यो सेराटन होटल दिल्लीको सबैभन्दा राम्रो होटल हो । म भित्र कहिल्यै गएको छैन, तर मेरो भु.पु. मालिक अशोकजी सधैँ राति पिउन त्यही जान्थे । होटलको सबैभन्दा तल्लो तलामा एउटा सुविधासम्पन्न रेस्टुरेन्ट छ । मौका मिले तपाई पनि जानुहोला ।
‘हराएको व्यक्ति घटनाको बेलामा होन्डा सिटी कारको डाईभर थियो । धौला कुवा
प्रहरीको एफ.आई.आर. ४३८\०५ यसको केस जाहेरी परेको छ । ऊसँग केही नगद भएको झोला भएको विश्वास गरिएको छ ।’
पक्कै पुलिसले रातो झोला भनेको हुनुपर्छ । झोला कस्तो रङगको नभनेसम्म त जानकारी अधुरै हून्छ हैन त ? त्यो कहीँ छैन , किनकि मलाई कहिल्यै कसैले चिनेन ।
केही नगद । हाम्रो देशका कुनै पनि पत्रिका खोल्नुभो भने सधैँ यस्तै नचाहिँदो कुरा भेटिन्छ, कुनै दलले नचाहिँदो हल्ला फैलाइराछ,’’कुनै धार्मिक संस्थाले अस्थायी बन्ध्याकरणको विरोध गर्यो, यस्तै यस्तै । मलाई यो सब बेकार लाग्छ ।
सात लाख रुपियाँ ।
त्यो रातो झोलाभित्र कोचेर राखीएको जम्मा पैसा यति नै हो । मलाई विश्वास गर्नुहोस कि यो पुलिसलाई पनि थाहा थियो । यो रकम चिनियाँ युआनमा कति रकम हो मलाई थाहा छैन, श्रीमान, तर यति पैसाले १० वटा सिङगापुरे ल्यापटप कम्प्युटर किन्न सकिन्छ ।
श्रीमान, सबभन्दा लाजमर्दो कुरा त के भने त्यो पोस्टरमा मेरो शिक्षाको कुरै उल्लेख छैन । जब कसैको कुरा गरिन्छ, उसको शिक्षा उल्लेख गर्नु वाञ्छनीय हुन्छ । उनीहरुले के भन्नु उपयुक्त हुन्थ्यो भने, ‘शङकास्पद व्यक्ति एउटा स्कुलमा पढेको हो जसको कुनामा एउटा दराज थियो जहाँ आधा पाकेको अम्बाको रङगको एउटा छेपारो सधैँ लुकिबस्थयो ……।’
यदि भारती गाउँ स्वर्ग हो भने, त्यो स्कुल स्वर्गभित्रको पनि स्वर्ग हो ।
स्कुलमा सबैलाई फ्री खानाको व्यवस्था हुनुपर्ने थियो । सरकारी कार्यक्रम अन्तर्गत प्रत्येक विधार्थीलाई दिउँसोको खानामा तीनवटा रोटी , पहेँलो दाल र अचार दिइन्थ्यो , तर त्यो दाल रोटी कुन चराको नाम हो हामीले कहिल्यै देखेनौँ , किनकि यो सर्वविदितै थियो कि बजेट सबै हाम्रो शिक्षकले झ्वाम्म पार्थे ।
त्यसो गर्न ऊसँग उचित कारण थियो, किनकि उसको तलब छ मैनामा एकपटक आउँथ्यो रे । उनी अब समयमा तलब पाउनका लागि गान्धिले जस्तै अहिंसावादी आन्दोलन गर्न गैरहेका थिए– त्यो के भने हुलाकबाट तलबको चेक नआएसम्म कक्षा कोठामा सिन्को पनि नभाँच्ने , तर जागिर गुम्ने भय उनमा व्याप्त थियो , किनकि सरकारी जागिरको तलब थोरै भए पनि अन्तिममा पाइने सुविधाहरु धेरै छन् । एकपटक विधार्थीलाई सरकारी अनुदानमा प्राप्त पोसाक लिएर एउटा टक आयो । हामीले त्यो पोसाक कहिल्यै देखेनौँ बरु एक दुई दिनपछि छिमेकी गाउँको पसलमा बेच्न राखेको देखियो ।
यसका लागि कसैले मास्टरलाई दोषी देखेनन् । गोबरको थुप्रोमा गडेको मानिसको मिठो बास्ना कहाँबाट आउँछ र ! हाम्रो मास्टरको ठाउँमा जो कोही भए पनि त्यही गर्थे होलान् । बडो चलाखीपूर्ण तरिकाले भ्रष्टाचार गर्न सकेकोमा केहीले त उनको खुलेर प्रशंसा गर्थे ।
एक बिहान बस कन्डक्टरको भन्दा राम्रो चिटिक्क परेको निलो सफारी सुट लगाएको मान्छे हाम्रो स्कुलतिर लाग्यो । त्यति राम्रो लुगा मैले कहिल्यै देखेको थिइनँ । हामी सबै उसको सुट हेर्न ढोकामा जम्मा भयौँ । उसको हातमा एउटा छोटो लौरो थियो । हामीलाई ढोकामा देखेपछि हल्लाउन थाल्यो । हामी हतारहतार दौडेर कक्षाकोठामा गयौँ र किताब लिएर बस्यौँ ।
यो छड्के स्कुल निरीक्षण थियो । सफारी सुटमा ठाँटिएको निरीक्षकले लोरोले भित्ताको मैलो, रातो पानका दागहरु र प्वालहरु देखाउँदै थियो । हाम्रो मास्टर लुत्रुक्क परेर
‘सरी’भन्दै पछिपछि लागे ।
कक्षाकोठामा डस्टर छैन, कुर्ची छैन, विधार्थीको ड्रेस छैन । सिमाझ्याँक्ने तैँले स्कुलको कति रकम हिनामिना गरिस् भन् त ?’ निरीक्षक पड्क्यो ।
निरीक्षकले कालोपाटीमा चारवटा वाक्य लेखेर लौरोले यौटा केटालाई देखाउँदै भान्यो, ‘तँ यो पढ् त ।’
एकपछि अर्को ट्वाल्ल परेर उभिए ।
बलरामलाई सोध्नुस् न’ मास्टरले भने। ‘हाम्रो सबैभन्दा जान्ने विधार्थी उही हो । ऊ राम्रो पढ्छ ।’ सरले फेरि थपे ।
अनि म उभिएँ र पढेँ, हाम्रो देश गौरवमय छ । भगवान् बुद्धले यही भूमिमा ज्ञान प्राप्त गरे । पवित्र गङगाले हाम्रो चराचर जगतलाई (जनता, रुख विरुवा र पशुपक्षीहरुलाई) जीवन दिन्छिन् । हामी यो देशमा जन्मन पाएकोमा भगवानप्रति आभारी छौँ । ”
ठिक छ । भन त भगवान् बुद्ध को थिए ?’उसले सोध्यो ।
एउटा ज्ञानी मान्छे’मैले भने ।
ज्ञानी मान्छे होइन, ज्ञानी भगवान्’बुझिस् । उसले सच्यायो ।
(ए हत्ते ए राम ! अब सङख्या बढेर तीन करोड साठी लाख पाँच भो) निरीक्षकले मलाई कालोपाटीमा आफ्नो नाम लेख्न लगायो र आफ्नो घडी देखाएर समय सोध्यो । खल्तीबाट पर्स निकालेर फुत्त एउटा फोटो निकालेर देखाउँदै सोध्यो, यो को हो ? हाम्रो जीवनको सबैभन्दा महत्त्वपुर्ण मान्छे को हो ?’
फोटोमा जिङ्गरिङ्ग कपाल, पुक्क गाला, पोटिलो शरीर र कानमा मोटा रिङ झुण्डिएको तर अनुहारमा ज्ञान र करुणको चमक थियो ।
वहाँ ठूलो समाजवादी हुनुहुन्छ ।’
ठीक भनिस् र वहाँ महान् समाजवादीको बच्चाहरुलाई के सन्देश छ, थाहा छ ?’उसले फेरि सोध्यो ।
यो प्रश्नको उत्तर मैले मन्दिर बाहिर देखेको थिएँ । जुन एक दिन यौटा पुलिसले रातो रङगले लेखेको थियो। गाउँको कुनै पनि केटो यो देशको प्रधानमन्त्री बन्न सक्छ’यही नै यो देशको प्रधानमन्त्री बन्न सक्छ’यही नै यो देशका ससाना नानीहरुलाई उनको सन्देश हो ।
यो ठग र मुर्खहरुको भिडमा तँ मात्रै यौटा इमानदार योग्य र फुर्तिलो मान्छे रैछस्’लौरोले मलाई देखाउँदै भन्यो। ‘अब भन् जङगलको सबैभन्दा दुर्लभ, एक युगमा एकपटकमात्र आउने जनावर के हो ?’
मैले एकछिन सोचेर भनेँ–
‘सेतो बाघ’
‘हो, यो जङगलमा तँ पनि त्यही होसु
‘म पढनलाई तेरो छात्रवृत्तिका लागि पुटनामा कुरा गरिदिन्छु ।’जानुभन्दा अघि उसले भन्यो। ‘तँ अन्त कतै अलि राम्रो पढाइ हुने ठाउँमा जानुपर्छ । तैँले राम्रो ड्रेसमा राम्रो शिक्षा पाउनुपर्छ ।’
जाने बेलामा उसले मलाई यौटा किताब उपहार दियो । मलाई त्यसको नाम अझै याद छ, त्यो हो– ‘युवाहरुको लागि गान्धीको जीवनीबाट शिक्षा ।’
यसरी नै म सेतो बाघ भएँ । चौथो र पाँचौ नाम पनि हुन सक्ला, तर यो कथामा भन्न त्यो ढिलो भैसक्यो ।
सबैका अगाडि ‘सेतो बाघ’को उपाधि, प्रशंसाको वर्षा, किताब उपहार, छात्रवृत्तिको वाचा आदि राम्रा समाचार पनि अब यो अन्धाकारमा छिटै्ट नराम्रा समाचार बन्ने छन्, किनकि यहाँ हरेक चिज उल्टो हुन्छ ।
मेरी भतिजी रिना पल्लो गाउँको एउटा केटोसित पोइला गई । हामीलाई निचोरियो, किनकि माइतीपट्टिका पर्यौ । बिहेको तयारीमा केटोलाई एउटा साइकल, नगद, चाँदीको हातमा लाउने चेन आदिको जोहो गर्नुपर्यो र दिइयो पनि प्र.म. ज्यू हामी भारतीयहरु बिहेमा कति रमाइलो गर्छौ तपाईलाइ सायद थाहा होला मैले देखेको छु कि ती विदेशीहरु पनि हाम्रो देशमा आएर भारतीय शैलीमै बिहे गर्छन् । म भन्छु कि ती विदेशीहरुलाई हामी एक दुई चिज सिकाउन सक्छौँ ! चर्को स्वरमा घन्किने गीत, दारुपानी, अनि रातभरि नाचगान, क्या मज्जा ! किसनले र म लगायत घरका सबैले थप्पड पायौँ ।
मैले थाहा पाएँ–सायद जन्तीले भैँसीको हौदीमा रातभरी छादे ।
दुई तीन दिन बित्यो । म कक्षामा पछाडि बसेर आफ्नै सुरमा बुबाले धनबादबाट ल्याइलिनुभएको कालोपाटीमा खरीले लेखेर बाह्रखरी गर्दै थिएँ । अरु केटाहरु कोही गफ गर्दै, कोही लड्दै थिए । शिक्षक बाहिरिसकेको थिए ।
किसन कक्षाकोठाको ढोकैमा उभिएका थियो । हातको इसाराले मलाई बोलायो ।
‘के हो किसन हामी कतै जाने हो ?’ मैले भनेँ ।
ऊ केही बोलेन ।
‘के क किताब र चक लिएरै आऊँ ?’सोधेँ ।
‘अँ लेर आ त ’भन्दै मेरो टाउकोमा हात राखेर उसले मलाई बाहिर लिएर गयो ।
मेरो भतिजीको बिहेमा उदार दिलले खर्च गर्न र दाइजोको जाहो गर्न हाम्रो परिवारले भुँडीफोर सँग ठूलै ऋण काढेको थियो । भुँडीफोर ऋण उठाउन आयो । उसले या उसको मुन्सीले म स्कुल गएको देखेका थिए जबकि भुँडीफोर चाहन्थ्यो हामी सबै उसकै काममा लागौँ । त्यसले मलाई पनि स्कुल छृटाएर काममा लगाइयो ।
मलाई एउटा चियापसलमा लगियो । किसनले दुईहात जोडेर साहुजीलाई धनुष्टङकार नमस्कार गर्यो । मैले पनि गरेँ ।
छड्के आँखाले मलाई हेर्दै साहुजीले सोधे, यो को हो ?’
उनी महात्मा गान्धीको ठूलो तस्बिरमुनि बसेका थिए र मलाई प्रस्ट आभास भो कि अब फन्दामा परियो ।
‘यो मेरो भाइ हो, मसँगै काम गर्न आएको ’किसनले भन्यो ।
अनि किसनले चुल्हो तानेर एकातिर राख्दै मलाई बस्न भन्यो । म उसकै छेउमा
बसेँ । उसले कोइला राखेको ठूलो थोत्रो बोरा तान्यो । ठूलो टुक्रा निकालेर इँटाले धुलो पारेर चुल्होमा हाल्यो ।
जब म कोइला धुल्याउन थालेँ , इँटाले हानेर अनि ऊ भन्छ, अलि जोडले हान् ।’
अन्तिममा मैले इँटाले कोइला फुटाउन सिकेँ। यहाँ भएको सबै कोइला यसरी नै फुटाउनु’भन्दै ऊ उठ्यो ।
एकछिन पछि दुईजना स्कुले केटा मलाई हेर्न आए । फेरि दुईजना आए अनि फेरि दुईजना थपएि । उनीहरुले खित्का छाडेको सुनेँ ।
‘एक युगमा एकपटक मात्र आउने प्रणी के हो ?’यौटाले सोध्यो ।
कोइला फुटाउने अर्कोले जवाफ दियो ।
अनि सबै मूच्र्छा परेर हाँस्न थाले ।
‘तिनीहरुको वास्तौ नगर । जे भन्छन् सुन मात्र’ किसनले सम्झयो ।
स्कुलबाट निकनारले यहाँ ल्याएकोमा तँ मसँग रिसाइछस् हैन ?’ मतिर हेर्दै उसले सोध्यो । म चुप बसेँ ।
‘तँलाई कोइला फुटाउने काम पक्कै मन पर्दैन, हैन ?’ उसले भन्यो ।
सोध्यो । म चुप बसेँ ।
उसले कोइलाको ठूलो टुक्रा हातमा लिएर कच्याक–कुचुक पार्यो । मानौँ कि प्रत्येक टुक्रा मेरो खप्पर जस्तै सजिलै फुट्छन्
उसलाई स्कुल छुटाइएकै हो । त्यो मिराको बिहेपछिको कुरा हो । बिहे पनि ठूलै मेला भएको थियो ।
चिया पसलको काम । टेबुल पुछनु, कोइला फोर्नु । तपाई सोच्नुहोला यो मेरा लागि गलत समाचार हो ।
राष्ट्रको नियम तोडनु, गलत समाचारलाई सही भन्नु त उधमीको विशेषाधिकार नै हो ।
श्रीमान् जियाबाओ, भोलि मध्यरातमा फेरि कुरा सुरु गर्दा म तपाईँलाई भनौँला
कसरी मैले त्यो चिया पसलमा कुनै स्कुलले दिने नसक्ने शिक्षा हासील गरेँ । यस बेला त्यो झारल बत्ति हेर्न छोडेर मेरो काम गर्ने बेला हो । झन्डै बिहानको तीन बजिसक्यो । यो बैङलोर सहर उठ्ने बेला हो । अमेरिकाको काम गर्ने समय सकिन लाग्यो, तर मेरो अलि चाँडो सुरु हुँदै छ । म अलि चनाखो बन्नुपर्छ , किनकि सबै छेलिफोन बुथका जागिरे केटाकेटी आआफ्ना घर जाँदै छन् । म फोनको नजिक हुने बेला यही हो ।
त्रर्मस
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।