यस माछापुच्छ्रे बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई किस्ता सुविधामा टि.भी. तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा माछापुच्छ्रे बैंक लि., NITV Streamz Private Limited र वर्ल्ड लिङ्क कम्युनिकेसन्स लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा NITV Streamz Private Limited र Worldlink Communications Ltd को तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा माछापुच्छ्रे बैेंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त सम्झौता बमोजिम यस बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको इन्स्टा पे सुविधामार्फत टि.भी. तथा इन्टरनेटसम्बन्धी विभिन्न कम्बो प्याकेज इएमआइमा लिन सकिने व्यवस्था गरिएको छ । आउँदो दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी NITV Streamz Private Limited र Worldlink Communications Ltd ले संचालन गरेको FESTVTY offer मा ग्राहकले करीव ५६% सम्मको छुट पाउन सक्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टा पे बाट उपभोग गर्न सक्नेछन् ।

बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरुले अनलाइनमार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा Worldlink Communications Ltd र NITV Streamz Private Limited को नेपालस्थित सबै कार्यालयहरूमार्फत उपलब्ध गराइनेछ ।

यस बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ ।