डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्द्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लि.ले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त भैरवनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो । उक्त मन्दिरमा बर्सेनि थुप्रै भक्तजनहरू आउने गरेका छन् भने विशेषगरी मंगलबार र शनिबार दर्शनार्थीहरूको भिडभाड हुने गर्दछ ।
डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्र्रे बैंक लि.ले पाल्पाको पवित्र तीर्थ स्थल भैरवनाथ मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्युआर कोड हस्तान्तरण गरेको थियो । उक्त क्यु.आर. कोड रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की र माछापुच्छ्र्रे बैंक लि.का लुम्बिनी प्रदेश नं ५ क्लस्टर ए का प्रमुख नारायण केसीमार्फत भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद पोखरेललाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
सो कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, व्यापारी, सर्वसाधारण एवम् बैंकका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरूले क्युआर कोडबाटै भेटी चढाउन सक्नेछन्। दशनार्थीहरुले क्युआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नुहुनेछ । नगदको विकल्पका रुपमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ ।
डिजिटल सेवालाई सुरक्षित र भरपर्दो बनाउन ओटिपी पासवर्ड लगायत अन्य बैंकिङ विवरण कसैसँग पनि सेयर नगर्नसमेत बैंकले अपिल गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

