संसारका प्रख्यात पुरस्कारमध्ये एक बुकर पुरस्कारको छोटो सूची हिजो जारी गरिएको छ । छोटो सूचीमा ६ उपन्यास छानिएका छन् ।
छोटो सूचीमा छानिएका उपन्यासहरुमा अनुक अरुदप्रगासमको ‘अ प्यासेज नर्थ’, डामोन गलगटको द प्रोमिस, पेट्रिसिया लकउडको नो वन इज टकिङ अबाउट दिस, नादिफा मोहमदको द फच्र्युन मेन, रिचर्ड पावर्सको बेविल्डरमेन्ट र म्यागी सिपस्टिडको ग्रेट सर्कल रहेका छन् ।
सूची जारी गर्दै बुकर फाउन्डेसनले यो ६ वटा सूची जारी भएसँगै भाग्यमानी चाहिँ पाठक रहने बताएको छ ।
पुरस्कृत उपन्यासको घोषणा भने आउँदो नोभेम्बर ३ मा हुनेछ ।
यस पटक बेलायत तथा आयरल्यान्डमा १ अक्टोबर २०२० देखि ३० सेप्टेम्बर २०२१ सम्म प्रकाशित १५८ वटा उपन्यास पुरस्कारका लागि भिडेका थिए ।
प्यासेज नर्थ उपन्यास श्रीलंकाली गृहयुद्धका विषयमा लेखिएको छ भने नो वन इज टकिङ अबाउट दिस प्रेमका बारेमा गम्भीर टिप्पणी गरिएको छ । यस्तै बेविल्डरमेन्ट उपन्यासले भविष्यवेत्ता एक अभिभावकले आफ्नो दुर्लभ तथा समस्याग्रस्त सन्तान सिर्जनशील तरिकाले गरेको सहयोगका विषयमा छ ।
ग्रेट सर्कल उपन्यासले हलिउडकी निडर जहाज चालिका तथा अभिनेत्रीमाथि टिप्पणी गरेको छ भने फच्र्युन मेनले सन् १९५२ मा गलत अभियोगमा झुण्ड्याइएको निर्दोष व्यक्तिका बारेमा बताएको छ । द प्रोमिस उपन्यासले भने समस्याग्रस्त एउटा परिवार र मुलुकको कथालाई सँगसँगै अघि बढाएको छ ।
पछिल्लो समय अमेरिकी उपन्यासकारहरुले ठाउँ बनाउन थालेपछि चिन्ता व्यक्त गर्न थालिएको थियो । सन् २०१४ मा अमेरिकी साहित्यकारले समेत भाग लिन पाउने भएपछि ४८ छोटोसूचीमध्ये १८ वटा अमेरिकी उपन्यास परेका थिए ।
यस वर्षको छोटो सूचीका ६ पुस्तकमध्ये पनि तीन जना अमेरिकी लेखकका परेका छन् । पेट्रिसिया लकउड, रिचर्ड पावर्स र म्यागी सिपस्टिड यो सूचीमा परेका हुन् । नादिफा मोहमद सोमालिया मूलकी बेलायती हुन् भने दक्षिण अफ्रिकी मूलका दामन गलगट तथा श्रीलंकाबाट अनुक अरुदप्रगासम यो सूचीमा परेका हुन् ।
लामो सूचीमा रहेका महत्त्वपूर्ण दुई बेलायती साहित्यकार काजुओ इसुगुरो र फ्रान्सिस स्पुफोर्ड भने अन्तिम सूचीबाट बाहिरिएका छन् । सूचीमा बाहिरिने बेलायतीहरुमा राचेल कुस्क र सञ्जीव सहोता पनि छन् ।
तीन वर्षअघि २० भन्दा बढी प्राशकहरुले बुकर पुरस्कार फाउन्डेसनलाई पत्र लेखी पुरस्कारलाई वैश्विक बनाउन आग्रह गरेका थिए । पुरस्कारलाई आङ्ल–अमेरिकी लेखकहरुको बपौतीजस्तै बनाएकामा उनीहरुको गुनासो थियो ।
विजेता उपन्यासले ५० हजार पाउन्ड रकम पाउनेछ । यसलाई क्राङ्कस्टार्ट च्यारिटेबल फाउन्डेसनले प्रायोजन गरेको छ ।
लामो सूचीका उपन्यास तलः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।