साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

माइक्रोसफ्ट च्याम्पियनसीप २०२२ खुलेको घोषणा

सम्बन्धित पोस्टहरु
माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वर्ल्ड च्याम्पियनसीप २०२२ को लागि रजिष्ट्रेसन खुलेको छ । माइक्रोसफ्टको नेपालको लागि राष्ट्रिय पार्टनर, दीप आइटी एण्ड एजुकेसनल कन्सल्टेन्सीले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वर्ल्ड च्याम्पियनसीप २०२२ को रजिष्ट्रेसन खुलाइएको घोषणा गरेकोे हो ।
यो माइक्रोसफ्टले गर्ने अन्तरािष्ट्रय प्रतियोगिता हो । माइक्रोसफ्ट अफिस वर्ड, माइक्रोसफ्ट अफिस एक्सल र माइक्रोसफ्ट अफिस पावर पोइन्टको २०१६ र २०१९ को ६ विधामा प्रतियोगीले सहभागिता जनाउन सक्नेछन् ।
१३ वर्ष देखि २२ वर्ष उमेर समूहका विद्यार्थीले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । रजिष्ट्रेसन शुल्क ३ हजार ४ सय ९० रुपैयाँ लाग्ने नेपालको लागि राष्ट्रिय पार्टनर, दीप आइटी एण्ड एजुकेसनल कन्सल्टेन्सीका सञ्चालक दिनेश लामिछानेले बताए ।
रजिष्ट्रेसन फाराम देशभर जिल्ला पार्टनरहरूबाट भर्न सकिने लामिछानेले जनाए । अनलाइन मार्फत रजिष्ट्रेसन गर्न सकिनेछ । सोही कार्यक्रममा सूचना प्रविधि क्षेत्रको विश्वको सबैभन्दा ठूलो प्रतियोगिता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वर्ल्ड च्याम्पियनसीप–२०२१ नेपालको राष्ट्रिय विजेतालाई अवार्ड वितरण गरिएको थियो ।
प्रतियोगिताको माइक्रोसफ्ट अफिस पावरपोइन्ट २०१६ नेपाल च्याम्पियन–२०२१ को उपाधि विश्व आदर्श विद्यालयमा अध्ययनरत सुनसरीका गौरव चौधरी, माइक्रोसफ्ट अफिस पावर पोइन्टको २०१९ नेपाल च्याम्पियन–२०२१ को उपाधि हेटौँडाका आयाम अवलले जितेका थिए ।
यस्तै माइक्रोसफ्ट अफिस वर्ड २०१६ नेपाल च्याम्पियन–२०२१ को उपाधि स्काई राइडर माध्यमिक विद्यालयमा अध्ययनरत रत्ननगर चितवनकी दीपिका पण्डित, माइक्रोसफ्ट अफिस वर्ड २०१९ नेपाल च्याम्पियन–२०२१ को उपाधि सगरमाथा जनता माध्यमिक विद्यालयमा अध्ययनरत ओखलढुङ्गाका दिपेश श्रेष्ठले हात पारेका थिए ।
माइक्रोसफ्ट अफिस एक्सल २०१६ नेपाल च्याम्पियन–२०२१ को उपाधि सिन्धुपाल्चोकका अभिनाश गुरागाई, र माइक्रोसफ्ट अफिस एक्सल २०१९ नेपाल च्याम्पियन–२०२१ को उपाधि एग्रिकल्चर र फरेष्ट्री विश्व विद्यालयमा अध्ययनरत ताप्लेजुङका जेसिस ओझाको पोल्टामा परेको थियो । देशभरबाट सहभागी चार भन्दा बढी विद्यार्थीहरू मध्येबाट राष्ट्रिय चरणका लागि ८३ जना विद्यार्थी छनोट भएका थिए । भदौ १३ र १४ मा भएको राष्ट्रिय चरणको परीक्षाबाट प्रत्येक विधामा एक–एक जना गरी ६ जना राष्ट्रिय विजेता छनोट भएको लामिछानेले बताए ।
यसरी छानिएका ६ जना विजेताहरूले १०८ राष्ट्रका राष्ट्रिय विजेताहरुसँग अन्तर्राष्ट्रिय राउण्डमा प्रतिस्पर्धा गरेका थिए । जसबाट नेपालका गौरव चौधरी छैटौँ र अविनाश गुरागाई ८ औँ स्थानमा आएका थिए । यो महत्त्वपूर्ण उपलब्धि भएको लामिछाने बताउँछन् ।
 ‘२०२१ मा नेपालका गौरव चौधरी छैटौँ र अविनाश गुरागाई ८ औँ स्थानमा आए, सन् २०१३ मा नेपालबाट सहभागी हिमाल श्रेष्ठ अन्तर्राष्ट्रिय विजेता बन्न सफल भएका थिए । आगामी दिनमा पुनः नेपाल अन्तर्राष्ट्रिय विजेता बन्न सक्ने सम्भावना देखिएको छ,’ उनले भने । यस प्रतियोगितामा सहभागी हुने प्रतियोगीले विभिन्न प्रोजेक्ट गर्नुपर्ने हुन्छ । एक हजार नम्बरको परीक्षामा उत्त्तीर्ण हुन ७ सय नम्बर ल्याउनुपर्नेछ । यसरी उत्त्तीर्ण हुनेले माइक्रोसफ्ट सर्टिफाई प्रमाणपत्र हात पार्नेछन् ।
धेरै विद्यार्थीलाई यस प्रतियोगितामा सहभागी गराउन १५ वटा राष्ट्रिय पार्टनर मार्फत ४२ जिल्लामा यो कार्यक्रम पु-याइएको छ । यस वर्ष बढाउँदै ६० जिल्लामा कार्यक्रम पु-याउने लक्ष्य राखिएको लामिछानेले बताए । माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वर्ल्ड च्याम्पियनसीप २०२१ को राष्ट्रिय विजेता अवार्ड वितरण तथा २०२२ को लागि रजिष्ट्रेसन घोषणा कार्यक्रम दीप आइटी एण्ड एजुकेसनल कन्सल्टेन्सीका संस्थापक सविना लामिछानेको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा कम्प्युटर एसोसिएसन नेपालका केन्द्रीय सचिव जगनबहादुर गुरुङ, कास्की अध्यक्ष रुक्वाङ्गत भण्डारी विश्वास, सुनसरी, मोरङ र झापाका डिष्ट्रिक पार्टनर टङ्कनाथ भट्टराई, मकवानपुरका श्रवणकुमार श्रेष्ठ, चितवन र नवलपुरका महेन्द्र सापकोटा, सुर्खेतका प्रकाश खनाल, दीप आइटी एण्ड एजुकेसनल कन्सल्टेन्सीका प्रमुख दिनेश लामिछाने, विपना घिमिरे लगायतले प्रतियोगिताको महत्त्वका बारेमा बोलेका थिए । प्रतियोगितामा सहभागी प्रतियोगीले आफ्ना अनुभव समेत सुनाए ।
bahulako diary small and inside post
प्रतिक्रिया
Loading...