाट जनाइमको बाटो छोटो र सुगम पर्थ्यो ।
सूचना प्राप्त भएको रात कुतुजोभले बग्रातिओनको कमाण्डमा चार हजार अनकलाई पह्लडहरबाट केम्तानाईप मार्गबाट भियना-जनाइम मार्गतर्फ दाहिनेतिर पठाइएको थियो । बग्रातिओनले विश्वाम नै नगरिकन यो बाटो पूरा गर्नुपर्ने थियो र यदि ऊ फ्रान्सेलीहरूभन्दा भिनातर्फ मुख अनि जनाइमतर्फ पीठ फर्काएर रोक्नुपर्ने थियो र यदि ऊ फ्रान्सेलीहरूभन्दा पहिले पुग्न सफल भएको भए उनले जतिसक्यो उनीहरूलाई रोकिरहनुपर्थ्यो । कृतुजोभ स्वयम् पनि सरसमान र घोडाहरू लिएर जनाइमतर्फ प्रस्थान गरेका थिए । महावातको त्यो रातमा बाटो नै नभएको पहाड नाघ्दै बग्रातिओनका भोका-प्यासा र नाङ्गा खुट्टाले हिँडेका सैनिकहरू, जसमध्ये एक तिहाइ पछाडि परेका थिए, ३५. माइल जति अगाडि बढिसकेका थिए र भियना- जनाइम बाटोमास्थित होल्लाब्रुनमा फ्रान्सेलीहरू भन्दा, जो भियनाबाट यहाँ आइरहेका थिए, केही घन्टा पहिले पुगे । कुतुजोभलाई भने मालसामान र गाडीहरू लिएर जनाइम पुग्नका लागि अफ्नै चौबिस घन्टा जति हिँड्नुपर्ने थियो ।
त्यसकारण आफ्नो सेना बचाउनका लागि बग्रातिवनले भोका, तिर्खाएका र ज्यादै थाकेका चार हजार सैनिकको सहयोगमा होल्लाब्रुनमा आफ्नो अगाडि आइरहेको दुस्मनको सम्पूर्ण सेनालाई चौविस घन्टासम्म रोकिराख्नु पर्ने थियो, जो स्पष्टतः असम्भव थियो । तर भाग्यले एउटा अचम्मको खेल खेल्यो र यो असम्भवलाई सम्भव तुल्याइदियो । विनालडाइँ भियनाको पुल फ्रान्सेलीहरूका हातमा पार्ने चालको सफलताले हौसिएर मुराटले सोही किसिमबाट यहाँ पनि कुतुजोभलाई धोका दिने प्रयास गर्न प्रेरित गर्यो । जनाइमको बाटोमा बग्रातिओनको सानो फौज अगाडि आउँदा मुराटले सोच्यो कि यो कुतजोभको पूरा सेना हो । यो सेनालाई पूर्ण रूपमा पराजित गर्नका लागि मुराटलाई भियनाबाट आउने उसको सेनालाई पर्खनु पर्ने थियो । यही उद्देश्यले उसले तीन दिनको युद्धविराम प्रस्ताव पेश गर्यो, जसअनुसार दुवैतिरका सेनाहरू यथास्थितिमा बस्नेछन् र आफ्नो आफ्नो ठाउँबाट चलफिर गर्ने छैनन् । शान्ति सम्झौताका विषयमा कुरा चलिरहेको हुँदा यस्तो अवस्थामा अनावश्यक रूपमा रक्तपात गर्नु सर्वथा अनुचित हुने ठहस्याउँदै यो प्रस्ताव पेश गरेको घोषणा गर्यो । आफ्ना सेनासहित भिड्न तयार भएको अस्ट्रियाली जर्नेल काउन्ट नोस्तिज मुराटको सन्देशवाहकको कुरामा विश्वास गरेर त्यहाँबाट पछाडि हट्यो । “उसले बग्रातिओनको फौजलाई असुरक्षित अवस्थामा छोडिदियो । फेरि यसको लगत्तै यही शान्तिसन्धिसम्बन्धी विवरण र तीन दिनको युद्धविरामसम्बन्धी खबर लिएर दोस्रो सन्देशवाहक रसियाली सेनामाझ प्रस्तुत भयो । बग्रातिऔनले पनि यो प्रस्तावित सम्झौता स्वीकार वा अस्वीकार आफैले गर्न नसक्ने भएको हुँदा यो प्रस्ताव लिएर आफ्नो सहायकलाई कुतुजोभकोमा पठाएको जवाफ दियो ।
उता कुतुजोभको लागि पनि युद्धविरामका कारण केही समय उपयोग गर्ने, असाध्यै नराम्रोसँग थकित बग्रोतिओनको फौजलाई केही समय आराम गर्ने अवसर दिने, फरान्सेलीहरूको दृष्टिमा गोप्य राखिएको युद्धसम्बन्धी थुप्रै सरसामान र गाडीहरूलाई जदाइमनजिए पुग सक्ने उद्देश्यको एउटा मात्र उपाय थियो । अर्थात् यस युद्धविरामको प्रस्तावले अर्को सेनालाई बचाउने एक मात्र र अप्रत्याशित अवसरप्रदान गरिरहेको थियो । यो सूचना प्राप्त गर्नासाथ उनले आफूसँग बसिरहेको पार्श्ववर्ती जर्नेल कान्ट नोस्तिज मुराटको तत्काल युद्ध शिविरमा पठाइदिए । उसलाई युद्धविरामको शर्त स्वीकार गर्ने मात्र नभएर आत्मसमर्पण गर्ने शर्तहरू पनि पेश गर्न सक्ने अधिकार दिइएको थियो । यसका साथै कृतुजोभले अन्य सहायकहरूलाई पनि क्रेम्स-जनाइमको बाटोमा सरसामान राखिएका गाडीलाई जतिसक्यो उति द्रुत गतिमा अगाडि दौडाउनू भन्ने आदेश दिएर पठाएका थिए । बग्रातिओनका भोक प्यासग्रस्त सेनाले आफूभन्दा आठ गुना शक्तिशाली शत्रुको सेनासामु आफ्नो कमीकमजोरी लुकाउँदै अगाडि बढेर शत्रुको सामना गर्नुपर्ने वाध्यता थियो ।
शान्ति-सन्धिको प्रस्ताव (जो बाध्यात्मक थिएन)ले कुतुजोभले अपेक्षा गरेअनुसार केही गाडीहरूलाई अगाडि बढ्ने अवसर मिल्ला र मुराट चुकेको स्थिति पनि छिट्टै नै सतहमा आउला भन्ने उनको अनुमान सही साबित भयो । होल्लाब्रुनबाट साठी माइल टाढा बसेको बोनापार्टले मुराटको शान्ति-सम्झौता र युद्धविरामसम्बन्धी पत्र प्राप्त गर्नासाथ यसभित्र लुकेको रहस्य राम्ररी बुझ्यो र मुराटलाई निम्न बमोजिम चिठी लेखेर पठायो ।
नोभेम्बर २५, १८०५ बिहानको आठ बजे
शोन बरुनबाट राजकुमार मुराटलाई पत्र
तिमीप्रति मेरो असन्तुष्टि प्रकट गर्ने शब्दहरू मसँग छैनन् । तिमी मेरानिम्ति एउटा ठगका सरदार मात्र हौ । र मेरो आदेशविना युद्धविरामसम्बन्धी सन्धि गर्ने तिमीलाई कुनै पनि अधिकार प्राप्त छैन । तिमी, मलाई यस युद्धअभियानको सम्पूर्ण फल आस्वादन गर्ने अवसरबाट बञ्चित गर्ने कारक सिद्ध भइरहेका छौ । अत: तत्काल शान्ति सम्झौता भङ्ग गरेर युद्ध मैदानमा शत्रुका विरुद्ध सरिक भएर जाइ लाग । उसलाई सूचना देऊ – कि तथाकथित आत्मसमर्पणसम्बन्धी सम्झौता गर्ने जर्नेललाई अधिकार थिएन । त्यस्तो सन्धिमा हस्ताक्षर गर्ने अधिकार रसियाका सम्राट्का अतिरिक्त संसारमा कसैलाई पनि छैन ।
हो, यदि रसियाका सम्राट्ले त्यो सन्धि स्वीकार गर्छन् भने मैले भन्नु केही छैन । मेरो लागि त्यो पैला त्यो सन्धि एउटा प्रपञ्च मात्र हो, एउटा । त्यसैले यतापट्टि भने सजिलोसँग उनीहरूको फौजी सामान, गाडी र तोपहरू कब्जा गर्न सक्नेछौ ।
रसियाली सम्राट्को सहायक जर्नेल छदमवेशी हो । अधिकारविहीन हो, कुनै महत्त्व हुँदैन । उससँग अधिकार पनि छैन । भियनाको पुल तर्ने आफैले धोका खाए । त्यस्तै तिमी पनि सम्राट्को एक जना सहार्यकद्वारा खाँदै छौ ।
नेपोलियत
नेपोलियनको सहायक यो धम्कीपूर्ण पत्र लिएर घोडा सर्पट कुदाउँदै मुराटकहाँ गयो । बोनापार्ट स्वयम् पनि आफ्ना जर्नेलहरूलाई विश्वास नगर्ने हुँदा आफ्ना पूरै सेना लिएर युद्धक्षेत्रतिर प्रस्थान गर्यो किनकि बलिको बोको फुत्केला भन्ने उसलाई डर थियो ।
यता बग्रातिओनका चार हजार सेना आगो बालेर ताप्ने र लुगा सुकाउने काम गर्दै थिए । उनीहरू तीन दिन पछाडि खोले पकाउँदै थिए । तर उनीहरूमध्ये कसैलाई पनि थाहा त थिएन, थिएन तर उनीहरूमध्ये कसैले कल्पना पनि गरेका थिएनन् कि उनीहरूमाथि कुन विपत्ति आइलाग्नेवाला छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।