साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

रूमीका कथा: शृङ्खला ९ः वैद्य र वृद्ध मानिस

Chovar Blues Mobile Size
रूमी

रूमी अर्थात् मौलाना मोहम्मद जलालुद्दीनको जन्म ३० सेप्टेम्बर सन् १२०७ मा फारस सम्राज्य ( वर्तमानमा अफगानिस्तान) मा भएको थियो । न्यायवादी, इस्लामी विद्वान, धर्मविज्ञानी, सुफी सन्त र कविका रुपमा उनको परिचय स्थापित छ । उनले सुफी परम्परामा नर्तक साधुहरु (गिर्दानी दरवेसहरू) को परम्परालाई सम्वर्धन गरे । रूमी रात-दिन मानिसलाई उपदेश दिएर समय बिताउँथे । यसै क्रममा उनको भेट विख्यात सन्त “शम्स तबरेज”सँग भयो । रुमीलाई उनै तरबेजले अध्यात्म-विद्याको शिक्षा दिए । उनीसँगको भेटपछि रूमी आत्मचिन्तन र साधनामा समय बिताउन थाले । शम्स तबरेजसँगको संगतपछि रूमीले उपदेश दिने, घोषणा गर्ने र पढने-पढाउने काम बन्द गरे । रूमीका समर्थकले शम्स तबरेजले गर्दा रुमीको यो हालत भएको भनेर शम्सको हत्या गरिदिए । यस घटनाले रूमीको जीवनमा निकै गहिरो प्रभाव पार्‍यो । यसपछि उनी विरक्तिए र एकान्तबास रोज्न थाले ।

उनको लेखनमा ईश्वर र प्रेमको सुगन्ध हुन्छ । उनका रचनाले सात सय वर्ष कटाइसकेका भए पनि हिजोआज खोजीखोजी पढिन्छ । उनले कविता मात्र होइन, हाल नेपालमा लेखिने लघुकथा शैलीका धेरै कथा लेखेका छन् । उनका कथामा कुनै पनि आध्यात्मिक चेतनालाई सटिक कलाले लेपन गरिएको हुन्छ । उनका केही कथाहरूलाई नेपालीमा अनुवाद गरेर शृङ्खलाबद्ध रूपमा साहित्यपोस्टमा प्रकाशन गरिँदैछ ।

 

वैद्य र वृद्ध मानिस

 

एकपटक एउटा बूढो मान्छे एउटा जवान वैद्य कहाँ गयो ।

वृद्धले भने, `वैद्य साब, मेरो स्मरण शक्ति कमजोर हुँदैछ । म एकदम चिन्तित छु ।´

sagarmani mobile size

वैद्यले भने, `यो सब बुढेसकाल लागेर हो ।´

वृद्ध मान्छे, `मेरो आँखा पनि कमजोर हुँदै छ । ´

वैद्यले भने, `यो पनि बुढेसकाल लागेर हो ।´

वृद्धले भने, ` मेरो कम्मर पनि धेरै दुख्छ ।´

वैद्यले भने, `हजुर बुढेसकालको लक्षणमा यो पनि एउटा हो ।´

वृद्धले भने, `मेरो पाचन शक्ति पनि कमजोर छ, हल्काफुला खाना पनि पच्दैन ।´

वैद्यले भने, `बुढेसकालमा पाचन शक्ति कमजोर हुन्छ ।´

वृद्धले भने, `श्वासप्रश्वास पनि समस्या छ ।´

वैद्यले भने, `हजुर मलाई थाहा छ । तपाईंजस्तो वृद्ध मान्छेलाई यस्तै समस्या हुन्छ । पक्कै पनि बुढेसकाल लाग्नु हजार रोगलाई आमन्त्रण गर्नु हो ।

वृद्धले भने, `मेरो खुट्टामा पनि समस्या छ ।´

वैद्यले भने, `हजुर हजुर बुढेसकालले घरमा बस्न बाध्य बनाउँछ ।´

वृद्ध वैद्यको कुरा सुनेर एकदम रिसाए । तिमी एउटा बेवकुफ वैद्य रहेछौ । तिमीलाई कुनै ज्ञान रहेनछ । सबै समस्याको एउटै कारण भन्छौ । तिमी अनपढ हौ । तिमीसँग आएर मैले समय बर्बाद गरेँ । ´

वृद्धको कुरा सुनेर वैद्यले भने, `हजुर यो आक्रोश र क्रोध पनि बुढेसकालै कारणले हुन्छ ।´

मूल कथा: रूमी
भावानुवाद: जनक कार्की

लेखक परिचय
जनक कार्की
प्रतिक्रिया
Loading...