माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङस्थित सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले मिति  असार १७ गते शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको समुद्घाटन गरेको हो ।

१६५ औँ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्वप्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य एवं माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालको पनि उपस्थिति थियो । धादिङ जिल्लामा खोलिएको नयाँ शाखासँग यस जिल्लामा मात्रै बैंकका चार वटा शाखा सञ्चालनमा रहेका छन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरूमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटिएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।