
माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ ।
उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरू, कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।
माछापुच्छे बैंकको मिति २०७९/०८/१२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाइसक्नु भएका डा. महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०७९ भाद्र २८ ०७:३४
२९ पुष २०८२, मंगलवार 









