माछापुच्छ्रे बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
बैंकले बढ्दै गइरहेका जाडो मौसमलाई मध्यनजर गरेर आर्थिक अवस्था कमजोर रहेका कोशी प्रदेशको उदयपुर जिल्लास्थित श्री आधारभूत विद्यालय, सिवाई बेल्हा तथा श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थीहरूलाई विद्यालय पोशाक अनुसारको रङको स्वीटरहरू वितरण गरेको हो ।
यसैगरी बैंकले मधेश प्रदेशको सिरहा जिल्लास्थित श्री जनता आधारभूत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीहरूलाई पनि स्वीटर हस्तान्तरण गरेको छ । बैंकले विद्यालयहरूसँगको समन्यवमा ती विद्यालयहरूमा अध्यनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै जम्मा ३१० थान स्वीटर वितरण गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका सातै प्रदेशरूरुमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका अन्य कामहरूमा स्थानीय निकायहरूसँग सहकार्य गर्दै आइरहेको छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १२७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।