Chovar Blues Mobile Size

काठमाडौँ, भदौ २२ / प्रभु बैंक लिमिटेड र डिस मिडिया नेटवर्क लि.का बीच बुधबार विभिन्न सेवाहरूमा थप सुविधा र छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। प्रभु बैंक लि. को बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटाद्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

प्रभु बैंक र डिस मिडिया नेटवर्कबीच सम्पन्न उक्त सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गर्नु हुने ग्राहक महानुभावहरुले डिस होम टी.भी. र डिस होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने भएका छन् भने डिस मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी,डिलर तथा ग्राहक महानुभावहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

यस सम्झौताबाट बैंकका निक्षेपकर्ताहरू तथा डिस मिडियाका सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुने बैंकले विश्वास लिएको जारी विज्ञप्तिमा जनाइएको छ।