
पुस्तकहरू वास्तवमै सुन्दर रचनाहरू हुन । सानो वच्चा जस्तै । एक पति पत्निको सृजना भने अर्को लेखनको । यिनीहरुमा क्षण क्षणमै हसाउने, रुवाउने, रिस उठाउने र मानिसहरूलाई प्रेमको महसुस गराउने अदृश्य शक्ति हुन्छ । समयसँगै यस्ता पुस्तकहरू बालकजस्तै बढ्दै आफ्नो प्रभाव अनि छाप समाजमा छाड्दै जान्छन् । यस्तै ऊर्जावान् आत्मा भएको पुस्तकको सूचीमा राख्न चाहन्छु “द लस्टवाईफ” लाई ।
“द लस्ट वाईफ” एलिसन रिचम्यानको ई.सन् २०११ प्रकाशित सुन्दर पुस्तक हो । पुस्तकहरूका चाङमा “द लस्टवाईफ” भन्ने कभरमा संयोगले मेरो आँखा प¥यो । कसैको सिफारिस विना आफ्नै मनले छानेको उक्त शीर्षक व्यङ्ग्या

प्रवीण निरौला
त्मक सम्झेर पढ्न सुरु गरेको भए पनि पहिलो पन्ना देखिनै पुस्तक आफ्नो शीर्षक अनुसार नै बग्न थाल्यो
ई.सन् २०००, न्युयोर्क सिटीमा हुन गइरहेको एक विवाहमा गएको करिब साढे आठ दशक उमेरको दुलहाको हजुरबुबायोसेफ(Josef) ले दुलही कि हजुरआमालाई “लेन्का(Lanka), म तिम्रो पति” भनी सम्बोधन गर्दा पुस्तकको पहिलो अध्याय सकिन्छ । करिब छ दशकको वियोगपछि विवाहित पति पत्नी आफ्नो जन्मभूमि (प्राग,चेक रिपब्लिक) हजारौँ माइल टाढाको सहर त्यो पनि नाति नातिनीको विवाहमा भएको नाटकीय भेट अविश्वसनीय अनि अकल्पनीय लागे पनि दोस्रो विश्वयुद्धताका युरोपमा अल्पसङ्ख्यक यंहुदिहरु सँग भएको ज्याजति अनि anti-Semitism, Reich, Holocaust, pogrom, ghetto, concentration camp, gas chamber जस्ता शब्दहरूसँग पुस्तकले पाठक परिचित गराउँदै जान्छ ।
त्यस पश्चात् नायिका लेन्का प्राग सहरको भल्टाभा खोलाको छेवैमा रहेको अपार्टमेन्टमा हुर्किएको वच्चपन पुग्छिन् । घरेलु कामदार लुसियाको विवाह देखि आफूभन्दा सात वर्ष कान्छी बहिनी मार्ता सँग हुर्कँदै करिब सोह्र÷सत्र वर्षको उमेरमा उनी आर्ट एकेडेमी जान थाल्छिन् र भेयरुस्का(Věruška) को दाजु योसेफ सँग भेट हुन्छ । डाक्टरी खानदानी विरासत भएको भेयरुस्काकोकोन(Kohn) परिवारसँगै लेन्का दुई हप्ते गर्मी बिदामा Karlovy Vary eGg] भन्ने स्थानमा जान्छे । योसेफ र लेन्का एक अर्कोको गहिरो प्रेममा पर्छन् ।
अर्को तर्फ गर्मी बिदाबाट फर्कन नपाउँदै प्रागको राजनैतिक वातावरण द्रुतगतिमा परिवर्तन हुन थाल्छ र त्यहाँ बस्न यंहुदिहरुलाई खतरा हुन थाल्छ । लेन्काको बाबुको व्यापारमा आक्रमण हुनुको साथसाथै उनीहरूको आर्थिक अवस्था खस्कँदै गएकोले उनीहरू अमेरिकाको प्रायोजन कागजात किन्न सक्दैनन् । योसेफको परिवारलाई अमेरिकामा हुने आफन्तले प्रायोजन गरेकाले उसले लेन्कालाई आफैसँग लान विवाहको प्रस्ताव राख्छ भने लेन्काले आफ्नो सबै परिवारलाई समेत लाने सर्तमा विवाह गर्न राजी हुन्छे । सबै परिवारलाई लान सक्ने अवस्था नभए पनि लेन्काको बाबुको सल्लाहामायोसेफलेलेन्कालाई झूटो आश्वासन दिन्छ र विवाह अगाडी उक्त विषय लेन्कावाटजानीजानी लुकाइन्छ ।
विवाह हुन्छ । हनिमुन पश्चात् योसेफले सम्पूर्ण कुरा लेन्कालाई भन्छ तर लेन्का आफ्नो परिवारलाई त्यही छोडेर योसेफ सँग जान तयार हुन्न । यसरी योसेफ आफ्नी प्राण प्यारी श्रीमती र उसको परिवारलाई प्रागवाट निकाल्ने प्रयास नै नगरी आफ्नो परिवारसँग लन्डन जान्छ ।
लेन्का र योसेफको पत्र आदान प्रदान भइरहेको हुन्छ तर एक दिन प्रेग्नेन्टलेन्काले आफ्ना श्रीमान् चढेको पानीजहाज दुर्घटना भएको समाचार सुन्छे । उता नाजी कन्सन्ट्रेसन क्याम्पमा परेकी आफ्नी श्रीमतीको खोजी गरिहेरेकोयोसेफलेलेन्काको नाम मृतकको सुचीमा देख्छ र दुवै एक अर्कालाई मृत सम्झेर आफ्नो आफ्नो जीवन जिउन थाल्छन् । एमलिया सँग वैवाहिक सम्झौता गरेको योसेफको एक छोरा र एक छोरी हुन्छन् ।
लेन्का कहिले नाजी क्याम्पको टेक्निकलडिपार्टमेन्टमापेन्टरको काम गर्छे त कहिले ग्यासचेम्बर मा लगिएका मानिसहरूको लुगा जम्मा गर्ने काम गर्छे । आफ्नै अगाडी आफ्ना बुढा अनि कमजोर आमा बाबुलाई ग्यासच्यम्वरमा लगेको देखेकी उसले मार्तालाई गोली हानी मार्दा समेत मौन बनी आफ्नो सास जोगाइरहेकी हुन्छे । अन्त्यमा कार्ल भन्ने अमेरिकी सेनाको युवकसँग विवाह गरी एक छोरीकी आमा अनि एक नातिनीकी हजुरआमा बनेकी हुन्छे ।
“द लस्टवाईफ” मार्मिक, भयङ्कर, कहालीलाग्दो एक सुन्दर प्रेमको कथा को साथ साथै सुकिला मकिला लुगा लगाई एसिया र अफ्रिकाको गरिबिलाई ढाल बनाइ सहयोग गरेको ढोँग गर्ने तर तल्लो वर्गलाई उचाली सर्वत्र अशान्ति मच्चाउने, मानिसलाई भ्रष्ट बनाएर प्राकृतिक श्रोतहरूको दहन गर्ने र आफ्नै सहर भित्र बसेका अल्पसङ्ख्यक यंहुदिहरुलाई जिउँदै जलाउँदै, गोली ठोक्दै हिँड्ने उन्नाइसै अनि बिसै शताब्दीका आफूले आफूलाई स्मार्ट भनी चिनाउन रुचाउने युरोपियनहरू लाई मुटुमा हान्ने कथा हो ।
Ghetto मा पेन्टिङ गरिरहेका महान् पात्रहरू जुन लेखिकाले आफ्नो ऐतिहासिक कथामार्फत देखाएकी छिन् तिनीहरूले Sigmund Freud, Elizabeth Taylor and Albert Einstein जस्ता इतिहासमा चर्चित यंहुदि पात्रहरूको सम्झना गराउन बाध्य बनाउँछ । पात्रहरू जीवित छन् र कथाले पाठकलाई दोस्रो विश्वयुद्धका भयङ्कर दृश्यहरू कल्पना गर्न बाध्य तुल्याउँछ । यदि तपाईँलाई ऐतिहासिक कथा मन पर्छ भने पक्कै पनि “द लस्टवाईफ” तपाईँको मन पर्ने पुस्तकको सूचिमा पर्न सक्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

