बैंकिङ क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैंकले विशेष गरी डिजिटल बैंकिङमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्दै नवीनतम सेवा र सुविधाहरू आफ्ना ग्राहकहरूमाझ सञ्चालन गर्दै आएको छ । यसैक्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ सुविधाहरूलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले कार्डलेस विदड्रअल सेवा बैंकले संचालनमा ल्याएको छ।
हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट रकम झिक्दै आएका हाम्रा ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विदड्रअल सर्भिसमा गई यस बैंकको एटिएमहरूबाट नगद झिक्न सकिने बताइएको छ ।
यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध गरेको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
श्रावण २४, मंगलवार २०:०८
डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्दै माछापुच्छ्रे बैंक
साहित्यपोस्ट
फाल्गुन १, मंगलवार १६:१६