केही व्यक्तिहरू मिलेर राजकुमार एड्वार्डलाई माइल्ज हैडनको आँखामा पट्टी बाँधेर जर्बजस्ती जङ्गल पुर्याए । जङ्गल पुगेपछि राजकुमारलाई राजकुमारको अभिनय नगर्न दवाव दिए ।
राजकुमारले आफ्नो आँखाको पट्टी निकाल्दै भने, “म राजकुमार नै हुँ । किन मलाई यहाँ ल्याएको ? तिमीहरू को हौ ? अनि मबाट के चाहन्छौँ ?”
राजकुमारको कुरा सुनेपछि उनीहरूमध्ये एकजनाले भने, “म तिम्रो बाबु जोन क्यान्टी हुँ र तिमी मेरो छोरा टम क्यान्टी हौ ।”()
बल्ल राजकुमारलाई यी मान्छेले मलाई जवरजस्ती किन यहाँ ल्याए र मबाट के चाहन्छन् भन्ने कुरा छर्लङ्ग भयो । उनले जोनलाई आफ्ना सबै कुराहरू खुलस्त पार्दै भने, “जोन, तपाईंको छोरा टम राजा भइसकेको छ । ऊ यतिखेर दरबारको राजकाजमा व्यस्त छ ।”
राजकुमारको कुरा सुनेर जोन तीन छक्क परे । उनले सपनामा पनि आफ्नो छोरा टम राजा हुन्छ भनेर सोचेका थिएनन् ।
आफ्नो छोरा राजा भैइसकेको कुरा सुन्दा जोन क्यान्टीलाई राजकुमार एड्वार्डले भनको कुरा साँचो लाग्यो । उनले माफी माग्दै राजकुमारलाई भने, “म तपाईंलाई पुनः राजा हुनका लागि हरकिसिमले मद्दत गर्छु । तपाईंमाथि ठूलो अन्याय र छल भएको रहेछ । तपाईंमाथि भएको यस्तो अन्याय र छल म सहन सक्दिन ।
एड्वार्डले भने, “ठिक छ, मप्रति तपाईंले देखाउनु भएको सद्भावका लागि धन्यवाद ! साँच्चिकै तपाईंको सहयोग प्राप्त भयो भने मैले छिट्टै न्याय पाउनेछु ।”
( )
“ल, अब कत्ति ढिलो नगरी दरबार जाऔँ र सबै कुराको बेलिविस्तार लगाऔँ | सबै कुरा छर्लङ्ग भएपछि टमले कसरी नमान्ला ?” जोनले भने ।
सबैजना चुपचाप जङ्गल हुँदै दरबारतिर जाँदै थिए । यत्तिकैमा त्यस जङ्गलमा बस्ने एकजना जोगीसँग; उनीहरूको,भेट भयो ।
यस्तो शुनशान जङ्गलमा चार पाँच जना मानिस खुसी हुँदै लम्किरहेको देखेर जोगी अचम्ममा परे । जोनले जोगीलाई अभिवादन गरे । जोगीले यसरी जङ्गलमा हिँड्नुको कारण सोधे ।
जोनले नम्र हुँदै शुरूदेखिका सबै घटना जोगीसमक्ष प्रस्तुत गरे । जोगी जोनको कुरा सुनेर अचम्मित भए । वास्तवमा त्यही जोगीका बाबुलाई राजा हेनरी अष्टमले विना लालमोहरको छाप लगाएर मृत्युदण्ड दिएका थिए । उनले राजकुमार एड्वार्डलाई मारेर बाबुको अन्यायपूर्ण हत्याको बदला लिन चाहन्थ्यो । “हो, यही मौका हो । मैले मौका गुमाउनुहुँदैन । योभन्दा राम्रो मौका अर्को हुँदैन ।” जोगीले मनमनै सोचे ।
मनमा जे-जस्तो तनाब भएपनि उनले सबैलाई स्वागत गर्दै भने, “आउनुहोस्, आज मेरो कुटीमा, आराम गर्नुहोस्, मिठो नमिठो जे-जस्तो छ खाएर भोलि बिहानै दरबारमा प्रस्थान गर्नुहोला ।”
सन्ध्या छिप्पिँदै गएको थियो, उनीहरू थाकेर लखतरान भएका थिए । त्यसैले उनीहरू पनि हुन्छ भनि कुटीतिर लागे ।
कुटीमा सबैलाई भोजन एवम् सुत्नको लागि बन्दोबस्त गरियो । भोजन गरी सबैजना सुत्नका लागि तयार भए ।
()
जोगीले कसरी राजकुमारलाई मार्न सकिन्छ भनेर आफ्ना सहयोगीहरूसँग सल्लाह गर्न थाले ।
ओछ्यानमा सुतिरहेका जोन क्यान्टीको मनमा धेरै प्रश्नहरू खेलिरहेका थिए । मैले राजकुमार एड्वार्डलाई फेरि राजा बनाउन सहयोग गरेँ भने छोरा टमले “आफ्नो छोराको सुख हेर्न नसक्न बाबु” भनेर धिक्कार्ने पो हो कि ? फेरि यता राजकुमारलाई सहयोग गर्ने वचन दिइसकेको छु !
ठीक त्यसैबेला सँगैको अर्को कुटीमा खासखुस खासखुस आवाज आइरहेको उनले सुने । राति यसरी आवाज आउनु राम्रो सङ्केत होइन भनेर बिस्तारै आवाज आइरहेको कुटीतिर गए । उनले कान थापेर कुरा सुन्ने कोसिस गरे ।
“भोलि बिहान राजकुमारलाई नदीमा स्नान गर्न पठाऔँ र त्यही उसलाई मारौँ । किनभने स्नान गर्ने समयमा राजकुमारसँग अरू कोही पनि हुँदैनन् । राजकुमारलाई मार्ने योभन्दा उचित अवसर अर्को हुँदैन ।”
कुटीमा भएको यस्तो कुरा सुनेर जोन आश्चर्यमा परे । मध्यरातमा यसरी उनीहरू कुरा गरिरहेको ( ) सुनेपछि शुरूमा त उनी साह्रै डराए | के गर्ने ? कसलाई भन्ने ? ठम्याउनै सकेनन् । बिस्तारै आफूलाई सम्हाल्दै माइल्जकहाँ मद्दतको लागि जाने निधो गरेर कसैलाई केही नभनी सुटुक्क गए । माइल्ज जोनका सबै कुरा सुनेर आक्रोशित भए । उनी जोगीबाट राजकुमारलाई बँचाउन नदीतर्फ गए ।
त्यहाँ राजकुमारलाई मार्न तीन-चारजना व्यक्तिहरू बसिरहेको देखे । माइल्ज र जोनले ती व्यक्तिहरू त्यहाँ राजकुमारलाई मार्न बसेका हुन् भन्ने कुरा बुझिहाले । जोन र माइल्ज ती व्यक्तिहरू माथि जाई लागे ।
माइल्न र जोनले आक्रमणकारीहरूलाई केही समयमा नै पराजीत गरे । साथै जोगीलाई आत्मसमर्पण गर्न बाध्य पारे ।( ) ( )
जोगीको षड्यन्त्रलाई असफल बनाइसकेपछि राजकुमार, जोन, माइल्ज एवम् अन्य साथीहरू खुसी हुँदै राजदरबारतर्फ लागे ।
लेखकका बारेमा
नाम: मार्क ट्वेन
जन्म: नोभेम्बर ३०, १८३५
मृत्यु- अप्रिल २१ १९१०
जन्मस्थान: फ्लोरिडा, मिसौरी, संयुक्तराज्य अमेरिका
पेशा:- लेखक/लेक्वरर
राष्ट्रियता अमेरिकी
विद्या: आख्यान, बालसाहित्य व्यङ्ग्य, निबन्ध, दर्शन र साहित्यिक समालोचना
प्रमुख कृतिहरू:- “द एड्भेन्चर अफ टम स्वेयर (१८७९), द एडभेन्चर अफ हकलबेरि फिन (१८८४), मार्क ट्वेन आख्यानको क्षेत्रमा परिचित नाम हो । राष्ट्रपति, उद्योगी, कलाकार र यूरोपेली राजघरानासित घनिष्ठ सम्बन्ध थियो मार्क ट्वेनको | प्रखर बौद्धिकता एवं तिखो व्यङग्यको लागि समालोचक र समकालीन लेखकहरूको माझ चर्चित थिए उनी |
मार्क ट्वेनको जन्म नोभेम्बर ३०, १८३५ मा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको मिसौरी भन्ने ठाउँमा भएको थियो । उनका पिताको नाम जोन मार्शल क्लेभेन्स थियो भने, आमाको नाम जेन ल्याम्प्टन थियो । उनको खास नाम चाहिँ ह्यामुन ल्याङअहर्न क्लेभेन्स हो । मार्क ट्वेन चाहिँ उनको साहित्यिक उपनाम हो। यही नामबाट उनी विश्वसाहित्यमा परिचित भए । सानै उमेरदेखि मार्क ट्वेन साहित्यिक काम गर्न र घुमफिर गर्न खुब रूचाउँथे, जंगल चाहारी हिँड्थे । यात्राको अनुभव समेटेर लेख्न बसिहाल्थे । एघार वर्षको सानै उमेरमा पिताको निधन भएपछि हातमुख जोर्नका लागि कामको खोजीमा निस्किनु पर्यो उनले ।
हन्निबल जर्नलका लागि हास्यप्रधान लेखहरू लेख्न थाले । सन् १८६५ मा मार्क ट्वेनको “the colebrated jumping frog of calavaras country” शीर्षकको हास्यप्रधान कथा संग्रह प्रकाशित भयो जसले उनलाई चर्चित लेखकको रूपमा चिनायो । त्यसपछि उनी मध्यपूर्वी यूरोपको भ्रमणमा निक्ले । त्यसै यात्राको फलस्वरूप उनले “The Innocent Adead” नामको यात्राडायरी लेखे । जसले उनको साहित्यिक उचाइ थप्यो । मार्क ट्वेनको लेख र भाषणको प्रमुख विशेषता भनेको हास्य हो । उनको लेख अन्याय र अत्याचारको विरूद्धमा केन्द्रीत भएको पाइन्छ । सन् १८७० मा ओलिभिया ल्याङ्डनसित उनको विवाह भयो । हेलेन केलर, ह्यारिट र विचार स्टो जस्ता व्यक्तिसित उनको घनिष्ठ सम्बन्ध रह्यो । दासप्रथाको विरोधी रहेका मार्क ट्वेन, अब्राहम लिंकनका कट्टर समर्थक थिए । सन् १८८१ मा क्यानडाबाट प्रकाशित भएको ऐतिहासिक उपन्यास “The Prince and the Pauper” मार्क ट्वेनको यस विधाको पहिलो औपन्यासिक कृति हो । हेर्दा दुरूस्तै देखिने दुईजना केटाहरूको कथा हो यो । लन्डनको ओफलकोर्टमा बस्ने टम क्यान्टी र राजा हेनरी अष्टमका छोरा राजकुमार एडवार्डको जीवनको सेरोफेरोमा केन्द्रीत छ यो उपन्यास । आधुनिक अमेरिकी साहित्यका यस्ता महान् हस्तिको हृदयघातका कारण सन् १९१०, अप्रिल २१ तारिखमा दुःखद निधन भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।