माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकमहानुभावहरूको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धती खाता सञ्चालनमा ल्याएको छ ।

उक्त खाताअन्तर्गत ग्राहकहरूले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्नुहुनेछ ।

माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम रु. ५०,००० मा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको ९०% सम्म ऋण ग्राहकलाई प्रदान गर्नेछ । इच्छुक ग्राहक महानुभावले बैंकका देशभर रहेका १६५ शाखाहरूबाट यो खोल्न सक्नुहुनेछ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।