संस्कृत भाषाबाट नेपाली भाषामा जस्ताको तस्तै आएका शब्दलाई तत्सम शब्द भनिन्छ । यस्ता शब्द चिन्ने केही आधारहरू निम्नअनुसार छन् :
- श, ष, ऋ, क्ष, ज्ञ, ञ र ण (प्रायः) जस्ता अक्षर तत्सम शब्दमा मात्र प्रयोग हुन्छन् ।
- वि उपसर्गका साथै संयुक्ताक्षर व्य तत्सम शब्दमा मात्र प्रयुक्त हुन्छन् ।
- विसर्ग (:) र अनुस्वार वा शिरविन्दु तत्सम शब्दमा प्रयोग हुन्छन् ।
- तत्सम शब्दको चिनारीका लागि निम्न तालिकाको अध्ययन गरौँ :
चिनारी | शब्द | चिनारी | शब्द |
श्/श | शब्द, शक्ति, शक्तिशाली, विश्व, विश्वास, विनाश, आशा, कोष, दृश्य, शीत, शीतल, शिक्षा, शृङ्खला आदि सबै। | व्य संयुक्त अक्षर | दिव्य, व्यवहार, व्यस्त, व्यर्थ, व्यवसाय, व्यवधार, एकलव्य, व्यापार, व्यायाम, व्यास, व्याधा, व्याकुल, विश्व, व्यवधान, व्यथा, व्यवस्था, गन्तव्य, कर्तव्य, द्रष्टव्य आदि। |
ष्/ष | भाषा, विशेष, विशेषण, षड्यन्त्र, षड्दर्शन, शीर्ष, विष, विषाणु, पोषण, षोडशी, कोष, दृष्टि आदि सबै। | वि उपसर्ग | जस्तैः विज्ञान, विकास, विकेन्द्रीकरण, विवेक, विकार, विवश, विशेषण, विलाप, विलम्ब, विचार, विचलन, विवरण, विचरण, विदीर्ण, विकट, विपन्न, विकसित, विसङ्गति, विकृति, विनाश, विशेषज्ञ, विहार, विगत, विकराल, विषय, विवाद, विद्वेष, विद्वान्, विदुषी, विभूति, विकलाङ्ग, विमुख, विधा (सुविधा, द्विविधा), विभाजन, विधान, संविधान, विमल, विपरीत, विरुद्ध, विमुक्ति, विसर्जन, विज्ञापन, विमति, विशृङ्खला, विद्या (विद्यालय, विद्यार्थी), विभक्ति, विशुद्धि, विमान, विधायन (विधेयक, विधायक, विधायिकी), विक्रम, विवाह, विफल, विशेष आदि। |
क्ष्/क्ष | लक्ष्य, लक्ष्मण, सूक्ष्म, अक्ष, कक्ष, कक्षा, दक्ष, अदक्ष, क्षेत्र, क्षेत्रफल, सक्षम, समक्ष, सङ्क्षिप्त, आकाङ्क्षा आदि सबै। | रेफ (टाउकामा झुन्डिने र्) भन्दा अगाडि दीर्घ हुने | पूर्ण, पूर्ति, ऊर्जा, सम्पूर्ण, स्फूर्ति, पूर्व, जीर्ण, विदीर्ण, सङ्कीर्ण, मूर्ति आदि। |
ज्ञ | यज्ञ, ज्ञान, विज्ञान, जिज्ञासु आदि सबै। | अधि, अभि, अव, परा, प्र आदि उपसर्ग लागेका शब्द | अधिकार, अधिवेशन, अध्यक्ष, अधिकरण, अधिकृत, अभिमत, अभिनव, अभिजन, अभिधा, अभिलेख, अभिलाषा, अभियान, अभियोग, अवसर, अवयव, अवसान, पराकाष्ठा, परामर्श, प्रकाश, प्रदान, प्रसिद्ध, प्रबुद्ध, प्रसङ्ग आदि। |
ञ् | सञ्चालन, सञ्जाल, रञ्जन, मञ्च, मञ्चन, सञ्जय, सञ्चय, सञ्चित, वाञ्छित, वाञ्छनीय, लाञ्छना आदि सबै। | स्व/श्व” | स्वतः, स्वभाव (स्वाभाविक), स्वाधीन, सर्वस्व, स्वतन्त्र, स्वर, स्वीकार (स्वीकृति, स्वीकृत), स्वस्थ, स्वास्थ्य, स्वावलम्बी, स्वचालित, स्वर्ग, श्वास, प्रश्वास, विश्व, स्वामी, श्वजन (कुकुर), स्वजन (असल), स्वेद (पसिना), श्वेत (सेतो), अश्वेत (कालो), अश्व (घोडा), ईश्वर, आश्विन, आश्वासन, आश्वस्त, विश्वास, स्वास्नी (सुवासिनी) आदि । |
ण्/ण | बाण, पोषण, घोषणा, ऋण, कण, कोण, अणु, परमाणु, गण, गुणन, गणित आदि।
(अपवाद : राणा तत्सम होइन।) |
वाद/वादी” र यससँग जोडिएर आउने | धन्यवाद, संविधानवाद, साम्यवाद, समाजवाद, संवाद, अपवाद, कर्मवाद, भाग्यवाद, यथास्थितिवादी, प्रतिवाद, अपवाद आदि ।
|
ऋ | ऋण, ऋषि, कृषि, कृष्ण, ऋतु, पितृ, ऋचा, ऋग्वेद, ऋणी, ऋषभ, प्रकृति, प्राकृतिक, स्मृति, स्मरण आदि। | “वान्/वती/वत्” | भगवान्/भगवती, विद्वान्, बलवान्, वीरवान्, गुणवान्, मूल्यवान्, रूपवान्/रूपवती, धनवान्, रसवान्, फलवान्, नाशवान्, भाग्यवती, सौभाग्यवती, विधिवत् आदि ।
|
“सर्व”सँग जोडिएर आउने शब्द | सर्व (सबै भन्ने अर्थमा), सर्वजन, सार्वजनिक, सर्वस्व, सर्वदा, सर्वथा, सर्वत्र, सर्वज्ञ, सर्वनाम, सर्वनाश, सर्वहारा, सर्वदलीय, सर्वश्री आदि । | वे | सर्वेक्षण, सुपरिवेक्षण, वेग, वेला, अधिवेशन, प्रतिवेदन, वेश्या (वेश्यावृत्ति, वेश्यागमन), वेद, वेतन, वेश, स्वेद, वेदना, संवेदना, समवेदना, संवेदनशील, संवेग आदि। |
विसर्ग लागेका शब्द | अतः, स्वतः, क्रमशः, प्रातः, पूर्णतः, सामान्यतः, हृदयतः,
पुनः, पुनःस्थापना, अन्तःशुल्क, स्वतःस्फूर्ति, प्रायः, छिः, सर्वतः, पुनःसंरचना आदि। |
संयुक्त वर्ण “द्व (द्+व)” सँग जोडिएर आउने शब्द | द्वन्द्व, द्वार, द्वारा, द्वितीय, द्वित्व, द्विविधा, द्वापर, द्वादशी, द्वेष, उद्वेग आदि। |
सम् उपसर्ग | सम्बन्ध, सम्पूर्ण, समृद्धि आदि। | अनुस्वार वा शिरविन्दु | संस्कार, संस्कृत, संस्कृति, संयोग, संयुक्त, संविधान, संवत्, संरक्षण, अंश, वंश, कंश, दंश, संज्ञा, संन्यास (सन्न्यास), संशय, संयम, संवाहक, संसद्, सांसद, संहिता, संवेग, संवेदनशील, संहार, संसार, संरूप, प्रशंसा, अक्षांश आदि। |
व को प्रयोग हुने अन्य तत्सम शब्द
|
वन, वरण (वातावरण, विवरण), वायु, संवत्, पूर्व, सचिव (सचिवालय), वर्तमान, कार्यान्वयन, सर्व (सर्वोच्च, सर्वस्व), भव (अनुभव), भाव (स्वभाव, प्रादुर्भाव, दुर्भाव, अभाव), वर, वधू, वसुधा, वसुन्धरा, वास्तव, वास्तविक (ता), वास्तु, वस्तु, वसन्त, वार्षिक, वर्ष, वाचन, वीर, वीर्य, वाक्, देव, वाद्य, वाच्य, वाक्य, वाष्प, वार्ता (अन्तर्वार्ता), एवं, शिव, विष्णु, वृक्ष, विद्युत्, दिवस आदि । |
तत्सम शब्दको चिनारीका लागि यति मात्र पर्याप्त नहोला तर धेरै हदसम्म सहयोग मिल्ने आशा गर्न सकिन्छ। निरन्तर अभ्यास गर्नाले अभ्यस्त हुन सकिन्छ। आगामी लेखमा तद्भव र आगन्तुक शब्दको चिनारीसम्बन्धी लेख आउने छ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला