माछापुच्छ्रे बैंकले हालै बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उपमहाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशक भन्दा बढीको बैंकिङ अनुभव संगालिसकेका छन् र माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यवस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका थापा बहुबैंकिङ व्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अव्वल मानिन्छन् ।
त्यस्तै नायब महाप्रबन्धक पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ क्षेत्रमा करिब दुई दशक जतिको अनुभव सँगालेका छन् र अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।
बैंकको विस्तारित व्यवसाय, स्तरीय सक्षम व्यवस्थापन, कर्मचारीहरूको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रीपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्त्वहरूले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ ।
बैंकले नेपालभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ सुविधामार्फत सेवा प्रदान गदै आइरहेको छ र १५ सय भन्दा बढी कर्मचारीलाई रोजगारी प्रदान गरिरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।