माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपरमार्केटहरूमा १० प्रतिशत छुट दिने भएको छ ।

बैंकका ग्राहकले डेबिट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो ।

बैंकले ग्राहकले डेबिट कार्डमार्फत कारोबार गरेको खण्डमा प्रति व्यक्ति १०% वा बढीमा रु.२०० सम्म क्यासब्याक तथा क्रेडिट कार्डमार्फत कारोबार गरेको खण्डमा अधिकतम रु २०० सम्म छुट पाउने व्यवस्था गरेको हो । यो क्यासब्याक बिगमार्टका रामबजार, पस्र्याङ, बगर, शितलादेवी, र फूलबारी शाखामा उपलब्ध हुने बताइएको छ ।

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ । साथै, बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।