माछापुच्छ्रे बैंक र Kathmandu Pathlab and Diagnostic Center Pvt.Ltd. (महाराजगञ्ज) र Galaxy Speciality Clinic Pvt.Ltd. ( महाराजगञ्ज ) बीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले Kathmandu Pathlab and diagnostic center Pvt.Ltd. बाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सुविधा लिँदा २५% सम्म छुट पाउनेछन् । त्यसैगरी Galaxy Speciality Clinic Pvt.Ltd. बाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्यसम्बन्धी (Except in Specialty Services) सुविधाहरूमा २५ % सम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट तथा क्रेडिट कार्डका साथै क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटिएममार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।