साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

माछापुच्छ्रे बैङ्कसँगको सहकार्यमा श्रमज्योति सहकारी संस्थाका ग्राहकलाई डेबिट कार्ड

ratna book ads

माछापुच्छ्रे बैङ्क र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्युत प्राधिकरण, रत्नपार्कको प्राङ्गणमा भएको हो ।

सोही कार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक अर्थ श्री डिल्लीरमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री लोकेन्द्र बहादुर साउद र बैङ्कका तर्फबाट नायब महाप्रबन्धक श्री सर्जु कुमार थापाले संयुक्त रुपमा औपचारिका उद्घाटन गर्नुभएको हो ।

नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले स्थापना गर्नुभएको यस श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरूले यस सहकार्यको मद्दतले अब डेबिट कार्ड प्रयोग गर्न सक्नु हुनेछ । समयसापेक्ष अत्याधुनकि प्रवधिकिो प्रयोग अब बैंकिङ्ग क्षेत्रमा मात्र सिमित नरहि सहकारीहरु पनि उक्तिकै प्राथमिकतामा राख्न थालेका छन् । अब यसले अवश्य पनि डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ्ग कारोबार अझ सहज र सुदृढ हुने विश्वास छ ।

प्रतिक्रिया
Loading...