माछापुच्छ्रे बैंक र Mega Mart Pvt Ltd (Big Mart Pvt. ltd) बीच डिजिटल कारोबारलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ । सम्झौता पश्चात देशभरि रहेका Big बचत का आउटलेटहरुबाट माछापुच्छ्रे बैंकका ग्राहकहरूले बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल माध्यमहरू प्रयोग गरी सामान खरिद गर्दा आकर्षक सुविधाहरू पाउने छन् ।

यसैबीच बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएसबाट Big बचतमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा रु. २०० सम्मको क्यासब्याक प्रदान गर्ने छ ।

माछापुच्छ्ररे बैंक लि.ले देशभर रहेका ३०० भन्दा बढी विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संघसंस्थाहरूलाई व्यापार प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ ।

साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवाहरू सञ्चालन गरिरहेको छ ।
माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ्ग सेवा, २०० एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।