सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि.को आ.व. २०७८।०७९ को छैटौँ वार्षिक साधारण सभा माघ ११ मा आम्रपाली बैंक्वेट, नक्साल, काठमाण्डौंमा सम्पन्न भयो ।

कम्पनीका अध्यक्ष तारा चन्द केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नुका साथै वार्षिक विवरणसमेत पेश गर्नु भयो ।

कम्पनीको छैटौँ वार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आ.व. ०७८/७९ वार्षिक प्रतिवेदनसहित साबिक सानिमा लाइफ इन्स्योरेन्स लि. तथा रिलायन्स लाइफ इन्स्योरेन्स लि. का आ.व. २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै आ.व.०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्तावसमेत पारित गरेको छ ।

सभाले संस्थापक शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरू क्रमशः कुमारप्रसाद कोइराला, रतनलाल केडिया, डा. सुवर्ण दास श्रेष्ठ र भरतकुमार तोदी तथा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक क्रमशः केशव राज के.सी. र परिक्षित खेम्का निर्विरोध निर्वाचित हुनु भयो ।