नेपाली भाषामा लेख्य रूपमा धेरै प्रयोग हुने तर धेरैले अशुद्ध लेख्ने केही शब्दहरूलाई टिपेर यहाँ उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।

 

अशुद्ध रूप
शुद्ध रूप
अतिरिक्ति विवरण
अशुद्ध रूप
शुद्ध रूप
अतिरिक्ति विवरण
संसद
संसद्
“सम्” उपसर्गमा “सद् (षद्लृ)” लाग्दा “संसद्” बन्दछ ।
नागरिक्ता
नागरिकता
नागरिक+ता
(नागरिक् भएको भए
नागरिक्ता हुन्थ्यो ।)
संसदिय
संसदीय
“ईय” प्रत्यय लागेका अधिकांश शब्द दीर्घ ई हुन्छन् ।
आत्मीय/नवीकरणीय/पूज्यनीय
/माननीय/सम्माननीय /क्षत्रीय/वर्गीय/ वातावरणीय/अद्वितीय/ गोपनीय/केन्द्रीय/स्थानीय आदि
ईय प्रत्यय नलागी इक प्रत्यय लागी बनेका केही शब्दहरू : राष्ट्रिय, इन्द्रिय ।
आत्मानिर्भर
आत्मनिर्भर
आत्मा एक्लै आउँदा “आत्मा”
नै हुन्छ तर अन्य शब्दसँग
जोडिँदा प्रायः “आत्म..” भएर
आउँदछ । जस्तैः आत्मपुकार,
आत्मनिर्णय, आत्मज्ञान,
आत्मग्लानि, आत्मसन्तुष्टि
आदि ।
सुनुवाई
सुनुवाइ
सुन्+वाइ
विधुत्
विद्युत्
विद्युत्+ईय = विद्युतीय
समिती
समिति
सम्+इति
सम्वृद्धि
समृद्धि
सम्+ऋद्धि = समृद्धि
सम्+वृद्धि = सम्वृद्धि अशुद्ध
मन्त्रिपरिषद
मन्त्रिपरिषद्
सामाग्री
सामग्री
सिद्दान्त
सिद्धान्त
स्वाधिनता
स्वाधीनता
स्व+अधीन+ता
अक्षुण
अक्षुण्ण
गोपनियता
गोपनीयता
ईय प्रत्यय
संचार, वंचित, संचालन, संचित
सञ्‍चार..
च वर्ग (चछजझञ) भन्दा
अगाडि आउने शिरविन्दु
ञ् मा परिणत हुने
शुद्ध रूप  = वञ्‍चित, सञ्‍चालन,
सञ्‍चत आदि
छैठौँ
छैटौँ
केन्द्रिकृत
केन्द्रीकृत
द्धारा
द्वारा
द्+व = द्व
अत्याधिक
अत्यधिक
अति+अधिक = अत्यधिक
इ+अ = य
इ+आ = या
(इति+आदि = इत्यादि)
उद्धेश्य
उद्देश्य
द्+द = द्द
बैधानिक
वैधानिक
विधान+इक
अध्यावधिक
अद्यावधिक
द्+य = द्य
उल्लेखित
उल्लिखित
उत्+लिखित (लेखित नहुने)
बुद्द
बुद्ध
द्+ध = द्ध
क्रियाशिल
क्रियाशील
“शील” प्रत्यय लागेका
शब्द ।
लगनशील, प्रगतिशील,
ऊर्जाशील, गतिशील, कार्यशील
ध्यान दिनुपर्ने : तपसिल
शब्दमा शील प्रत्यय लागेको
होइन र यो आगन्तुक शब्द हो ।
विध्या
विद्या
द्+य = द्य
आधुनीकरण
आधुनिकीकरण
आधुनिक+करण
पृथकीकरण
पृथक्‍करण
पृथक्+करण
(मूल शब्द पृथक भएको भए पृथकीकरण हुन्थ्यो वा हुन सक्दथ्यो तर शुद्ध शब्द पृथक् हो ।)
तर जताततै पृथकीकरणको प्रयोगले यही रूढ बनिसक्यो ।
इकाइ /इकाई
एकाइ
हिन्दीमा “1” लाई “इक”
समेत भनिने प्रचलनले
“इक+आइ = इकाइ”
हुन पुगेको हो तर नेपालीमा
विशुद्ध “एक” हो र
“एक+आइ = एकाइ” नै शुद्ध रूप
हुन्छ ।
भनाई
भनाइ
(तिम्रो भनाइ उचित लाग्यो ।)
“आइ” प्रत्यय लागेका शब्दले भाववाचक संज्ञाको बोध गराउने  ।
लेखाइ/गराइ/सोधाइ/खुवाइ/चौथाइ/तिहाइ/एकाइ आदि ह्रस्व इकारान्त
तर स्त्रीलिङ्गी भूतकालिक क्रियापदको हकमा दीर्घ ईकारान्त हुन्छन् ।
गराई = गराउने काम गरी (कुनै स्त्रीले)
लेखाई = लेखाउने काम गरी ।
तिम्रो लेखाइ निकै राम्रो छ ।
दिदीले भाइलाई कविता लेखाई वा लेख्‍न लगाई ।
स्वभाविक
स्वाभाविक
स्वभाव+इक हुँदा शब्दको आदिको “अ” गुणवृद्धि भई “आ” बन्दछ ।
व्यवहार+इक = व्यावहारिक
व्यवसाय+इक = व्यावसायिक
समाज+इक = सामाजिक आदि
शिक्षीत
शिक्षित
“इत” प्रत्यय ह्रस्व हुने ।
जीवित/प्रभावित/सञ्‍चित/पीडित/दीक्षित आदि
तर “विपरीत” = वि+परि+इत हुँदा “परि” मा भएको रि (र्+इ) र इत को इ = इ+इ = ई हुने भएकाले विपरीत दीर्घ हुन पुगेको ।
अतीत/प्रतीत/व्यतीत (जस्तैः अति+इत)
थप जानकारी
कवि+इन्द्र = कवीन्द्र
रवि+इन्द्र = रवीन्द्र
परि+ईक्षा = परीक्षा
प्रति+ईक्षा = प्रतीक्षा
सम्+ईक्षा = समीक्षा (म्+ई = मी) ।
न्यायधिश
न्यायाधीश
न्याय+अधीश = न्यायाधीश
जगदिश
जगदीश
जगत्+ईश = जगदीश
उपध्यक्ष
उपाध्यक्ष
उप+अध्यक्ष = उपाध्यक्ष
आव्हान
आह्‍वान
व्+ह = व्ह, ह्+व = ह्‍व/ह्व
सभापती
सभापति
मनोनित
मनोनीत
मुल्यांकन
मूल्याङ्‍कन वा मूल्याङ्कन
प्रकृया
प्रक्रिया/प्रक्रिया
क्+ऋ = कृ
क्+रि = क्रि
परिक्षण
परीक्षण
परि+ईक्षण = परीक्षण
निर्+ईक्षण = निरीक्षण
हरु
हरू
अरू/हरू/रूप आदि
बरु/गुरु आदि
सर्भेक्षण
सर्वेक्षण
अङ्ग्रेजीको सर्भे (Survey) को प्रभाव । सर्भेलाई नै सर्भेक्षण मानेर अशुद्ध लेख्न चलन
बसेको ।
प्रकाशित गरिएको
प्रकाशन  गरिएको
“प्रकाशित” शब्दले आफैँ
“प्रकाशन गरिएको” भन्ने
जनाउँदछ ।
त्यहि
त्यही
सामान्यतः अन्तिममा आउने “ही” दीर्घ नै हुन्छ ।
कोही/त्यहीँ/यहीँ/यही/सही/ सोही/दही/कारबाही/लापरबाही/तानाशाही/गवाही
अपवाद “चाहिँ” । “चाहिँ” शब्द अव्यय (रूप नफेरिई सदा एकनास रहने शब्द) भएकाले ह्रस्व लेखिएको ।
समावेशिकरण
समावेशीकरण
अन्तिममा करण भएमा
त्योभन्दा अगाडि आउने इकार
प्रायः दीर्घ (ईकार) हुन्छ ।
नवीकरण, विकेन्द्रीकरण,
प्रवाहीकरण, शुद्धीकरण,
शून्यीकरण आदि ।
अपवाद : अधिकरण, प्राधिकरण,
न्यायाधिकरण
दिंदै
(शिरविन्दु लागेको)
दिँदै
(चन्द्रविन्दु लागेको)
शिरविन्दु र चन्द्रविन्दुबीचको भेद
दिंदै = दिन्दै जस्तो हुन्छ ।
(शिरविन्दुले ठाउँ अनुसार न्, ङ्, म् को काम गर्दछ तर चन्द्रविन्दुको सट्टामा शिरविन्दु प्रयोग गर्नु वाञ्छनीय हुँदैन । अशुद्ध हुन्छ ।)
दिँदै = शुद्ध रूप ।
त्यसै गरी गरिँदै, लेखिँदै, सुनिँदै आदि ।
धैर्यता
धैर्य वा धीरता
धीर+य = धैर्य
धीर+ता = धीरता
(य र ता दुवै प्रत्यय हुन् । यी प्रत्यक्ष शब्दमा एकैपटक लाग्दैनन् ।)
सुचना
सूचना
सूचित, सूचीकृत
सौन्दर्यता
सौन्दर्य वा सुन्दरता
एवं रीतले…..
बर्ष
वर्ष
औचित्यता
औचित्य
उचित+य = औचित्य
गोपनियता
गोपनीयता
ईय प्रत्यय
सामीप्यता
सामीप्य
जिम्मेदारी
जिम्मेवारी
स्वीकार्यता
स्वीकार्य
मनोनित
मनोनीत/मनोनयन गरेको