सोमबार प्रभु बैंक लिमिटेड र युएस एड ट्रेड एन्ड कम्पिटिटिभनेस बिच स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal नामक परियोजनाका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमायुएस एड ट्रेड एन्ड कम्पिटिटिभनेसका तर्फबाट प्रतिनिधि मार्कस् मुलरले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरूमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरूका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरूलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको बैंकका प्रमुख ग्लोबल मार्केट अधिकृत सुजिन शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।