स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दीक्षित अमेरिकामा निकै चर्चित व्यक्तित्व हुनुहुन्छ । उहाँ टेक्सास राज्यस्थित डेमोक्रेट पार्टीका स्थानीय नेता पनि हुनुहुन्छ । राजनीतिक रूपमा नेपालीहरूको उपस्थिति बढाउन, नेपाली समुदायको हकअधिकार सुनिश्चित पार्न लामो समयदेखि कार्य गरिरहनु भएको छ ।

स्रष्टा साँझले लामो समयदेखि संसारभर नेपाली भाषा तथा साहित्यमा काम गरिरहेका व्यक्ति तथा संस्थालाइ जोड्ने काम गरिरहेको छ । खासगरी पोहोर सालको कोरोना कहरका कारण बन्दाबन्दीपछि अनलाइन साहित्यिक कार्यक्रममार्फत नेपाली साहित्य र नेपाली समुदाय जोड्न उहाँको ठूलो भूमिका रह्यो ।