
माछापुच्छ्रे बैंक लि.ले काठमाण्डौको सुकेधारा स्थित नवटोल सुधार समिति, नयांकोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं संचालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र का.म.न.पा. ४ को लागि २५ थान कुर्सी हस्तान्तरण गरेको छ । नवटोल सुधार समितिले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंक सञ्चालक समितिका सदस्य श्री जय मुकुन्द खनाल ,हरि भक्त सिग्देल र बैंकका नायब प्रमुख (दायित्व व्यवस्थापन तथा बाह्य मामिला) प्रतिमा पाण्डेले उक्त कुर्सी नवटोल सुधार समितिलाई हस्तान्तरण गर्नु भएको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिकको सुविधाको लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको हो ।
माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको छ । त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२२ कार्तिक २०८२, शनिबार 









