प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरूलाई बुद्ध एयरको सेवामा विशेष छूट दिने सम्झौता भएको छ ।
एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धवलाल कायस्थद्वारा हस्ताक्षर गरियो ।
सम्झौताअनुसार प्रभु बैंक लि.का कर्मचारी तथा ग्राहकवर्गहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८% छूट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छूटको व्यवस्था गरेको छ ।
मिति २०५३ साल वैशाख ११ गते स्वीकृति प्राप्त गरी २०५४ आश्विन २५ गतेबाट उडान सुरु गरेको बुद्ध एयरले हाल आएर आन्तरिक उडानको साथ साथै भारतको बनारससम्म पनि आफ्नो सेवा विस्तार गरेको छ ।
ग्राहकहरूको रोजाईमा अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै,लण्डन स्थित दि फाइनान्सियल टाइम्सले बैंक अफ दि इयर–२०२३ बाट सम्मानित प्रभु बैंक, छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।