माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंक फुडमाण्डु प्रा.लि.को आधिकारिक बैंकिङ पार्टनर हुनेछ । फुडमाण्डुका तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकका तर्फबाट चिफ बिजनेस अफिसर टीका भट्टराईले, बैंकका चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदीको उपस्थितिमा हस्ताक्षर गर्नुभयो ।
साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले फुडमाण्डुमा आबद्ध भएका विभिन्न होटल तथा रेष्टुरेन्ट मार्फत खाना अर्डर गरी अनलाइनमार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २०% (बढीमा रु. ३००) सम्मको क्यासब्याक पाउन सक्नेछन् । बैंकले आउँदै गरेको दशैं तिहार, एवं छठ पर्वको अवसरलाई मध्यनजर राखी ३ महिनाको लागि उक्त क्यासब्याक योजना प्रदान गर्ने जनाएको छ ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरूलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।