साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

अब नबिल बैंकले बुझाउने छ तपाईंको बच्चालाई सीप विकासको महत्त्व

जेन अल्फाले बच्चामा मोबाइलमा खेल्दै र सिक्दै श्रम गर्ने बानीको विकास गराउने छ । साथै, यसले बच्चामा बचत गर्ने बानीको विकाससमेत गराउने छ । बच्चाहरुलाई मोबाइलको कुलतबाट बचाउँदै लाइफ स्कील सिकाउनमा अभिभावकहरुका लागि ‘जेन अल्फा’ एफ सहयोगी सिद्ध हुने नबिल बैंकले जनाएको छ ।

Chovar Blues Mobile Size

हामी बच्चालाई सुख दिने होडमा दु:ख सिकाउन बिर्सन्र्छौं । हामी बच्चालाई सबैथोक पुर्याइदिन्छौं, र अभाव सिकाउन बिर्सन्छौं । ‘छँदै छ’ भनेर हामी बच्चाका सम्पूर्ण आवश्यकता पूरा गर्दिन्छौं, र पैसाको मूल्य सिकाउन बिर्सिन्छौं । ‘सानै छ’ भनेर हामी बच्चालाई सक्ने सामान्य काम पनि लगाउँदैनौं, र श्रमको महत्व सिकाउन बिर्सन्छौं । र, समस्या यहीँबाट सुरु हुन्छ । जब दुख, अभाव आइपर्छ, बच्चाहरु त्यसलाई ह्याण्डल गर्न सक्दैनन् । जब आवश्यकता तथा चाहनाहरुमा ब्रेक लाग्छ लब बच्चाहरु आफूलाई सम्हाल्न सक्दैनन् । कतिपय अवस्था, अप्रिय घटनाहरुसमेत घट्न पुग्छन् ।

यो स्मार्टहरुको समय हो । स्मार्ट फोनको समय हो । तर स्मार्ट फोनले जीवशैलीलाई स्मार्टमात्र बनाएको छैन । अस्तव्यस्तसमेत बनाइरहेको छ । अहिले इन्टरनेट र स्मार्ट फोनबिना एकदिन कटाउनु धेरैका लागि सास्तीपूर्ण हु नजान्छ । अझ बालकालिकाहरुमा इन्टरनेट र स्मार्ट फोनको लत डरलाग्दो रुपमा देखिरहेको छ । अभिभावकहरुका लागि यो चिन्ताको विषय बनिरहेको छ । र, त्यही अभिभावकहरुको चिन्तालाई दूर गर्न नबिल बैंकले नयाँ प्रोडक्ट ल्याएको छ – नबिल जेन अल्फा ।
१८ वर्षभन्दा कम उमेरका बालबालिका र अभिभावकलाई लक्षित गर्दै नबिल बैंकले नेपालमै पहिलोपटक डिजिटल एपमा आधारित ‘जेन अल्फा’ प्रोडक्ट ल्याएको हो । बालबालिकाहरुमा व्याप्त स्मार्ट फोनको लतलाई सकारात्मक तवरले परिवर्तन गर्न ‘जेन अल्फा’ प्रोडक्ट ल्याइएको नबिल बैंकले जनाएको छ ।

जेन अल्फाले बच्चामा मोबाइलमा खेल्दै र सिक्दै श्रम गर्ने बानीको विकास गराउने छ । साथै, यसले बच्चामा बचत गर्ने बानीको विकाससमेत गराउने छ । बच्चाहरुलाई मोबाइलको कुलतबाट बचाउँदै लाइफ स्कील सिकाउनमा अभिभावकहरुका लागि ‘जेन अल्फा’ एफ सहयोगी सिद्ध हुने नबिल बैंकले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकाले मोबाइलमा बढी समय बिताउँदा उनीहरुको मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर समस्या देखिने बताएको छ । डब्लुएचओले एक वर्षभन्दा कम उमेरको बच्चाले मोबाइलको स्क्रिन हेर्नै नहुनेसमेत जनाएको नहुने छ । दुई वर्षसम्मका बालबालिकाले एक घण्टाभन्दा कम तथा ३ देखि ४ वर्षसम्मका बच्चाले एक घण्टासम्म मोबाइल हेर्न सक्ने उल्लेख गरेको छ । साथै, मोबाइलमा बच्चाहरूलाई ज्ञान आर्जन गर्ने, सीप सिकाउने कुराहरू हेर्न दिन अभिभावकलाई सिफारिससमेत गरेको छ । तर नेपालको परिपेक्ष्यमा धेरै अभिभावकहरुले बच्चालाई भुल्याएर आफू कुनै काम गर्नका खातिर बच्चालाई मोबाइल दिने गरेका छन् । जसबाट बच्चाको स्वास्थ्यमा विभिन्न किसिमका असरहरु देखिने गरेका छन् ।

सहरी क्षेत्रमा अभिभावकहरूका लागि बच्चालाई स्मार्ट फोन चलाउन दिनु बाध्यता नै बनेको छ । तर अब बाबुआमाले आफ्नो बालबालिकालाई स्मार्ट फोनको माध्यमबाट पैसा बचत गर्ने तरिकादेखि लिएर घरायसीकामहरू बैंकको एप (जेन अल्फा) मार्फत गराउन सक्नेछन् । अभिभावकले यस एपमार्फत् आफ्ना बालबालिकाका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्नेछन् । बालबालिकाले पनि दिइएको कार्य सम्पादनपछि निश्चित अंक (रिवार्ड पोइन्ट) कमाउन सक्नेछन् ।

जेन अल्फाअन्तर्गत बच्चाको खाता अभिभावको खातासँग लिङ्क गरिको हुनेछ । अभिभावनकले तोकेअनुसार कुनै टाक्स पूरा गरिसकेपछि सम्बन्धित बच्चाले रिवार्ड पोइन्ट पाउने छन् । रिवार्ड पोइन्टका लागि अभिभावकले नै निश्चित रुपियाँ तोक्ने पाउने छन् । यसलाई एक उदाहरणमार्फ पनि हेरौं:

मानौं, तपाईंले तपाईंको बच्चालाई आफ्नो कोठा आफैं सफा गर्ने टाक्स दिनुभयो । त्यसका लागि तपाईंले बच्चालाई १० अंक दिनुभएको छ । र, तपाईंले १ अंक बराबर १० रुपियाँ तोक्नुभएको छ (१ व १००, आफूअनुकूल राख्न सक्नुहुन्छ) । अब त्यही बेहोरा तपाईंले ‘अल्फा जेन’ एपमा पनि उल्लेख गर्नु हुनेछ । एप बच्चा तथा अभिभावक दुवैसँग लिङ्क हुनेछ । बच्चाले उक्त काम पूरा गरिसकेपछि एपमा जानकारी गराउनेछ । तर बच्चाले जानकारी गराउँदैमा प्रयाप्त हुँदैन । तपाईंले बच्चाले ठीकसँग काम गरे नगरेको अनुगम गरी त्यसलाई एपमा ‘आके’ गरिसकेपछि १० अंक बराबरको रकम तपाईंको अकाउन्टबाट बच्चाको अकाउन्टमा जम्मा हुनेछ ।

यस प्रोडक्टमार्फत बालबालिकालाई सीप र बचतको महत्व सिकाउने तथा अभिभावकको दैनिकीमा सहजता ल्याउने लक्ष्य लिएको बैंकले जनाएको छ । यसले बालबालिकाको व्यवहार परिवर्तन गर्ने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा बैंकको रहेको छ । बैंकले जेन अल्फाबाट बालबालिकाको वित्तीय साक्षरता बढाउने, बालबालिकालाई वित्तीय अनुशासन सिकाउने, आत्मनिर्भर बन्न सिकाउने, मेहनती र लगनशील बनाउने, श्रमको मूल्य बुझाउने तथा बालबालिका र अभिभावकबिचको सम्बन्धलाई थप प्रगाढ बन्न मद्दत गर्ने दाबी गरेको छ ।

यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकवर्गले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समयसमयमा मुद्धती खातामा जम्मा गर्न सकिनेछ ।

नेपाली रुपियाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्ष सम्मका बालबालिकाहरू समाहित हुन सक्नेछन् । ‘नबिल जेन अल्फा’को मोबाइल एप प्ले स्टोर तथा एप्पल स्टोेरबाट डाउनलोड गर्न सकिने बैंकले जनाएको छ ।

अर्को एउटा उदाहरणबाट हेरौं –

मानौं, मिलनको छोरा बल्ल ८ वर्ष पुग्यो जो २ कक्षामा पढ्छ । तर समस्या यो छ, ऊ होमवर्क नै गर्दैन । अधिकांश समय मोबाइलमा फ्रीफायर खेल्नमै बिताउँछ । अहिले मिलनका लागि सबैभन्दा ठुला टाउको दुखाइएको विषय नै छोराको भविष्य बनेको छ ।

मिलन एक पत्रिकामा प्रुफ रिडरको काम गर्छ । कमाइ सामान्य छ । अब, उसले नबिल बैंको जेन अल्फाअन्तर्गत खाता खोल्छ । र, छोरालाई होमवर्कको टाक्स दिन्छ, जसका लागि छोराले दैनिक ५ अंक पाउनेछ । साथै, उसले एक अंकका लागि २ रुपियाँ छोराको खातामा जम्मा हुने प्रावधान मिलाएको छ ।

होमवर्क गरेको १० रुपियाँ पाउने भएपछि मिलनको छोराले दैनिक होमवर्क गर्न थाल्छ । अर्थात्, वार्षिक रूपमा ३ हजार बढी होमवर्क गरेबापत उसकाे खातामा जम्मा हुन्छ । जुन रकम छोरोले कमाएकाे हो, जसको उसलाइ माया हुन्छ । जसबाट उसले कुनै सामान किन्न वा बर्थडे मनाउन सक्छ ।  साथै, उसले पैसा कमाउनका लागि केही न केही काम गर्नै पर्ने कुरा समेत बुझ्छ ।

अभिभावकले बालबालिकालाई उमेर अनुसारको विभिन्न काम दिनेछन् । बैंकले उमेरअनुसारको टास्क र एपमा उनीहरुले खेल्ने गेमहरू सेट गरेको छ । यसले बच्चाले खेल्दै परिवारको कुरा सिक्दै वित्तीय साक्षरताको ज्ञान बच्चा उमेरदेखि नै प्राप्त गर्छन् ।

बैंकले प्रेन्सा रेग्मीलाई ‘नबिल जेन अल्फा’को ब्रान्ड एम्बेसडर बनाएको छ । रेग्मीले कोभिड–१९ महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरबाटै सामाजिक कार्यको थालनी गरेकी थिइन् । पोखराको बिरौटाको स्थायी बासिन्दा नौ वर्षीया रेग्मीले भर्खरै दुबईमा ग्लोबल चाइल्डसम्बन्धी अवार्डसमेत जितेकी छन् ।

प्रतिक्रिया
Loading...