माछापुच्छे बैंकले एनसिएचएलसँगको सहकार्यमा नेपालीहरूको महान् चाड विजया दशमीलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटमा क्युआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ ।
चाडबाडको समयमा हुने किनमेलमा ग्राहकहरूलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर सञ्चालनमा ल्याएको हो ।
यो अफर यही २०७८ असोज ८ गतेदेखि असोज १४ गतेसम्मका लागि लागु रहने बताइएको छ । जसअन्तर्गत बैंकका ग्राहकले Nepalpay QR बाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम रु. १०० सम्म क्यासब्याक पाउन सक्नेछन् । साथै, बैंक सँगसँगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरी कपडा एवं जुत्ताको खरिदमा थप १० प्रतिशतसम्मको छुट सञ्चालनमा ल्याएको छ ।
स्थापनाकालदेखि नै नयाँ‑नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्र्रे बैंकले हालै मात्र नेपाली बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य नवीनतम डिजिटल सेवाहरू मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता खोल्ने (मुद्दति खाता खोल्न ) लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।