साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

एभरेस्ट इन्सुरेन्सले ६ प्रतिशत बोनस दिने

एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेडको २७ औं वार्षिक साधारण सभा बैशाख २१ गते बुधबार सम्पन्न भएको छ ।

काठमाडौँको कमलपोखरीस्थित अग्रवाल भवनमा सम्पन्न भएको उक्त साधारण सभाले आ.व.२०७७।७८ को वित्तीय विवरण पारित गर्नुका साथै उक्त आ.व. को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस शेयर र उक्त बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३१५८ प्रतिशतका दरले नगद लाभांशसमेत पारित गरेको छ ।

bahulako diary small and inside post

यसैगरी सोही साधारण सभाबाट आगामी चार वर्षका लागि संस्थापक शेयरधनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरू तथा सर्वसाधारण शेयरधनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरू निर्विरोध निर्वाचित हुनुभएको छ ।

साथै साधारण सभाले उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी यसअघि सञ्चालक समितिलाई दिएको अधिकारलाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रतिक्रिया
Loading...