तिम्रो आफ्नो घरमा समेत अधिकार नहुनु वास्तवमै कष्टप्रद अवस्था हो । शायद ‘कष्टप्रद’ गलत शब्द हो । ‘अधिकार’ पनि एकदम ठिक शब्द चाहिँ होइन । हे भगवान, मलाई मद्दत गर…… । ‘आफ्नो’ शब्दको बारेमा नि ? एउटा शब्दले कतिवटा अर्थहरू बोक्छन् ? ठिकै छ, त्यसोभए म ‘कानुनी’ शब्दको प्रयोग गर्छु – पूर्ण स्वामित्व सहितको कानुनी घर । अब यसले अर्थ दिन्छ । तिम्रो नाम हुन्थ्यो भने, यसमा तिम्रो नाम हुन्थ्यो भने तिमी कति भाग्यमानी हुने थियौ ।
घरमा अधिकार नहुने कुराले तिमीलाई हजार किसिमले दुःख दिन सक्छ । अथवा, हुनसक्छ तिमीलाई लाखौँ किसिमले समस्यामा पार्न सक्छ । अब मलाई समस्याको तालिका नमाग किनभने यसो गर्नु एउटा अर्को समस्या थप्नु मात्र हो । म यस्ता मुश्किलले मात्र जवाफ दिन सकिने प्रश्नरूलाई उठ्नबाट कसरी रोक्न सक्छु ? मजस्तो मान्छेको लागि यो त अति नै हो । मनोविश्लेषक हुनबाट मैले आफूलाई रोक्नै पर्दछ । कुनै पनि कुरामा अति गर्नु केही कुराको लागि पनि राम्रो होइन । मैले यस कुरामा आफूलाई सम्झाउनु पर्दछ ।
म अहिले अरू के गर्न सक्छु र जतिबेला यहाँ मसँग छोडिएको सबै कुरा भनेको प्रेम मात्र हो । मेरो टाउकोले गीत गाउन थाल्छ । मैले धेरै अनौठो आवाज निकालेको हुनु पर्छ । त्यसपछि मेरो अर्धचेतनाले मलाई तर्साउन थाल्छ ः ए, मूर्ख ! प्रेम लिनुभन्दा अगाडि अथवा प्रेम दिनुभन्दा अगाडि अथवा प्रेम गर्नु अगाडि बस्नको लागि ठाउँ त प्राप्त गर । मसँग अर्धचेतना छ जसले मलाई मूर्खतापूर्ण कामहरू गर्नबाट सावधान गराउँछ भन्ने कुराले म खुशी छु । म कोही पनि नभएको सडकपेटीमा सुत्नुपर्ने माग्ने मान्छे होइन ।
वास्तवमा मसँग यो पत्रिका छ । यसमा विभिन्न किसिमका सुविधाजनक घरहरूका चमकदार फोटोहरू छन् ः आधुनिक भवनहरू, भिल्लाहरू, बङ्गलाहरू…आदि आदि । मसँग यो पत्रिकालाई मसँगै राख्नुको गोप्य कारण छ । मैले कतै अर्कै पत्रिकामा फेङ सुई को बारेमा पढेको छु, तिमीले सधैँ देखेको व्यवस्थित एवम् सुन्दर घरको सपनालाई कसरी साकार गर्ने भन्ने विषय उल्लेख भएको । त्यसैले निश्चय पनि मैले यो उपायलाई अवलम्बन गरेँ । तर समस्या के हो भने, मैले कहिल्यै पनि अर्को दिन सपना देख्दा त्यही एउटै घरको बारेमा देखिनँ । तैपनि सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ कल्पनामा घरलाई देख्नु हो । त्यसैले म यसो गर्छु । पत्रिकामा छापिएका प्रत्येक घरलाई म कल्पना गर्छु, सपनामा देख्छु ।
मेरो सपना पूरा होस् । मेरो सपना पूरा होस् । म सधैँ मेरो पत्रिकाको सामुन्ने अगरबत्ती बालेर यसो भन्दै जप्छु । यो मेरो सबैभन्दा गोप्य काम हो ।
म जहाँसुकै पनि बसेको छु तर आफ्नो घरमा कहिल्यै पनि बसेको छैनँ । जे होस्, मैले यस्तो ठाउँ प्राप्त गर्नैपर्छ जसलाई म मेरो भनेर भन्न सक्छु । मलाई थाहा छ मेरो लागि एउटा कोठा नै पर्याप्त र उपयुक्त हुन्छ । त्यसैले म एउटा कोठामा नै घर बनाउनेतिर लागेको छु । यो विषयमा मैले अरू कति धेरै तनाव लिनुपर्छ ?
म मेरो यो काँडाजस्तो घोचिरहने र लुतोजस्तो चिलाइरहने समस्याको समाधान खोज्न धेरैतिर घुमिरहेको छु । ‘सबैभन्दा सस्तोको लागि सबैभन्दा उत्तम ।’ यो मेरो प्रमुख आवश्यकता हो । मलाई आरोप नलगाउनुहोस् । यी दुई शब्दहरू सामान्यतया एकै ठाउँमा कहिल्यै पनि उभिँदैनन् । सस्तो चिज कहिल्यै पनि गुणस्तरको दृष्टिले सर्वोत्कृष्ट हुँदैन । तपाईं उच्च गुणस्तरको सौन्दर्य सस्तो मूल्यमा पाउने अपेक्षा गर्न सक्नुहुन्न । तर ‘कम’ शब्द नारकीय रूपले अस्पष्ट पनि छ । तपाईंले कसैको लागि ‘सस्तो’ भएको वस्तु तपाईंले खर्चै गर्न नसक्ने गरी महङ्गो हो भनी महसुस गरेको समयमा ‘कम’ शब्दको अर्थ कसरी अस्पष्ट छ भन्ने बुभ्mनुहुन्छ । शब्दहरूमा हुने यस किसिमको अस्पष्टतालाई निषेध गर्न केही नियम र नियमावलीहरू अवश्य पनि हुनुपर्ने हो ।
मनोविश्लेषकहरूसँग प्राप्त गर्न योग्यता नभएका वस्तुहरू मन पराउने आदत हुन्छ । तर वस्तुहरूको अवस्था जे हो त्योभन्दा धेरै महङ्गो मूल्य ती वस्तुहरूको हुने गरेका धेरै ठाउँहरू समेत छन् ।
तर म यस्तो अवस्थामा अब धेरै रहिरहन सक्तिनँ । म मेरो यस अवस्थालाई टुङ्ग्याउन चाहन्छु । मान्छेहरू म कोही होइन र मसँग केही छैन भन्छन् । मलाई गलत नबुभ्mनुस् । यो त मलाई उनीहरूले उनीहरूको चश्माबाट देखेको मात्र हो । म जहिले पनि यस्तो जिद्दीवाल तथा खराब रूपमा परिचय गराइएकी छु । तर कसलाई के मतलब ?
अहिले म खैरो रङको काठको गेटको सामुन्ने उभिएकी छु । म गेटबाट भित्र चियाएर हेर्न प्वाल खोजिरहेकी छु । तर यो गेटमा त्यस्तो प्वाल छैन ।
केही छैन । मेरो विगतको यस कथासँग केही लिनुदिनु छैन । मेरो इतिहास कालक्रमिक घटनाहरूको विवरणजस्तो छैन । त्यसैले अहिलेसम्ममा यसको केवल केही पृष्ठहरू मात्र छ । जे भए पनि म को हुँ र म के हुँ भन्ने कुरा यस कथामा महत्वपूर्ण छैन । कमसेकम पनि यस कथालाई सुनाउनको लागि ।
यस किसिमको व्यर्थताको लागि मैले धेरै काम गरेकी छु । म अन्त्यमा सर्पजस्तो अत्यन्त ढिलो गतिमा हिँड्ने बसमा ड्राइभरलाई मन पर्ने सङ्गीत बाध्यतावश सुन्दै गरिने यात्रासँग थाकिसकेकी छु । म साँच्चैको चमेराजस्तो भीडले भरिएको फोहोर बसहरूको घेरामा झुन्डेकी छु । तपाईंलाई कोही मान्छे यसरी बाँच्नुपरेको अवस्थामा कस्तो अनुभूति गर्दो होला भन्ने बारेमा अनुमान नहुन सक्छ । जब म यस्ता पीडापूर्ण यात्राहरूबाट घेरिएर हुर्किन्छु, मेरो असन्तुष्टी नाइल नदीमा आएको बाढीले पानी किनाराभन्दा बाहिर बगेजस्तो भएर पोखिन्छ । त्यसैले, म राम्रो वा नराम्रो वा जुनसुकै अवस्थाको भए पनि एउटा घर लिने निर्णय गर्छु ।
यसबेला, त्यसैले, म थकित छु र ज्यादै क्लान्त आँखाका डिलबाट उन्मादपूर्ण आँसुका भेललाई बाहिर निकाल्दै ज्यादै नजिकको सम्बन्ध नभएको एउटा मित्रले दिएको ठेगानामा पुग्छु । यो मरुभूमिमा खसेको शीतको थोपाजस्तो छ । त्यसैले म चार्ज भएको ब्याट्रीजस्तै प्रसन्न तथा केही शक्ति थपिएको महसुस गर्छु । तर यस्तो अवस्थामा व्यक्तिले आपूmलाई नियन्त्रण गर्नैपर्छ । कुनै कुनै बेलामा छरपष्ट भएको आशाको कारणले जन्मिएको व्याकुलता पनि धेरै पीडादायी हुन्छ । त्यसै हुनाले म अन्जान घरको ठूलो गेटमा आइपुगेपछि ठिङ्ग उभिन्छु जुन यो ठूलो पर्खालको पछिल्तिर अवस्थित छ । के यो कुनै किसिमको ठट्टा हो ? हे भगवान ! म गल्तीले पो यहाँ आइपुगेँ कि ? सबै किसिमका नकारात्मकताहरू पान्डोराको बाकसजस्तो मेरो टाउकोबाट भाग्छन् ।
आगोबाट जलिसकेको मान्छे जूनकिरीको उज्यालोसँग समेत डराउँछ । तर, यहाँ त यस्तो लाग्दैछ कि मेरा मित्रले मलाई शायद जङ्गलमा आगो लागेको ठाउँमा पठाएका छन् ।
जीवन सधैँ अनेकौँ शानदार ब्लाङ्केटमा बेरिएका आश्चर्यहरूले भरिएको छ । कुनै बेला सिमसिमे वर्षाको अपेक्षा गरिन्छ तर अतिवृष्टिको सामना गर्नु पर्दछ जसले मरुभूमिलाई सुन्दर बगैँचामा रूपान्तरण गरिदिन्छ । अब यसपछि के हुन्छ भनेर मैले कल्पना गर्न सकिरहेको छुइनँ । मेरो मुटुको धड्कन स्टेशनमा निर्धारित समयमा यदाकदा मात्र आइपुग्ने एक्सप्रेस ट्रेन जसरी एकदम द्रुत गतिमा धड्किरहेको छ । ‘घर !’ होइन, होइन….. फेरि म गलत शब्दको प्रयोग गरिरहेकी छु । मेरो साथीले मलाई यो घर हो भनेका थिए । तर यो केवल ‘घर’ मात्र हो भन्ने कुरामा म विश्वस्त हुन सकेकी छैनँ किनभने यो चारैतिरबाट विशाल पर्खालले घेरिएको ठूलो महलजस्तो देखिन्छ ।
अहिले म खैरो रङको काठको गेटको सामुन्ने उभिएकी छु । म गेटबाट भित्र चियाएर हेर्न प्वाल खोजिरहेकी छु । तर यो गेटमा त्यस्तो प्वाल छैन ।
म मान्छे बोलाउने घन्टी खोज्नको लागि टाउकोलाई एक सय साठी डिग्रीमा घुमाउँछु र अन्त्यमा पाउँछु । त्यसपछि जीवनमा पहिलो पटक बजाएजस्तो गरीे लगातार घन्टीलाई थिचिरहन्छु मानौँ चमत्कारिक भूत आउनेछ र ढोकालाई खोल्नेछ । “ओपन सिसम….ओपन सिसम…” म भन्छु ।
घन्टीको आवाज कति धेरै चर्को छ भने त्यस घरमा बस्ने मानिसको कानको जाली फुटाउन सक्छ । ढोका खुल्छ । एउटी सुन्दर महिला अनुसार देखा पर्छिन् । उनको कपाल हिउँजस्तै सेतो छ । अनुहार कपालसँग विरोधाभासपूर्ण हुने गरी कलिलो र जवान देखिन्छ । म उनको उपस्थितिले मानौँ सम्मोहित हुन्छु । के म सपनामा छु ? मैले जोडसँग घन्टी बजाएकोले उनले मलाई ठूलो स्वरले गाली गर्छिन् होला भन्ने अनुमान गर्छु । तर उनी एकदम शान्त देखिन्छिन् मानौँ उनले त्यस्तो आवाज केही सुनिनन् । उनको राम्ररी स्याहार गरिएको अवस्था र राम्ररी अभ्यास भएको इशाराले मलाई आश्चर्यमा पार्छ । उनको अनुहारमा भएको मुस्कान सक्कली हो भनेर पत्याउन पर्याप्त आधार भए तापनि म उनले अनुहारमा नक्कली मुस्कान ल्याइरहेकी छिन् भन्ने कुरामा म निश्चिन्त हुन्छु ।
के म यी भूत सँगसँगै जान्छु ? त्यो महल त्यागिएको जस्तो पनि लाग्दैन र पुरानो पनि छैन । खासमा त्यो महल नयाँ र एकदमै राम्रोसँग स्याहारसम्भार गरिएकोजस्तो देखिन्छ । मलाई यो महल पहिला पनि देखेकोजस्तो अनुभूति हुन्छ । मैले यसलाई कहाँ देखेकी हुँ ? शायद पत्रिकामा होला । मेरो भाग्यले डो¥याइरहेको गन्तव्यको लागि के यो सही ठेगाना हो ? अथवा, कतै मेरो साथी मेरो अबोध सपनामाथि हाँस्न असभ्य ठट्टा पो गरिरहेको हो कि ? अथवा, हामी दुवैजना झुक्किएका हौँ कि ? म सकारात्मक सोच राख्ने मान्छे हुँ । त्यसो हुनाले म यस्तो वाहियात कुरा किन सोचूँ ? सकारात्मक होऊँ…… सकारात्मक होऊँ…..।
म आफ्नो पुरानो छालाको ब्याग खोल्छु र त्यहाँबाट कच्याककुचुक्क परेको कागजको टुक्रा निकाल्छु । त्यस कागजमा यस रहस्यपूर्ण ठाउँको ठेगाना छ । त्यस ठेगानालाई ठिक हो कि होइन भनेर दुई पटक नियालेर हेर्छु । त्यसपछि म त्यस कागजलाई ती महिलातर्पm बढाउँछु । “यो यही ठाउँ हो ? मेरो साथीले यहाँ किरायादारको लागि कोठा उपलब्ध छ भनेर मलाई पठाएका हुन् ।”
मेरा शब्दहरूले कुनै अर्थ बोक्छन् कि बोक्दैनन् भन्ने कुरामा म निश्चिन्त छैनँ । यतिबेला मैले आफ्नो शब्दभण्डारमा अरू कुनै उपयुक्त शब्दहरू पनि भेट्टाउन सकेकी छैनँ । म त्यस महलको भव्यताले पूरै सम्मोहित भएकी छु ।
“हो ।”
उनको स्वर मीठो र कर्णप्रिय रहेछ जुन उनको खस्रो र असुन्दर कपालसँग मेल खाँदैन ।
“यहाँ थुप्रै मान्छे भाडामा बस्छन् ?” मैले अबोधताको अभिनय गर्दै बिस्तारै सोधेँ ।
“हो ।”
के यी महिलाले हो भन्ने शब्द मात्रै जानेकी छिन् ? के म रोबोटसँग वा अर्कै ग्रहबाट आएकी महिलासँग कुरा गर्दैछु ? म अलि फरक किसिमको प्रश्न सोच्छु जसको उत्तर “हो” वा “होइन” भन्दा अलि बेग्लै हुन्छ ।
“मासिक भाडा कति हो ?”
“पहिला आउनुहोस् र कोठा हेर्नुहोस् ।” यो जवाफले मलाई उनको शब्दभण्डारमा अरू पनि धेरै शब्दहरू छन् भन्ने कुरामा विश्वस्त बनाउँछ ।
ती महिला चारवटा कोठाहरू हुँदै अघि बढ्छिन् र पाँचौँ कोठामा आएर रोकिन्छिन् ।
हामी बार्दलीमा आउँछौँ । महल बाहिरबाट अत्यन्त आकर्षक देखिन्छ । तर भित्र आएपछि यो जीर्ण र कमसल रहेछ । यो परित्यक्तताको चित्र हो । मैले यो महलको चित्र कतै देखेकी छु । शायद सिनेमामा होला । तर साँच्चै भन्ने हो भने म त्यस किसिमका ठाउँहरूलाई घृणा गर्दछु जुन उदास, रहस्यमयी, चुनौतीपूर्ण र रित्तो हुन्छन् ।
ती महिला चारवटा कोठाहरू हुँदै अघि बढ्छिन् र पाँचौँ कोठामा आएर रोकिन्छिन् ।
“यो एउटा कोठा मात्रै बाँकी रहेको छ र यो सबैभन्दा सस्तो पनि छ । बिहानको खाना र बेलुकाको खाना समेत गरेर तपाईंले मासिक भाडा रु. ३०००।– दिनु पर्दछ ।”
ती महिलाको आवाज एकै किसिमको शान्त भएकोले दिक्कलाग्दो छ । उनी यस अवधिमा मलाई शिरदेखि पाउसम्म, पाउदेखि शिरसम्म, ठाडोदेखि तेर्सोसम्म र तेर्सोदेखि पुनः ठाडोसम्म निरीक्षण गर्छिन् । तर म वास्ता गर्दिनँ । उनले भनेका शब्दहरू भने मैले आजसम्म सुनेकामध्ये सबैभन्दा सुन्दर र मीठा छन् । “आजको दिनको वाक्य ।” को अझ अरू धेरै सुन्न चाहन्छ ? म त चाहन्नँ ।
“म एक पटक कोठा हेरूँ ?”
यसपछि हामी कोठाभित्र जान्छौँ । अरू भरिएका घरहरूजस्तो नभएर कोठामा गाह्रोसँग डिजाइन गरिएको काठको ठूलो आरामदायक ओछ्यान छ । ओछ्यानभन्दा बाहेक अरू फर्निचरहरू चाहिँ प्लास्टिकका छन् । प्लास्टिकको टेबल, प्लास्टिकको कुर्सी भ्mयालको छेउमा राखिएको छ । कोठामा आलमारी छैन । त्यसैले मसँग चार वा पाँचवटा मात्र बाहिर लगाउने कपडा भए पनि तिनलाई कहाँ राख्ने होला भनेर छक्क पर्छु । त्यसपछि ती महिलाले रेक्जिनबाट बनाइएका फोल्डेड दराजतिर देखाउँछिन् मानौँ उनले मेरो दिमागलाई पढिन् । म प्रभावित हुन्छु र मेरो राष्ट्रिय गीत गाउँछु – “केही पनि नहुनुभन्दा केही हुनु राम्रो हो । केही पनि नहुनुभन्दा केही हुनु राम्रो हो ।” मितव्ययी सुन्दरताका वस्तुहरू ।
“खुशी ?” उनको स्वर उस्तै दिक्कलाग्दो र कुनै उत्तेजना नभएको किसिमको छ । यस्तो लाग्छ उनी रोबोट हुन धेरै लायक छिन् – साङ्गीतिकको साथै यान्त्रिक ।
“खुशी ?” उनी मलाई मेरो दुनियाँबाट ब्यूँझाएर वर्तमानमा ल्याउन ठूलो स्वरले पुनः सोध्छिन् । “यो पाचौँ कोठामा चमेरो छ । यदि तपाईंले यस कोठामा बस्ने निर्णय गर्नुभयो भने तपाईंले चमेरोसँगै बस्नुपर्नेछ ।”
उनी उनको आँखीभौँमा कुनै चाल नल्याइकनै यसो भन्छिन् ।
“चमेरो….? मैले तपाईंको कुरा बुझिनँ ?”
ती महिला मलाई यसरी हेर्छिन् मानौँ उनीमाथि अचानक कडा बिजुलीले प्रहार गरिएको छ ।
नाटक नगर राजकुमारी । चमेरो भनेको चमेरो नै हो । योभन्दा बाहेक मेरो लागि अरू के अर्थ हुन सक्छ ? मेरो प्रश्नले उनको चित्त निकै दुखेकोजस्तो उनको आवाजबाट बुझिन्छ ।
साँच्चै भन्नुपर्दा, म मेरो प्रश्नमा त्यस्तो अफ्ठ्यारो लाग्नुपर्ने केही कुरा पनि भेट्दिनँ । तर म उनीसँग कुनै पनि किसिमको समस्या ल्याउन चाहन्नँ । उनी उनलाई हेरिरहेको मेरो नजर र भनाइलाई पन्छाउँदै तुरुन्तै कोठाबाट निस्केर जान्छिन् मानौँ उनलाई सम्हालिन केही मिनेटको समय चाहिन्छ ।
“यदि तपाईं चाहनुहुन्छ भने बस्न सक्नुहुन्छ । अन्यथा तपाईं अहिले नै गइहालेको राम्रो । यस्तो जाबो कुरामा म मेरो समयलाई खेर फाल्न चाहन्नँ ।”
त्यसपछि चिन्तित हुँदै म पनि कोठाबाट निस्किन्छु ।
मजस्ती अनुभवहीन केटीले कसरी चमेरोसँग कोठा शेयर गर्न सक्छु ? यस कुराले मलाई ज्यादै थकित बनाउँछ । म यस विषयलाई पटक पटक सोचिरहन्छु जसले मेरो टाउकोमा तनाब उत्पन्न गराउँछ ।
अन्त्यमा एउटा निर्णय गरिन्छ ।
“ड्राकुलाले भेष बदलेर आई मेरो फुस्रो छाला भएको दुब्लो शरीरबाट रगत चुसेर नलगुन्जेल चमेरोसँग कोठा शेयर गर्ने कुरासँग कसलाई के मतलब ? यदि यो ड्राकुला नै हुन्थ्यो भने पनि ऊ मलाई देखेर मप्रति दयावान हुन्थ्यो होला र अन्यत्र कहीँबाट मेरो लागि बरू केही रगत नै लिएर आउँथ्यो होला । अनि ठिकै छ, यद्यपि ओछ्यान दुईजना पूरै वयस्कहरू सुत्नको लागि पर्याप्त भए तापनि म यो जीवसँग ओछ्यान नै चाहिँ शेयर गर्ने छैनँ ।”
यो डरलाग्दो विचारले मेरो नशानशामा बिजुलीको करेन्ट पठाउँछ । त्यसैले म बल गरेर आँखा बन्द गर्छु र सुत्ने प्रयास गर्छु ।
त्यसपछि म मेरो बाँकी जीवन यो सनकी, डरलाग्दो तथा घृणित चमेरोसँग बिताउनुपर्ने अवस्थाको कल्पना गर्छु । यो सोचाइले मेरा आँखाहरू बन्द हुन्छन् । हे भगवान् ! मेरो सोचलाई बलियो बनाउन सहयोग गर । यद्यपि म मेरो जीवन मलेसियाका अँध्यारा गुफाहरूमा बिताउने कुरा कल्पनासम्म गर्न सक्दिनँ, के म केवल बिजुलीबत्ती र एउटा चमेरो मात्र भएको कोठामा बस्न सक्छु ?
यस किसिमले चमेरो र म साथी हुनको लागि बाध्य हुन्छौँ । म यो पाचौँ कोठामा बस्ने पाचौँ व्यक्ति बन्दछु । त्यस कोठामा अहिलेसम्म लगातार दुई दिनभन्दा बढी कोही पनि बसेको रहेनछ । मैले यो चमेरो र मेरो अनौठो पिँजडाको बारेमा मेरा कुनै पनि साथीलाई भनेको छैनँ । त्यसैले मेरा साथीहरू मैले त्यति राम्रो घरमा डेरा पाएकोमा मेरो इष्र्या गर्छन् ।
म मेरो डेराको सहयात्री सम्झेर छक्क पर्दै मेरो ठूलो ओछ्यानमाथि पल्टेको छु, यद्यपि यो मेरो आफ्नो होइन, तर म मेरो आफ्नै हो भन्ने सम्झन्छु) । यस चमेरोसँग बस्नुअघि मैले कति धेरै दुःख गरेको छु । तर चमेरो दुई या तीन दिन नबितुन्जेलसम्म कोठामा प्रवेश गर्दैन । त्यसपछि चौथो दिन मेरो अगाडि अचानक देखा पर्दछ । म यसलाई घरको छतमुनि तलतिर फर्केर झुन्डेको देख्छु । त्यसलाई देखेको पलमा मेरा सम्पूर्ण सपनाहरू छरपष्ट हुन्छन् । अहिले यतिबेला चमेरोलाई यसरी देख्छु होला भन्ने मैले कल्पनासम्म गरेको थिइनँ । कति धेरै आकर्षक देखिएको चमेरो, उसमा ठूलो र बलियो ड्राकुला भन्ने कुनै अभिप्राय देखिएको छैनँ । मलाई अभैm पनि असजिलो र गाह्रो अनुभव भइरहेको छ । म रातभरि अनिद्रै रहन्छु । चमेरो छानाको तेर्सो दलिनमा उसका मसिना खुट्टाहरूले समाएर तुर्लुङ्ग झुन्डेर मलाई एकोहोरो हेरिरहन्छ । म पनि त्यसै गरी उसैलाई हेरेर ननिदाइकनै पूरै रात बिताउँछु ।
यदि यो ड्राकुला होइन भने के यो भूत हो त ? अथवा कसैको आत्मा हो ? यो डरलाग्दो विचारले मेरो नशानशामा बिजुलीको करेन्ट पठाउँछ । त्यसैले म बल गरेर आँखा बन्द गर्छु र सुत्ने प्रयास गर्छु ।
बिहान सबेरै चमेरो त्यहाँबाट अन्तै गइसकेको होला भन्ने सोच्दै उठ्छु । तर त्यो त त्यहीँ छ, आँखा खोलेर एक तमासले मलाई त्यसरी नै हेरिरहेको छ । जे होस्, मैले उसको अगाडि लुगा फेरेको पनि लाज पचाएर हेरिरहन्छ, मैले काम चलाउ खानेकुरा खाएको पनि त्यसरी नै हेरिरहन्छ । ऊ कत्ति पनि नथाकिकन मेरो प्रत्येक चाल, पाइला र गतिलाई एकदमै नजिकबाट नियालिरहन्छ ।
मलाई अचम्म लगाउँदै उसको निगरानीले मेरो जीवनमा परिवर्तन ल्याउन थाल्छ । त्यहाँ उसको नामोनिशान केही नभएको बेलामा समेत मेरो सोचाइभरि चमेरो पूरै आएर बसेको छ । उसलाई पनि यस्तै हुन्छ कि भन्ने सोचेर मलाई अचम्म लाग्छ ।
दिनहरू बित्दै जान्छन् । हामी हाम्रो दैनिक जीवनलाई कुनै परिवर्तन नगरिकनै निरन्तरता दिइरहन्छौँँ । हामी केही नगरिकनै एकअर्कालाई त्रास एवम् बढ्दो प्रेमले हेर्दै उद्विग्न रात बिताउँछौँ । यो मौनताले हामीलाई एउटा दूरी कायम गर्न सल्लाह समेत दिन्छ ।
वास्तवमा एकदिन हामी एकअर्कासँग कुरा गर्न शुरु गर्छौं । पहिलो प्रश्न म गर्छु ।
“तिमी कत्रो छौ ?”
ऊ आपूm ठूलो पनि होइन, ज्यादै सानो पनि होइन, ठिक्कको चमेरो भएको कुरा स्वीकार गर्छ ।
“त्यसोभए ऊ के हो त ?” हरेक चिज भ्रमपूर्ण लाग्छ । चमेरोजस्तो जन्तुले मभित्र यस किसिमको प्रभाव पार्छ होला भनेर मैले कहिल्यै पनि कुनै कुल्पनासम्म गरेको थिइनँ ।
काममा भएको बेलामा म उद्विग्न भएको अनुभव गर्छु । म चमेरोलाई भेट्नुअघिको समयका हरेक मिनेटलाई गन्न थाल्छु । यसै बीचमा, त्यस महलमा बसेर महलको हेरचाह गर्ने आइमाई हरेक दिन झन्झन् घिनलाग्दी र कुरुप हुँदै जान्छे । ऊ यस्तो व्यवहार गर्छे मानौँ म उसको एक मात्र प्रेमीसँग सुत्ने गरेकी छु ।
म त्यस महलमा बस्ने अर्को भाडावालसँग कुरा गर्न बिर्सन्छु । वास्तवमा, मैले उनीहरूसँग कुरा गर्न बिर्सेको हुँ कि मैले उनीहरूलाई कहिल्यै देखेकीसम्म पनि छैनँ भन्ने कुरामा म यकिन हुन सकेको छैन ।
“तिमीलाई थाहा छैन, नानी ? यो कसैले पनि बस्न नसक्ने गरी त्यागिएको घर होइन । त्यसैले घरधनीले यसलाई बिक्री गर्ने योजना गरिरहेका छन् ।”
मेरो भाँडा माझ्ने काम सकिने बित्तिकै चमेरोसँगको मेरो दैनिक कुराकानी शुरु हुन्छ । यो दुईतर्फी कुराकानी नै हो भन्ने कुरा पनि म ठ्याक्कै भन्न सक्दिनँ । तर म कुरा गर्छु । म धेरै कुरा गरिरहन्छु । र, चमेरो चाहिँ संसारकै सबैभन्दा धेरै धैर्यवान जीव बन्छ । ऊ कहिल्यै झर्कोफर्को गर्दैन र मलाई एकोहोरो सुनिरहन्छ ।
मेरो विगत, अरू मानिसहरूलाई लागे अनुसार रहस्यमय छ । मेरो वर्तमानको बारेमा मानिसहरूमा अभिरुचि छ । मेरो भविष्यको सम्बन्धमा मसँग थुप्रै सपनाहरू छन् । ती सपनाहरू म यही चमेरोलाई सुनाउने गर्छु । यो चमेरोप्रति मलाई विश्वास छ । त्यसैले हाम्रो कुराकानी धेरै बेरसम्म चलिरहन्छ । खास गरी, बेलुकाको खाना खाएपछि यो कुराकानी शुरु हुन्छ । चमेरोले पनि उसको गोप्यता र उसका जीवनका कथाहरूलाई मलाई देखाउँछ ।
एकदिन म मेरा पत्रिकाहरूमध्येको एउटा चमेरोलाई देखाउँछु । म चमेरोसँग यस पत्रिकामा भएका घरहरूमध्ये कुनै एउटामा कुनै दिन आपूmलाई व्यवस्थित गर्न सकेँ भने उसलाई पनि साथै राख्छु भनेर प्रतिज्ञा गर्छु । ऊ मलाई यस्तो घर भव्य महल हुनुपर्छ साधारण घर होइन नि भनेर सम्झाउँछ ।
एकदिन म उसलाई मेरो नजिकै आउन भन्छु । त्यस दिनदेखि ऊ मेरो नजिकैको प्लाष्टिकको कुर्सीमा झुण्डिन थालेको छ । कुनै बेलामा त ऊ ओछ्यानसम्मै पनि आउन थालेको छ । जब ऊ मेरो काखमा बस्न चाहन्छ, म उसलाई बस्ने अनुमति दिन्छु । उसले मेरो अनुपस्थितिमा मेरो कोठमा आउने साङ्लाहरू, गोब्रे किरो, माउसुली आदि जीवहरूलाई खाइदिन्छ । यो कुरा थाहा पाएपछि म धेरै खुशी छु । त्यसो हुनाले मैले उसलाई राति मेरो ओछ्यान शेयर गर्न सल्लाह दिएको छु ।
हामी दुईजना खुशीसाथ झन्डै दुई वर्षसम्म सँगै बस्छौँ । तर त्यस कुरुप आइमाईले हामीलाई छोडेर गएपछि हरेक कुरा बदलिन्छ । त्यस कुरुप आइमाईको ठाउँमा एउटा बूढो मान्छे आउँछ । उसको कपाल पूरै कालो छ, । ऊ हामीलाई उसलाई यस महलको वास्तविक मालिकले यहाँ पठाएको भनेर भन्छ ।
एकदिन म कामबाट फर्केर आएपछि अस्वभाविक अनुभव गर्छु । म महलका सबै भ्mयाल र ढोकाहरू खुल्लै रहेको देख्छु ।
“अङ्कल, यो के हो ? तपाईंले के गर्नुभएको ?” घरभित्र सबैतिर उज्यालो पसेको देखेर म अचम्ममा पर्छु ।
“म यस महललाई राम्रोसँग सफा गर्न र बिक्रीका लागि तयार गर्दैछु ।”
“तर किन ?”
“तिमीलाई थाहा छैन, नानी ? यो कसैले पनि बस्न नसक्ने गरी त्यागिएको घर होइन । त्यसैले घरधनीले यसलाई बिक्री गर्ने योजना गरिरहेका छन् ।”
“कस्तो बेकारको कुरा ! त्यसो भए म कहाँ जानु त ?” मेरो सोचाइले अचानक मेरो टाउकोमा लात्तीले हान्छ ।
“त्यो चमेरो ? हे भगवान ! त्यस चमेराको अवस्था के हुन्छ होला ?” म चिन्ताग्रस्त आवाजमा बोल्छु ।
“के ? तिमीले के कुरा गरेको नानी ? बेकारको कुरा नगर ।”
“अनि बहालमा बस्नेहरू नि ? हामीलाई यस विषयमा पूर्व सूचना दिइएको छैन ।”
“नानी, नानी, तिमी एकजना मात्रै हौ यहाँ बहालमा बस्ने । तर तिमीले यो ठाउँ तुरुन्तै खाली गर्नै पर्दछ ।”
यस पुरानो फुटेको महललाई कसले किन्न लागेको हो ? मलाई यो अशिष्ट कुराकानीले दिक्क लाग्छ ।
म तत्कालै आफ्नो कोठातिर दौडन्छु । यस कोठाको पनि ढोका र भ्mयालहरू पूरै खुलेका छन् । म तिनलाई दिउँसो कहिल्यै खोल्दिनथेँ, केवल राति मात्र खोल्थेँ । यो देखेर मेरो भोक हराउँछ । चमेरो कतै पनि देखिएको छैन । म आपूmभित्र पूरै अँध्यारो र रित्तोपन अनुभव गर्छु ।
म दिनभरि रुन्छु । अब ऊ मेरो लागि फर्केर आउँदैन ? मसँग भएको मेरो आजसम्मको एउटा र केवल एक मात्र साथी । आँसु मेरो अनुहारभरि खस्छ । तर त्यसपछि मेरो अन्तरात्माले मलाई चमेरो अवश्य फर्केर आउँछ भन्छ ।
म सही हुन्छु । चमेरो फर्केर आउँछ । तर ऊ अनौठो देखिन्छ ।
“तिमी कहाँ गएका थियौ ? मैले त तिमी मलाई छोडेर गयौ भन्ने पो सोचेको ।”
“त्यस्तो कहिल्यै हुन्न । म कहिल्यै त्यसो गर्दिनँ ।…. मैले हामी दुवैका लागि नयाँ ठाउँ फेला पारेको छु ।”
म चमेरोलाई कसिलोसँग अँगालो हाल्छु । त्यसपछि मेरो जीवनमा पहिलो पटक चमेरो र म सँगै सुत्छौँ ।
तर घरको दलिनमा बसेर नयाँ चमेरो हामीलाई हेरिरहन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।