माछापुच्छ्रे बैंक लि.ले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरूका लागि मोबाइल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले उक्त मोबाइल लकरको संयुक्त रुपमा रिबन काटी उद्घाटन गर्नुभयो ।
आगुन्तकहरूले अब दरबार संग्रहालय घुम्न आउँदा आफ्नो मोबाइल फोन लकरमा सुरक्षित राखी निस्फिक्री भएर भ्रमण गर्न सक्नु हुन्छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ वटा शाखा र १५४ शाखारहित बैकिङ सेवा, ६ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३२२ स्थानबाट १० लाख भन्दा बढी ग्राहकलाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० वटा एटीएमहरू सञ्चालनमा रहेका छन् ।