लेखक जयदेव गौतम समसामयिक राजनीति, साहित्य, खेलकुद एवं अन्य विभिन्न विषयमा समेत कलम चलाउँछन् । वि.सं २०४० सालदेखि पत्रकारिता र स्वतन्त्र लेखन सुरू गरेका गौतम ०४७ सालदेखि नियमित पत्रकारिता गर्दै आएका छन् । निबन्धकार, यात्रा–लेखक, अनुवादक, सम्पादक र खेलकुद पत्रकारका रूपमा परिचय बनाएका उनको सम्पादनमा विभिन्न समसामयिक पत्र–पत्रिका र जर्नलहरूका साथै ‘आवाजहरू मौन छैनन्’, ‘पृथक् आवाज’, ‘विद्यार्थी र युवा राजनीतिमा महिला नेतृत्व’लगायत पुस्तकहरू प्रकाशित छन् ।