साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

माछापुच्छ्रेद्वारा महानगरीय प्रहरी वृत्त लैनचौरलाई सडक ब्यारिगेट हस्तान्तरण

माछापुच्छ्रे बैंक लि.ले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारिगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैँजुले उक्त रोड ब्यारिगेट हस्तान्तरण गर्नु भएको थियो ।

साथै सोही कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोहृखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गा प्रसाद खनालको पनि उपस्थिति रहेको थियो । बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारिगेट हस्तान्तरण गरेको हो ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानबाट १० लाख भन्दा बढी ग्राहकलाई बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० वटा एटीएम संचालनमा रहेको छन् ।

प्रतिक्रिया
Loading...