दयालु मोटू र दाउरे

एकदिन दाउरे र दयालु शब्दहरूको भेट भयो । दाउरेहरू सधैँ लडाईं गर्न उद्यत हुन्छन् भने दयालु मोटू यसलाई वास्ता गर्दैनन्। कसरी? धेरैजसो दाउरे शब्दहरू भने रिसाहा हुन्छन् : तिनीहरू आफ्नो मुट्ठी हल्लाउँछन् र ठूलो स्वरले कराउँछन् अनि तिनीहरूले वरपरका कसैलाई पनि सुन्दैनन्। दयालुहरू भने मुस्कुराइरहेका हुन्छन् । एकदिन दाउरेहरूले मोटूहरूमाथि हमला गर्ने र तिनीहरूलाई कुट्ने निर्णय गरे। तिनीहरू नराम्रोसँग तितरबितर भए … र कानछेउ हुँदै उडिगए । अनि दयालुहरू चैँ बाँकी रहे ।

 

चौड़ाई र उचाई

एल्दार अखादोव

­

 

सन्तोषकुमार पोखरेल

एकदिन चौडाई र ऊचाईका बीचमा बाझो परेछ : तिनीहरूमध्ये को राम्रो?
“मेरो आत्मा चौडा छ,” चौडाई भन्छ।
“र मसँग त झन् ठूलो छ,” उचाईले जवाफ फर्कायो।

“मेरा धेरै प्रशंसक छन्,” चौडाईले आफ्नू भनाइ थप्यो |

“म त झन् विशिष्ट हुँ,” उचाईले पछि हट्ने कुरै भएन |

चौडाई करायो, “जो सुकैले जहाँ हेरून्- जता पनि मै छु ।”

“यो सत्य हो। मेरो नजर बाट हेर्ने हो भने तँ अझ कति कति माथि,” ज्ञानी उचाईले चौडाईलाई मख्ख पार्दै भन्यो |

अब चौडाई चुप लाग्यो। ऊ लज्जित भयो।

“माफ गर्दे मलाई,” भनेर चौडाईले बिस्तारै भन्यो । अनि दुवैले आनन्दको अँगालो हाले र त्यहाँ आनन्दको कुनै अन्त्य थिएन । चारैतिर आनन्दै आनन्द ।

अनुवादः सन्तोषकुमार पोखरेल