किताब प्रेमीको यो संसारमा कुनै कमी छैन !

भारतको नयाँ दिल्लीस्थित एक व्यक्तिले जब आफ्नो किताबप्रेम ट्वीटरमा पोखे, उनको वालमा बिहेका प्रस्तावदेखि त्यो किताब कुनोमा म आफू बस्न पाए भाग्यमानी हुने थिएँ भन्नेसम्मका जवाफ पाएका छन् ।

ट्वीटरमा सौमिक नामका भारतीय एक व्यक्तिले लेखेका थिए, ”जसलाई थाहा छैन, बताइहालूँ, म पुस्तकालयमा बस्ने गर्छु ।”

उनको निजी संग्रहमा करिब आठ हजार पुस्तक भएको खुलासा पनि ट्वीटरमा गरेका छन् । ७५ प्रतिशत पुस्तक किनेर नै ल्याएको र बाँकी भने उपहारका रूपमा पाएको उनले बताएका छन् ।

यो तस्बिर भारतमा भाइरल भएपछि कतिले उनको पुस्तकालय घुम्न पाए हुन्थ्यो भन्ने आशा व्यक्त गरेका छन् भने कतिले बिहेकै प्रस्ताव राखेका छन् ।

सारा काजीले त एउटै कुनामा हप्तौँसम्म बस्न सक्ने भनी जवाफ फर्काएकी छन् ।

अर्की एक महिलाले तिम्रो बिहेको कुरा चलाइदिउँसमेत भन्न भ्याएकी छन् ।