हाम्री अभिनेत्री ऋचा शर्माले हरेक साता कान्तिपुर टेलिभिजनमा कमेडी सोको निर्णायकका रुपमा भूमिका खेलिरहेकी छन् । उनलाई महिला कमेडियन र महिला प्रतिस्पर्धी आउन नसकेको देख्दा सधैँ दिक्क लाग्छ ।

हेलेन लेडरर

यो समस्या नेपालमा मात्र होइन, बेलायतमा पनि उत्तिकै छ । त्यहाँ पनि लेखनमा एक त महिला कम छन्, त्यसमाथि हास्य विधामा लेख्ने महिलाको त सर्वथा अभाव नै छ । यस्तो अभाव पूरा गर्न बेलायती हास्य अभिनेत्री तथा लेखिका हेलेन लेडररले कमेडी विमेन इन प्रिन्ट पुरस्कार नै स्थापना गरेकी छन् ।

यस पुरस्कारले लेखनका क्षेत्रमा महिला हास्य लेखकको अभाव पूरा हुने अपेक्षा हेलेनको छ ।

गएको तीन वर्षदेखि यो अवार्ड नियमित रुपमा सञ्चालन भइरहेको छ ।

यही साता कमेडी विमेन इन प्रिन्ट प्राइज २०२१ का लागि लामो सूची जारी गरिएको छ । यो पुरस्कार हाँसउठ्दो उपन्यास लेख्ने महिलाहरुमा समर्पित भएका कारण पनि यसको बेग्लै चर्चा हुने गर्छ ।

यो पुरस्कारका लागि दुई वटा लामो सूची बनाइन्छ । पहिलो प्रकाशित पुस्तकका लागि र दोस्रो चाहिँ अप्रकाशित अथवा पाण्डुलिपिको लागि ।

पाण्डुलिपि पुरस्कारको दौडमा जित्ने एक जनाको नाम आउँदो नोभेम्बर महिनामा घोषणा हुन्छ । छोटो सूची भने आउँदो सेप्टेम्बर महिनामा जारी गरिन्छ ।

प्रकाशित पुस्तकका हकमा भने लेखकले तीन हजार पाउन्ड (४ हजार एक सय १४ डलर) प्राप्त गर्नेछिन् भने अप्रकाशित लेखिकाले भने उपन्यास प्रकाशन गर्ने सम्झौतासँगै पाँच हजार पाउन्ड (६ हजार ८ सय ५७ डलर) अग्रिम रुपमा हात पार्नेछिन् । यो रकम हार्पर फिक्सनले उपलब्ध गराउनेछ भने उसैले यो हास्य उपन्यास प्रकाशन गरी बजारमा ल्याउनेछ ।

अप्रकाशित उपन्यास विधाका उपविजेताहरुले भने युनिभर्सिटी अफ हर्टफोर्डसायरको सिर्जनशील लेखन वृत्ति पुरस्कारस्वरुप पाउनेछन् ।

अघिल्लो वर्षको भन्दा यस वर्ष २६ प्रतिशतले बढी उपन्यास र लेखिकाहरुले प्रतिस्पर्धामा भाग लिएको संस्थापक हेलेनले बताएकी छन् ।

यस वर्ष प्रकाशित उपन्यास विधातर्फ जोआने ह्यारिस निर्णायक प्रमुख हुनेछिन् भने मौरिन लिपम्यान, स्टेफ म्यागभर्न, क्याथी रेन्जेनब्रिंक, निना स्टिबी र सुसान वोकोमा निर्णायक मण्डलका सदस्य रहनेछन् ।

‘यो पुरस्कारको मुख्य विषय नै हास्य भएकाले जसले बढी हँसाउन सक्छ, ऊ नै विजेता हुनेछ,’ निर्णायक मण्डलकी संयोजक ह्यारिस भन्छिन्, ‘यसले हामीलाई मानवताको कुँजी सिकाउँछ ।’

उता पाण्डुलिपि विधातर्फ सारा साफी निर्णायक मण्डलको संयोजक छिन् । उनलाई मार्था एसबी, फायी ब्रान, ग्लोरिया हनिफोर्ड, थान्यिया मुर र जेनिफर योङले सघाउने छन् ।

प्रकाशित हास्य उपन्यासको लामो सूची यस प्रकार रहेका छन्ः
Published Comic Novel Longlist 2021
The Shelf by Helly Acton (Bonnier Books)
Ghosts by Dolly Alderton (Penguin)
Destination Wedding by Diksha Basu (Bloomsbury)
Pretending by Holly Bourne (Hodder & Stoughton)
Insatiable by Daisy Buchanan (Little, Brown)
Exciting Times by Naoise Dolan (Orion)
V for Victory by Lissa Evans (Doubleday/Transworld)
The Best Things by Mel Giedroyc (Headline)
The Wild Laughter by Caoilinn Hughes (Oneworld Publications)
Domestic Bliss and Other Disasters by Jane Ions (Bluemoose Books)
The Disaster Tourist by Yun Ko-eun, translated by Lizzie Buehler (Serpent’s Tail)
Asking for a Friend by Andi Osho (HQ, HarperCollins)
Dial A for Aunties by Jesse Sutanto (HQ, HarperCollins)
Murder by Milk Bottle by Lynne Truss (Raven Books)

Unpublished Comic Novel Longlist 2021
The World is Your Lobster by Jane Ayres
The Lady Detective by Hannah Dolby
The Lake House by Jen Fraser
Fools Rush In by Jo Lyons
Six Months to Find a Husband by Jo McGrath
What Would Joan Jett Do? by Alyssa Osiecki
The Purgatory Poisoning by Rebecca Rogers
The NCT Murders by Katherine Sumner-Ailes
Life Lessons by Hannah Sutherland
This is 27 by Gemma Tizzard
Labour Law by Clare Ward-Smith
The Death and Life of Agnes Grace by Emma Williams