गएको साता साइन्स फेन्टासी लेखकहरूको उत्सवका रूपमा लिइने ह्युगो अवार्ड सम्पन्न भयो । साइन्स फेन्टासी विधाका उपन्यास तथा उपन्यासकारहरूका उच्च कोटीका सिर्जनालाई हरेक वर्ष पुरस्कार दिइने कार्यक्रममा निम्त्याइएका बहुचर्चित टिभी सिरिज ‘गेम अफ थ्रोन्स’का लेखक जर्ज आरआर मार्टिन विवादमा परेका हुन् । उनले भर्चुअल अवार्ड कार्यक्रममा पटक पटक समलैंगिक सम्बन्धमाथि ठट्टा गरेका र थिए र सो कुराको यतिबेला विरोध भइरहेको छ ।
लेखक मार्टिनको अ सङ अफ आइस एन्ड फायर उपन्यासमाथि बनेको गेम अफ थ्रोन्स, त्यसै पनि यौन हिंसा र महिला हिंसाका अनेक किस्सा थपेर बिदा भइसकेको छ । तर उनका आलोचक र प्रशंसक दुवै भने टेलिभिजन वा वेबमा देखिएका ती हिंसा किताबमा अभिव्यक्त भएका हिंसाको पाँच गुणा कम मात्र हो ।
आफ्ना पाँच पुस्तकमा मार्टिनले जति हिंसा लेखेका छन्, त्यति त पछिल्ला कुनै कृतिमा पनि छैनन् भन्ने केही समीक्षकको आरोप छ । ह्युगो अवार्डमा उनले अभिव्यक्त गरेका धारणा लैंगिक अल्पसंख्यक समुदायविरोधी मात्र होइन, श्वेत जातिको प्रशंसकका रूपमा उनी बढी देखिएका पत्रकार ग्याब्रियली ब्रुनीले एस्क्वायर म्यागेजिनमा लेखेकी छन् ।
कार्यक्रममा मार्टिनले नामांकनमा परेका लेखकहरूमाथि समीक्षा तथा टिप्पणी गर्नुको साटो उनले विभेदका पुरानै कुरा दोहोर्याएका थिए, जुन कार्यक्रमका आयोजकहरू स्वयंलाई रूचेको थिएन ।
सन् १९५३ मा पहिलो पटक ह्युगो अवार्ड प्रदान गरिएको थियो । २०१६ मा मात्र बल्ल एन के जेमिसिनलाई यो अवार्ड दिएर काला जातिका लेखक पनि प्रतिभासम्पन्न हुन्छन् भन्ने मान्यता दिएको थियो । पछि त लगातार अर्को दुई वर्ष जेमिसिनले उत्कृष्ट उपन्यासको विधाबाट पुरस्कार हात पारेकी थिइन् ।
तर मार्टिनले जेमिसिनको लगातारको जितलाई कुनै भाउ दिएनन् तर नौ वर्षको अन्तरालमा पुरस्कार जित्ने श्वेत पुरूषहरूको प्रशंसामा आफ्नो अधिकांश समय व्यतित गरिदिए । जसका कारण उनी विवादमा परेका हुन् ।
यति मात्र होइन, कार्यक्रममा उनले दुई लेखकको नाम लिएका थिए, एचपी लभक्राफ्ट र जोन डब्लु. क्याम्पबेल । यी दुवै लेखकको निधन भइसकेको छ । ती दुवै लेखक काला जातिका लेखकलाई देखिसहँदैन थिए । उनले सो कार्यक्रममा अस्कर अवार्डमा दिइने लेडीलाई लिंग नछुट्टिएकी स्त्री भन्दै ठट्टा गरेका थिए ।
पछिल्लो समय ह्युगो अवार्ड यस्तै यस्तै संवेदनाहीन टिप्पणीकर्ताका कारण विवादित बन्दै गइरहेको केहीको चिन्ता छ । वर्ल्ड साइन्स फिक्सन कन्भेन्सनले यो पुरस्कार दिने गर्छ । यो पुरस्कार बढी नै श्वेतप्रेमी भएको आलोचना भएपछि सन् २०१० को दशकमा यसलाई सुधार गर्न थालिएको थियो । खासमा अवार्डप्रेमीहरूले एउटा अभियान नै चलाएका थिए र सो अभियानको चर्को विरोधीका रूपमा मार्टिनसमेत थिए । उनको भनाइ थियो, अवार्डमा प्रतिभालाई पुरस्कृत गर्नुस्, रङलाई होइन ।
उनले यस पटकको पुरस्कारमा काला जातिका लेखक जो नामांकित भएका थिए, तिनको नाम पनि बिगारेर उच्चारण गरेका थिए । उनको सो कृत्यको पनि आलोचना भएको थियो । अवार्डलगत्तै ट्वीटरमा बबन्डर मच्चिएपछि उनले आफ्नो निजी ब्लगमा नाम बिगारेर उच्चारण गरेकामा क्षमासमेत मागेका थिए । त्यसमा आफ्नो कुनै गलत मनशाय नरहेको समेत बताएका थिए ।
उनले सो ब्लगमा आफ्नो भागमा पुराना कुराहरू सम्झने विषय दिइएको र सोहीअनुसार भाषण गरेको, कसैको योगदानलाई कम आँक्ने कुनै मनशाय नरहेको समेत प्रस्ट्याएका थिए ।
उनी विवादमा आएपछि उनले आफ्ना उपन्यासमा कसरी हिंसालाई ठाउँ दिएका छन् भनी केही आलोचकहरूले उधिन्न थालेका थिए । जस्तो कि उनको बहुचर्चित उपन्यास आइस एन्ड फायरमा विवाहकै रात कसरी एउटी दुलही बलात्कृत भएको दृश्य सम्झाउनेबित्तिकै मार्टिन भन्छन्, ‘युद्धको पृष्ठभूमिमा लेखिएको सो दृश्य केहीलाई नराम्रो लागेको भए पनि यस्ता घटनाहरू युद्धका बेला स्वाभाविक हुन पुग्छन् । हामीले यस्ता घटना घट्दैनन् भन्नु आँखा चिम्लनु हो । युद्धका बेला हामीले कल्पनै गर्न नसक्ने विभत्स घटना घटेका छन्, घट्छन् ।’
मार्टिनले भने केही प्रश्नको जवाफ अझै दिएका छैनन् र समलैंगिकताप्रति उनको अझै पनि उति राम्रो धारणा छैन ।
यस वर्ष ह्युगो अवार्ड कसले पायो त ? तल सूची हेर्नुस्ः
2020 Hugo Awards
Best Novel
- A Memory Called Empire by Arkady Martine (Tor; Tor UK)
Best Novella
- This Is How You Lose the Time War by Amal El-Mohtar and Max Gladstone (Saga Press; Jo Fletcher Books)
Best Novelette
- Emergency Skin by N.K. Jemisin ( Forward Collection (Amazon))
Best Short Story
- “As the Last I May Know”,by S.L. Huang (Tor.com, 23 October 2019)
Best Series
- The Expanse by James S. A. Corey (Orbit US; Orbit UK)
Best Related Work
- “2019 John W. Campbell Award Acceptance Speech”, by Jeannette Ng
Best Graphic Story or Comic
- LaGuardia, written by Nnedi Okorafor, art by Tana Ford, colours by James Devlin (Berger Books; Dark Horse)
Best Dramatic Presentation, Long Form
- Good Omens, written by Neil Gaiman, directed by Douglas Mackinnon (Amazon Studios/BBC Studios/Narrativia/The Blank Corporation)
Best Dramatic Presentation, Short Form
- The Good Place: “The Answer”, written by Daniel Schofield, directed by Valeria Migliassi Collins (Fremulon/3 Arts Entertainment/Universal Television)
Best Editor, Short Form
- Ellen Datlow
Best Editor, Long Form
- Navah Wolfe
Best Professional Artist
- John Picacio
Best Semiprozine
- Uncanny Magazine, editors-in-chief Lynne M. Thomas and Michael Damian Thomas, nonfiction/managing editor Michi Trota, managing editor Chimedum Ohaegbu, podcast producers Erika Ensign and Steven Schapansky
Best Fanzine
- The Book Smugglers, editors Ana Grilo and Thea James
Best Fancast
- Our Opinions Are Correct, presented by Annalee Newitz and Charlie Jane Anders
Best Fan Writer
- Bogi Takács
Best Fan Artist
- Elise Matthesen
Lodestar Award for Best Young Adult Book (not a Hugo)
- Catfishing on CatNet by Naomi Kritzer (Tor Teen)
Astounding Award for Best New Writer, sponsored by Dell Magazines (not a Hugo)
- R.F. Kuang (2nd year of eligibility)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।