प्रेमा शाह प्रेम र यौनलाई अङ्गिकार गरी बिसको दशकमा नेपाली साहित्यमा एउटा नयाँ युगको सुरुवात गर्ने प्रख्यात साहित्यकार हुन् । पहेँलो गुलाफ (२०२३), विषयान्तर (२०२८) कथासंग्रह, आकाश विभाजित छ (संयुक्त लेखन : वि.सं. २०३२), मम्मी (२०४०) उपन्यास प्रकाशित छन् । साथै बालसाहित्यमा पनि उनी चर्चित छिन् ।