साहित्यकार तथा वरिष्ठ कवि जय प्रसाद पाण्डे वि.सं. १९९९ साल कात्तिक १३ गते, बिहीबार भएको थियो। भारतको बनारसमा शिक्षाग्रहण गरी त्यहीँ बसोबास गर्नुभएका कवि पाण्डेले वि.सं. २०२९ सालदेखि विराटनगर १४ मा स्थायी रूपमा बस्न सुरु गर्नुभयो। वि.सं. २०१८ सालमा "टाढा टाढा बस्ने तारा" शीर्षकको कविताबाट काव्यिक यात्रा प्रारम्भ गर्नुभएका पाण्डेमा साहित्यिक चेतनाको उल्लेखनीय स्फुरण भने २०२० सालदेखि भयो । उहाँले नेपाली साहित्य सम्पर्क समिति, वाराणसीको स्थापना कालमै पहिलो सदस्यता प्राप्त गर्नुभएको थियो। पछि कार्यकारिणी सदस्य तथा आजीवन विशिष्ट सदस्यताको सम्मान पनि प्राप्त गर्नुभयो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको अप्रकाशित कृति भावना गंगेय मा सम्पादकीय लेखी प्रकाशनमा ल्याउने महत्वपूर्ण कार्य पनि उहाँले गर्नुभयो। सोही समयदेखि काव्य रसमा डुब्नुभएको उहाँ जीवनभर कविता साधनामा समर्पित रहनुभयो । वि.सं. २०८२ साल असार ९ गते सोमबार उहाँको निधन भयो । उहाँका आठवटा कविता संग्रहहरू प्रकाशित भइसकेका छन् ।