बेलायतको वेस्ट योर्कसायरस्थित बेटली पुस्तकालयमा पुराना पुस्तकको प्रदर्शनी र बिक्री वितरण गर्ने भनी दुई दिने कार्यक्रम आयोजना गरिएको थियो ।
फेसबुकमा यो दुई दिने कार्यक्रमका बारेमा यति धेरै ठूलो हल्ला भयो कि किताबका प्रशंसकहरूको ठूलो भिड जम्मा भयो ।
त्यो भिड आयोजकहरूले कल्पनासमेत गरेका थिएनन् ।
प्रदर्शनीमा एक पाउन्डमा अँगालोभरि पुस्तक लैजानोस् भन्ने नारा लगाइएको थियो । तर एक पाउन्डमा पाइने पुस्तकहरू भने बेग्लै छुट्याइएको थियो ।
प्रदर्शनीमा आउनेहरूले एक पाउन्डका किताब भन्दै जुन पायो त्यै पुस्तक उठाउँदै अँगालोभरि लैजान थालेपछि भने वेस्ट योर्कसायरमा आतंक नै मच्चियो ।
‘फेसबुकमा गलत चिज हल्ला हुँदा पुस्तकप्रेमीहरूले पनि नाजायज काम गरे,’ पुस्तकालयमा स्वयंसेवक प्रदर्शक स्टिभ म्याक्ग्राथले फेसबुकमा लेखे, ‘एक डलरमा नपाइने पुस्तकहरू पनि बिक्रीका लागि होइनन् भन्दाभन्दै पनि मान्छेहरूले लगभग डकैतीको शैलीमा किताबहरू उठाएर हिँडे । यो देख्दा मलाई अब किताबी कीराहरू पनि अब पहिलेका जस्ता रहेनन् भनेर दुःख लाग्यो ।’
यो किताबी लुटमारमा कति पुस्तक उठाइए भन्ने अझै गणना हुन नसकेको पुस्तकालयले जनाएको छ । फेसबुकमा गलत हल्ला चल्दा नराम्रो घटना घटेको र आफूहरूलाई किताबी कीराहरूप्रतिको विश्वास उठेको पुस्तक प्रदर्शनीका आयोजकहरूले फेसबुकमा प्रतिक्रिया जनाएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।