न्युयोर्क / यतिबेला अमेरिकामा ज्यादै खोजिएको पुस्तकमध्ये द ग्रेट इन्फ्लुएन्जा पनि हो । सन् २००४ मा बजारमा आएको यो पुस्तक जोन एम. बेरीले लेखेका हुन् । पुस्तक बजारमा आएयता संसारभर ३ लाख ८८ हजार प्रति बिक्री भइसकेको छ । पछिल्लो समय भने ट्रेडपेपर (सस्तो कागज) निस्कन थालेपछि यसको खोजी बढेको हो ।

पुस्तकमा लेखक बेरी तर्क गर्छन्, ‘अबका दिनमा महामारीबाट बच्ने क्षमता जति मेडिकल हो, त्योभन्दा बढी राजनीतिक हुनेछ ।’

अमेरिकामा बन्दाबन्दीका बेला पनि यो पुस्तक ८ हजार १ सय ५३ प्रति बिक्री भएको पब्लिसर्स विक्लीले जनाएको छ ।